भक्तपुर । विज्ञानलाई चुनौती दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुङ्ग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् । गए राति भक्तपुरको चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोबास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिब २ सय जनाले विज्ञानलाई समेत चुनौती दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुङ्ग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन् ।
यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरूले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोहि कुलका १२ जना नयाँ डाङ्ग्रेहरू तयार परेका थिए । ती डाग्रेहरू १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन् ।
उनीहरू आगोको राप अर्थात् कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रूपमा निभाएपछि पाको वायु भएको मानिन्छ । कुलायन पूजामा सहभागी बनेका डाग्रेहरूले खाली खुट्टाले आगोको भुङ्ग्रोमा जान आफूहरूलाई सुरुमा डर लागे पनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन् ।
कुल पूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । खली खुवाउने दिन बेलुका ती डाङ्ग्रेहरूलाई गुरुहरूसहित १ सय ८ भारी दाउराको भुङ्ग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिइ डाङ्ग्रेहरूलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ ।
धामी गुरु धमेन्द्र बिष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास व्यक्त गरे ।
आगोको भुङ्ग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले दाबी गरे । एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा तान्त्रिक शक्तिमाथि धेरैले विश्वास नगरे पनि ब्राह्मण, क्षेत्रीलगायत विभिन्न समुदायहरूले खली खुवाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८१ - १५:५५
जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्...
बैशाख १५ गते, २०८१ - १४:५३
बझाङ । बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ । मुख्य निर्वाचन अधिकृत सु...
बैशाख १५ गते, २०८१ - १४:४९
धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् । विवाहका लागि...
बैशाख १५ गते, २०८१ - १४:४८
रौतहट । मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्। मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिष...
बैशाख १५ गते, २०८१ - १४:३१
काठमाडौं । नेपाली कांग्रेसले लगानी सम्मेलन सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत् ९ वटा कानुन संशोधन गर्न लागेकोप्रति विरोध जनाएको छ । शनिबार कांग...
बैशाख १५ गते, २०८१ - १४:२९
पर्सा । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार ...
बैशाख १५ गते, २०८१ - १४:२१
इलाम । जारी उपनिर्वाचनमा मतदान केन्द्रभित्रै एक्जिट पोल गराएको भन्दै प्रहरीले केही सामग्रीहरू बरामद गरेको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मत...
बैशाख १५ गते, २०८१ - १३:१८
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ । एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्...
बैशाख १५ गते, २०८१ - १३:१७
भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्त...
बैशाख १५ गते, २०८१ - १३:११
काठमाडौं । बेल्जियममा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मोल सहरबाट आन्त्वर्पेन भन्ने स्थानमा जाने क्रममा दुर्घटनामा परी पर्वतको जलजला ...
प्रतिकृया लेख्नुहोस्: