Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सुस्ता जोड्ने झोलुङ्गे पुल अन्तिम चरणमा

खबरडबली संवाददाता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण सुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो । 
 
सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग जोडिएको नदी पारीको सुस्ता जोड्न निर्माण सुरु गरिएको ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’को काम ९० प्रतिशत पूरा भएको हो । सुस्ताको लाइफलाइनको रुपमा रहेको सो झोलुङ्गे पुल निर्माणका लागि काठमाडौँको बालाजुस्थित त्रिशूली–आश्रय जेभीले तीनपटक म्याद थप गरी अहिले सम्पन्न गर्ने तयारीमा रहेको छ  । 
 
“झोलुङ्गे पुलमा वाक वे एडजस्टमेन्ट (हिँड्ने बाटो जोड्ने) काम थोरै बाँकी रहेको र पुलको दायाँबायाँ जाली लगाउनेुपर्ने काम बाँकी छ”, उनले भने, “एडजस्टमेन्टको काम सकेर पुलको दायाँबायाँ जाली लगाउने काम सकिएपछि लगभग पुल तयार हुन्छ ।” 
 
हिँड्ने बाटो जोड्ने र जाली लगाउने कामपछि झोलुङ्गे पुलको लठ्ठा तन्काएर पुल सञ्चालन गरिने सव–इन्जिनियर थापाले बताए । पुल निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद ३० फागुन, २०८० सम्म रहेको भन्दै उक्त अवधिमा सबै काम सकाएर निर्माण पक्ष पुल हस्तान्तरण गर्ने तयारी रहेको उनको भनाइ थियो । “वाक वे निर्माणका लागि आवश्यक फलाम आउन बाँकी छ”, सव–इन्जिनियर थापाले भने, “चितवनमा भट्टी सञ्चालन नहुँदा आवश्यक फलाम बुटवलबाट ल्याउने तयारी गरेका छौँ, बुटवलको भट्टीबाट फलाम ल्याएपछि काम पूरा गर्नेतर्फ लाग्छौँ ।” 
 
सुस्ता गाउँपालिका–५ स्थित पक्लिहवामा निर्माण भइरहेको मल्टिस्पान झोलुङ्गे पुल नेपालकै ठूलो झोलुङ्गे पुल भएको र यसको लम्बाइ एक हजार ५७१ मिटर रहेको उनले जानकारी दिए । झोलुङ्गे पुलमा जम्मा १३ वटा स्पान रहेकामा दुई सय तीन दशमलव आठ मिटरका पाँच वटा र ६९ मिटरका आठ वटा छन्  । पुलको लागत अनुमान मूल्यअभिवृद्धि करसहित रु २९ करोड ४० लाख ७२ हजार छ । 
 
पुल सञ्चालनमा आएसँगै दैनिक करिब एक हजारभन्दा बढी मानिस लाभान्वित हुने अनुमान गरिएको छ । “सुस्ताका करिब तीन सय ५० घरपरिवार र नारायणी पारीको भारतीय नागरिकले समेत यस पुलबाट लाभ लिन सक्नेछन्”, सव–इन्जिनियर थापाले भने, “तीनतर्फबाट नारायणी नदीले घेरिएको सुस्ता पुग्न अहिले नेपालतर्फको अन्य भागबाट बाटो नभएकाले डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।” 
 
कोरोना कालमा विभिन्न अवरोधका कारण पुल निर्माणको काम दुई वर्षसम्म रोकिएकामा विगत दुई वर्षदेखि पुल निर्माणले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE