काठमाडौं । पछिल्लो समय सुरक्षा निकायमा जागिर छाड्नेको लर्को लाग्न थालेको छ । पछिल्लो समय विभिन्न कारण देखाएर र अवसरकाे खाेजीमा वैदेशीक राेजगारमा जाँदा जागिर छाड्ने क्रम बढेको हो ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा सेवा अवधि पूरा नगरी चार हजार ६३७ जनाले सङ्गठन छाडेका छन् । राजीनामा दिनेमा सबैभन्दा प्रहरी हवलदार दुई हजार १४० जना छन् । यसै गरी प्रहरी नायब उपरीक्षक डिएसपी १५, प्रहरी निरीक्षक ३३, प्रहरी वरिष्ठ नायब निरीक्षक २०, प्रहरी नायब निरीक्षक २९८, प्रहरी सहायक निरीक्षक ८३३, प्रहरी वरिष्ठ हवलदार १६३, प्रहरी हवलदार दुई हजार १४०, प्रहरी सहायक हवलदार १७५, प्रहरी जवान ६८७ र प्रकाश (परिचर) २११ जना रहेका छन् ।
नेपाल प्रहरीमा मात्र होइन अन्य सुरक्षा निकायमा पनि अवस्था उस्तै छ । सशस्त्र प्रहरी बल नेपालमा पनि जागिर छाड्नेको क्रम बढ्दो छ । सशस्त्र प्रहरीमा पछिल्लो पाँच वर्षमा चार हजार १२० जनाले सेवा अवधि पूरा नगरी जागिर छाडेका छन्, जसमध्ये सबैभन्दा बढी जागिर छाड्नेको सङ्ख्या जवानको रहेको छ ।
नेपाली सेनामा पनि अवस्था यस्तै छ । सेनामा राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायकरथीदेखि उपरथीसम्म रहेको छ ।
जङ्गी अड्डाबाट प्राप्त तथ्याङ्क अनुसार सेनामा सेवा अवधि पूरा नगरी जागिर छाड्नेको सङ्ख्या मासिक नौ सय जना रहेको छ । पेन्सन अवधि पूरा गरेका वार्षिक तीन हजार पाँच सय जनाले राजीनामा दिने गरेको पाइएको छ । राजीनामा दिने र अन्य कारण गरी सेनामा वार्षिक छ हजार पाँच सय पद रिक्त हुने गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: