काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँग बिहीवार बयान लिएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयको पुरानो भवनमा रहेको कार्यालयमा बिहीवार आयोगले महरासँग झण्डै डेढ घण्टा बयान लिएको हो ।
विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा चिनियाँ नागरिक दावाजिन वाङसँग महराको पटक–पटक फोनमा कुरा भएको तथ्य फेला परेको थियो ।
बयानमा महराले चिनियाँ नागरिकसँग फोनमा कुराकानी भएको स्वीकार गरेका छन् । ‘ती चिनियाँ नागरिक वाङसँग पुरानो सम्बन्धका आधारमा कुराकानी भएको हो, तर सुन तस्करीमा मेरो कुनै संलग्नता छैन,’ महराको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।
सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्व उपप्रधान, गृह एवं अर्थमन्त्री समेत रहिसकेका नेता पनि हुन् । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले यसअघि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । डिल्लीराज आचार्यको संयोजत्कवमा गठन भएको आयोगले सीआईबीले गरेको अनुसन्धानका आधारमा सुन तस्करीमा जोडिएका व्यक्तिसँग बयान लिइरहेको छ ।
सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चुडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो ।
सरकारले गत असोज १५ गते उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: