Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सुस्ता जोड्ने झोलुङ्गे पुल अन्तिम चरणमा

खबरडबली संवाददाता
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण सुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो । 
 
सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग जोडिएको नदी पारीको सुस्ता जोड्न निर्माण सुरु गरिएको ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’को काम ९० प्रतिशत पूरा भएको हो । सुस्ताको लाइफलाइनको रुपमा रहेको सो झोलुङ्गे पुल निर्माणका लागि काठमाडौँको बालाजुस्थित त्रिशूली–आश्रय जेभीले तीनपटक म्याद थप गरी अहिले सम्पन्न गर्ने तयारीमा रहेको छ  । 
 
“झोलुङ्गे पुलमा वाक वे एडजस्टमेन्ट (हिँड्ने बाटो जोड्ने) काम थोरै बाँकी रहेको र पुलको दायाँबायाँ जाली लगाउनेुपर्ने काम बाँकी छ”, उनले भने, “एडजस्टमेन्टको काम सकेर पुलको दायाँबायाँ जाली लगाउने काम सकिएपछि लगभग पुल तयार हुन्छ ।” 
 
हिँड्ने बाटो जोड्ने र जाली लगाउने कामपछि झोलुङ्गे पुलको लठ्ठा तन्काएर पुल सञ्चालन गरिने सव–इन्जिनियर थापाले बताए । पुल निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद ३० फागुन, २०८० सम्म रहेको भन्दै उक्त अवधिमा सबै काम सकाएर निर्माण पक्ष पुल हस्तान्तरण गर्ने तयारी रहेको उनको भनाइ थियो । “वाक वे निर्माणका लागि आवश्यक फलाम आउन बाँकी छ”, सव–इन्जिनियर थापाले भने, “चितवनमा भट्टी सञ्चालन नहुँदा आवश्यक फलाम बुटवलबाट ल्याउने तयारी गरेका छौँ, बुटवलको भट्टीबाट फलाम ल्याएपछि काम पूरा गर्नेतर्फ लाग्छौँ ।” 
 
सुस्ता गाउँपालिका–५ स्थित पक्लिहवामा निर्माण भइरहेको मल्टिस्पान झोलुङ्गे पुल नेपालकै ठूलो झोलुङ्गे पुल भएको र यसको लम्बाइ एक हजार ५७१ मिटर रहेको उनले जानकारी दिए । झोलुङ्गे पुलमा जम्मा १३ वटा स्पान रहेकामा दुई सय तीन दशमलव आठ मिटरका पाँच वटा र ६९ मिटरका आठ वटा छन्  । पुलको लागत अनुमान मूल्यअभिवृद्धि करसहित रु २९ करोड ४० लाख ७२ हजार छ । 
 
पुल सञ्चालनमा आएसँगै दैनिक करिब एक हजारभन्दा बढी मानिस लाभान्वित हुने अनुमान गरिएको छ । “सुस्ताका करिब तीन सय ५० घरपरिवार र नारायणी पारीको भारतीय नागरिकले समेत यस पुलबाट लाभ लिन सक्नेछन्”, सव–इन्जिनियर थापाले भने, “तीनतर्फबाट नारायणी नदीले घेरिएको सुस्ता पुग्न अहिले नेपालतर्फको अन्य भागबाट बाटो नभएकाले डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।” 
 
कोरोना कालमा विभिन्न अवरोधका कारण पुल निर्माणको काम दुई वर्षसम्म रोकिएकामा विगत दुई वर्षदेखि पुल निर्माणले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending