काठमाडौं । पछिल्लो समय सुरक्षा निकायमा जागिर छाड्नेको लर्को लाग्न थालेको छ । पछिल्लो समय विभिन्न कारण देखाएर र अवसरकाे खाेजीमा वैदेशीक राेजगारमा जाँदा जागिर छाड्ने क्रम बढेको हो ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सेवा अवधि पूरा नगरी चार हजार ६३७ जनाले सङ्गठन छाडेका छन् । राजीनामा दिनेमा सबैभन्दा प्रहरी हवलदार दुई हजार १४० जना छन् । यसै गरी प्रहरी नायब उपरीक्षक डिएसपी १५, प्रहरी निरीक्षक ३३, प्रहरी वरिष्ठ नायब निरीक्षक २०, प्रहरी नायब निरीक्षक २९८, प्रहरी सहायक निरीक्षक ८३३, प्रहरी वरिष्ठ हवलदार १६३, प्रहरी हवलदार दुई हजार १४०, प्रहरी सहायक हवलदार १७५, प्रहरी जवान ६८७ र प्रकाश (परिचर) २११ जना रहेका छन् ।
नेपाल प्रहरीमा मात्र होइन अन्य सुरक्षा निकायमा पनि अवस्था उस्तै छ । सशस्त्र प्रहरी बल नेपालमा पनि जागिर छाड्नेको क्रम बढ्दो छ । सशस्त्र प्रहरीमा पछिल्लो पाँच वर्षमा चार हजार १२० जनाले सेवा अवधि पूरा नगरी जागिर छाडेका छन्, जसमध्ये सबैभन्दा बढी जागिर छाड्नेको सङ्ख्या जवानको रहेको छ ।
नेपाली सेनामा पनि अवस्था यस्तै छ । सेनामा राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायकरथीदेखि उपरथीसम्म रहेको छ ।
जङ्गी अड्डाबाट प्राप्त तथ्याङ्क अनुसार सेनामा सेवा अवधि पूरा नगरी जागिर छाड्नेको सङ्ख्या मासिक नौ सय जना रहेको छ । पेन्सन अवधि पूरा गरेका वार्षिक तीन हजार पाँच सय जनाले राजीनामा दिने गरेको पाइएको छ । राजीनामा दिने र अन्य कारण गरी सेनामा वार्षिक छ हजार पाँच सय पद रिक्त हुने गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: