काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग बिहीवार बयान लिएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयको पुरानो भवनमा रहेको कार्यालयमा बिहीवार आयोगले महरासँग झण्डै डेढ घण्टा बयान लिएको हो ।
विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा चिनियाँ नागरिक दावाजिन वाङसँग महराको पटक–पटक फोनमा कुरा भएको तथ्य फेला परेको थियो ।
बयानमा महराले चिनियाँ नागरिकसँग फोनमा कुराकानी भएको स्वीकार गरेका छन् । ‘ती चिनियाँ नागरिक वाङसँग पुरानो सम्बन्धका आधारमा कुराकानी भएको हो, तर सुन तस्करीमा मेरो कुनै संलग्नता छैन,’ महराको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।
सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्व उपप्रधान, गृह एवं अर्थमन्त्री समेत रहिसकेका नेता पनि हुन् । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले यसअघि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । डिल्लीराज आचार्यको संयोजत्कवमा गठन भएको आयोगले सीआईबीले गरेको अनुसन्धानका आधारमा सुन तस्करीमा जोडिएका व्यक्तिसँग बयान लिइरहेको छ ।
सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चुडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो ।
सरकारले गत असोज १५ गते उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: