Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

तामाङ समुदायलाई प्रचण्डले दिए पुनः मन्त्रीको उदारो आश्वासन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायलाई याे पटक पनि मन्त्रीको उदारो आश्वासन दिएका छन् । शनिवार तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा खुलामञ्चमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीको पुरानै आश्वासन बाँडेका हुन् ।

साे क्रममा उनले भने- ‘गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी बागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए । मन्त्री बन्नु त भयो । प्रदेशमा बन्नुभयो । र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो ।  म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दैछु । अब सङ्घको मन्त्रीमण्डल पुनर्गठन त हुन्छ हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईँहरूलाई दिलाउन चाहन्छु,’ पुरानै आश्वासन दिलाउँदै उनले भने ।

एक वर्षअघि माघ ८ गते सोही मञ्चबाट उनले बागमतीमा तामाङ समुदायबाट दुई जनालाई मन्त्री बनाउने आश्वासन बाँडेका थिए । त्यतिबेला प्रचण्ड सरकारमा तामाङ समुदायबाट एकजना पनि मन्त्री नबनाएकोमा तामाङ नेताहरूले आलोचना गरेका थिए ।

‘मन्त्रीका कुरा पनि उठे । तामाङ समुदायबाट हितबहादुर तामाङजीलाई मन्त्री बनाएकै हो । कुमारी मोक्तान पनि मन्त्री भइन् । शेरबहादुर तामाङलाई नेकपा कालमा मन्त्री बनाएकै हो । दावा तामाङलाई पनि बनाएकै हो,’ मन्त्रीको आश्वासन बाँड्दै त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए,’ केही समयभित्रै एक तामाङको छोरो र एक तामाङको छोरी मन्त्री छिट्टै बन्दैछन् । धेरै तनाव लिएर घरमा नजानुस् ।’

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका उनले मौजुदा मन्त्रिपरिषद् १२ पटक फेरबदल गरे तर एकजना पनि तामाङ समुदायबाट मन्त्री प्राथमिकतामा परेनन् । बागमती प्रदेश मन्त्रिपरिषदमा भने बहादुरसिंह लामा, कुमारी मोक्तान र तीर्थबहादुर लामा मन्त्री छन् ।

२५ सदस्य मन्त्रिपरिषदमा एकजना पनि तामाङ मन्त्री छैनन् । प्रचण्ड सरकार अहिले १३ महिना पुरा गरी १४ औं महिनामा प्रवेश गर्दैछ । शनिवार उनले दिएको आश्वासन कहिले पुरा हुन्छ त्यो हेर्न बाँकी छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending