Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न ‘मर्ज’

खबरडबली संवाददाता

बागलुङ । गलकोट नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय एकापसमा गाभेको (मर्ज) गरेको छ । चालु वर्षमा गलकोटका दर्जन विद्यालय मर्ज र तह मिलान भएका छन् । 

गाभिएकामध्ये वडा नं ७ को झिर्कामा रहेको आधारभूत विद्यालय अहिले कक्षा ३ सम्म चलेको छ । यहाँका विद्यार्थीलाई कक्षा ४ देखि जनहित मावि मल्ममा आउनुपर्छ । नगरपालिकाले गाडीको व्यवस्थापन गरेर आउने जाने गराएको छ । वडा नं १० को ढु्ङ्गेल प्रावि बन्द भयो । पाण्डवखानी माविमा पढ्न आउनुपर्छ । विद्यार्थी शून्य नजिक पुगेकाले विद्यालय मर्ज गर्नुपरेको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बताए । 

वडा नं ७ कै देउराली प्रावि बन्द गरियो । त्यहाँ पढ्ने १५ विद्यार्थी पनि जनहित मावि मल्म गए । वडा नं २ को चौराहा आधारभूत विद्यालय बन्द गरेर चौराहा माविमा समावेश गरियो । 

सापकोटाका अनुसार गत वैशाखदेखि पाँच विद्यालय मर्ज गरिएको हो भने ७ विद्यालयको तह मिलान गरियो । केही हिँड्नुपर्ने बाध्यता भएका बालालिकालाई नगरपालिकाले खाजा खर्च दिन थालेको छ । विद्यालय बन्द हुँदा शिक्षक जगेडा भए । त्यसपछि नगरपालिकाले ती शिक्षकलाई आवश्यकताको आधारमा स्थानान्तरण गराएको छ । 

‘दरबन्दी नभएर निजी स्रोतमा राखेका विद्यालयले शिक्षक पाएका छन्,’ सापकोटाले भने, “अभिभावकको अनावश्यक खर्च जोगियो ।” निजी स्रोतको शिक्षक राखेका जनहित, चौराहा र पाण्डवखानी मावि विद्यालयलाई सहज भएको अभिभावकहरुले बताए । 

विद्यालय मर्ज गर्दा गुणस्तर सुधारमासमेत सहज भएको सापकोटाको भनाइ छ । “आवश्यक शिक्षक ‘कोटा’ पुगेपछि हामीले गुणस्तर सुधारका कार्यक्रम ल्याउन पाएका छौँ’ उनले भने” शिक्षकका लागि मासिक रकम बुझाउने अभिभावकहरुले गुणस्तर सुधारका लागि खुसीले साथ दिन पाएका छन् ।’ विद्यालयको तह मिलान गर्दा पनि आर्थिक भार कम भएको जनहित माविका अभिभावक ज्ञानबहादुर थापाले बताए । 

अब गलकोटमा १३ माविसहित ६२ सामुदायिक विद्यालय छन् । विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ भएमा १५ जना, १–५ भए २५, ६–८ भए २१, ९–१० भए २५ र ११–१२ मा पनि २५ जना विद्यार्थी न्यूनतम चाहिने मापदण्ड छ । बागलुङ नगरपालिकाले पनि ‘बिग स्कुल’को मापदण्ड बनाएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । 

आगामी शैक्षिक सत्रमा मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज गर्ने तयारी भएको हो । बागलुङ नगरपालिकाभित्र एक सय ४ विद्यालय छन् । यो सङ्ख्या नेपालका सबै पालिकाको भन्दा धेरै हो । कतिपय विद्यालयमा विद्यार्थी न्यून भएकाले मर्जको अवस्था ल्याउनै पर्ने आवश्यकता भएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending