एजेन्सी । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा रहेका र शरणार्थीका रूपमा विस्थापित नागरिकका लागि अति आवश्यक सहयोग उपलब्ध गराउन चार अर्ब १० करोड अमेरिकी डलर माग गरेको छ ।
सुडानमा गत वर्षको अप्रिलमा सुरु भएको नृशंस द्वन्द्वले मानवीय पतन निम्त्याएको छ । यहाँको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् करिब दुई करोड ५० लाख मानिसलाई सहायता र संरक्षणको खाँचो परेको छ ।
संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भनेका छन्, “१० महिनाको द्वन्द्वले सुडानका जनताको सुरक्षा, घर र जीविकोपार्जनजस्ता लगभग सबै कुरा लुटेको छ ।” सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमाण्डर मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा पश्चिमी डार्फर क्षेत्रको एउटा सहरमा १० हजारदेखि १५ हजारको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको द्वन्द्व विज्ञले बताएका छन् ।
सुडानमा बढ्दो तनावले भोकमरी निम्त्याएको छ र लगभग एक करोड ८० लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् । यसैबीच, तीव्र शत्रुताले पानी आपूर्ति सञ्जाल र अन्य महत्वपूर्ण नागरिक पूर्वाधारमा क्षति पुर्याइरहेको छ र द्वन्द्व प्रभावित राज्यहरूमा लगभग तीन चौथाई स्वास्थ्य सुविधाहरू सेवाबाट बाहिर रहेका छन् ।
यससँगै हैजा, दादुरा, औलो जस्ता रोगहरु तीव्र गतिमा फैलिरहेका छन् । यससँगै कुपोषणको बढ्दो दरका कारण पश्चिमी डार्फर क्षेत्रमा विस्थापित व्यक्तिहरूका लागि बनाइएको जमजम शिविरमा प्रत्येक दुई घण्टामा कम्तीमा एक बच्चाको मृत्यु हुने अवस्था सिर्जना भएको ‘डक्टर्स विदाउट बोर्डर्स’ र अन्य सङ्घसंस्थाहले यसै हप्ता चेतावनी दिएका छन् ।
लैङ्गिक हिंसाका व्यापक विवरणहरूको बीचमा, युद्धले विश्वको सबैभन्दा ठूलो सुरक्षा र विस्थापन सङ्कट पनि सिर्जना गरेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार करिब ८० लाख मानिस आफ्नो घर छोडेर भागेका छन्, जसमध्ये १५ लाखभन्दा बढी छिमेकी मुलुक प्रवेश गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले यस वर्ष एक करोड ४७ लाख मानिसलाई देशभित्र अति आवश्यक सहायता उपलब्ध गराउन दुई अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।
ग्रिफिथ्सले भने, “दाताहरूको उदारताले हामीलाई बालबालिकालाई खाना, पोषण, आवास, स्वच्छ पानी र शिक्षा प्रदान गर्न तथा लैङ्गिक हिंसाको प्रकोपसँग लड्न र बाँचेकाहरूको हेरचाह गर्न मद्दत गर्दछ । “गत वर्षको अपीलको आधाभन्दा कम वित्तपोषित थियो । तात्कालिकताको उच्च भावनाको साथ यस वर्षहामीले अझ राम्रो गर्नै पर्छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले सुडानका पाँच छिमेकी मुलुकका करिब २७ लाख शरणार्थी र उनीहरूका समुदायका सदस्यलाई सहयोग गर्न थप एक अर्ब ४० करोड अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: