गोरखा । गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाइ जीविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ ।
चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७ मा बाख्रा पालन गर्ने किसान छनौट गरी बाख्रा पालन तथा गोठ व्यवस्थापन तालीम प्रदान गरी ५८ जनालाइ बाख्रा तथा ४ जनालाइ ब्याडको बोका वितरण गरिएको छ ।
तारा नमस्ते फाउण्डेसनले यसअघि गोठ सुधारका लागि जस्तापाता र जाली दिएपछि बाख्राको लागि खोर सुधार गरेको स्थानीय सितामाया चेपाङले बताइन् । उनले भनीन् ‘पहिले आफुसँग ४ वटा थिए संस्थाले एउटा बाख्रा दियो अब व्यवसायीक रुपमा बाख्रा पाल्ने निधो गरेको छु ।’
अहिले बाख्रा पाउने ५८ जना मूल समुहका हुन् अर्को वर्ष उपहार समुहका सदस्य ५८ जनालाइ उनीहरुले पाठी उपहार दिनेछन् । बाख्रामा नश्ल सुधारका लागि ४ टोलमा ४ वटा बोयर जातको बोका समेत बितरण गरेको तारा नमस्ते फाउण्डेसनका कार्यक्रम व्यवस्थापक राजन पुडासैनीले बताए । सवै कार्यक्रम स्थानीय सरकारसँगको समन्वयमा गरिएको छ ।
यस बाहेक यहाँको चेपाङ समुदायका १४ परिवार कुखुरा पालन समुहमा आवद्ध छन् उनीहरुलाइ खोर व्यवस्थापन तथा चल्ला र दाना समेत बितरणको तयरी भइरहेको पुडासैनीले बताए । गण्डकी गाउँपालिका–६ को लामिडाडा, सल्लेरी, भक्केडाडा, खरेटार, बदला, क्षेत्रीखोला, ७ को कौदी खोलामा पोषणयुक्त घाँस रोपण, बाख्रा तथा स्थानीय नागरिकको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने पुडासैनीले जानकारी दिए ।
प्रजाज्योति आधारभूत विद्यालयमा भएको बाख्रा बितरण कार्यक्रममा बोयर जातको उततन बोका पाएपछि खुशी लागेको स्थानीय गुमानसिं चेपाङले बताए । गाउँमा अधिकांसले गाइ, भैसी तथा अन्य पशुपालन गरेका छैनन् बाख्राका लागि घाँसको समस्या नहुने हुनाले धेरैले बाख्रा पाल्ने योजना बनाएको स्थानीय कौशिला चेपाङले बताइन् ।
स्थानीयको माग अनुरुप चेपाङ बस्तीका बिपन्न महिलाहरूको आयआर्जनका लागि बाख्रा बितरण कार्यक्रम भएको र कुखुका बितरणको कार्यक्रम पनि छिटै गरिने तारा नेपाल फाउण्डेसनका अध्यक्ष ईश्वर श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...



प्रतिकृया लेख्नुहोस्: