म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनाले निर्माणलाई तीव्रता दिएको हो ।
गत वर्षको चैतदेखि पूर्वाधार निर्माण सुरु गरेको यस आयोजनाले पाइपलाइन र बाँधतर्फको कामलाई तीव्रता दिएको आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए । उनका अनुसार सुरुङरहित यस आयोजनामा कूल दुई हजार आठ सय मिटर पाइपलाइन निर्माण हुनेछन् ।
“हेडरेष्ट, सर्जट्याङ्क र पेनस्टक सबैतर्फ पाइपलाइन जडान गर्छौं । अहिलेसम्म एक हजार दुई सय मिटर पाइपलाइन जडानको काम सकिएको छ”, प्रमुख नायकले भने, “पाइप ढुवानीसँगै जडानको कामले तीव्रता पाएको छ ।” आयोजनाको पूर्वाधारतर्फको ठेक्का देव ऊर्जा कन्ट्रक्सन प्रालिले लिएको छ ।
सुँगुरथलामाथि रघुगङ्गा नदीमा बनाउने बाँधबाट पाइपलाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत्गृहमा खसालेर उत्पादन हुने विद्युत्लाई दानामा निर्माण भएको सवस्टेशनमा जोडेर राष्ट्रिय प्रसारणमा जोडिनेछ । अहिले प्रसारण लाइन निर्माणका लागि टावर बनाउने काम अघि बढेको आयोजनाले जनाएको छ ।
आयोजनाले आगामी २०८२ वैशाखभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । दैनिकरुपमा दुई सय ५० जना मजदुर परिचालन गरेको काम भइरहेको आयोजना प्रमुख नायकले जानकारी दिए । उनका अनुसार बाँधतर्फ ड्याम, अण्डर सुलुस, बालुवा थिग्राउने पोखरीलगायतका पूर्वाधारको काम धमाधम भइरहेको छ ।
विद्युत्गृहको जग्गा व्यवस्थापन गरेर कटिङ र जग्गा संरक्षणको लागि पूर्वाधार निर्माण भइरहेको छ । सेतिनी भ्यालीमा कर्मचारी र मजदुरको लागि आवास गृहलगायतका पूर्वाधार र सडकको पहुँचमार्ग निर्माण गरी आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले दश महिनामै ४० प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाइएको छ ।
कूल रु तीन अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी हुनेछ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ«े बैंक लिमिटेडले लगानी गर्ने वित्तीय सम्झौता भएको छ । आयोजनाको इलेक्टो मेकालिकतर्फको ठेक्का भने भारतीय बिएफएल कम्पनीले लिएको छ ।
हिमाली भूगोलको चिसो मौसम, हिमपात र वर्षा तथा चिमखोलाको मलाङ पहिरोको अवरोधलगायतका समस्याका बीच आयोजनाले निर्माणलाई निर्धारित समयमै सम्पन्न गराउने गरी जनशक्ति, मेसिन, उपकरण परिचालन तथा व्यवस्थापन गरिहेको आयोजना प्रमुख नायकले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: