Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

चराले सुकेको रुख छाडे झैँ युवाले देश छाडेः पदम गिरी

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले स्वदेशमा अवसर नदेखेर युवा पुस्तामा निराशा बढिरहेको बताएका छन् । यसको परिणाम दैनिक लाखौँ युवा विदेशिरहेको उनको भनाइ छ । 

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यी विषयमा यर्थाथताको जगमा टेकेर मूल्यांकन गर्नुपर्ने बताए । “जसरी रुख सुक्यो भने त्यसमा रहेका चराहरू हरियो रुखमा जान्छन् । यो देशमा मेरो भविष्य छैन भनेर पलायन हुने ठाउँमा मान्छे पुगेका छन्,” उनले भने ।

प्रमुख सचेतक गिरीले गएको एक वर्षमा सदन प्रभावकारी बन्न नसकेको बताए । जनताको सरोकारको विषय, संविधान कार्यान्वयन र ऐन कानुन निर्माण तथा सुशासन समृद्धिका मुद्धामा बहस हुन नसकेको उनको भनाइ छ । सदनलाई प्रभाकवारी बनाउने काममा सबै पक्ष चुकेको बताए ।

“सरकारको गैरजिम्मेवारिका कारण सदनलाई एक वर्षमा एउटा मात्र ऐन दियौँ । हामीले समितिमा छलफल गर्न पनि सकेनौँ,” उनले भने, “जब संसद् सुशासन दिन प्रतिवद्ध छैन भने अरु निकायमा कसरी सुशासन हुन्छ ।”

उनले सदनले क्यालेन्डर बनाएर बैठक सञ्चालन गर्ने भन्दैमा सदन प्रभावकारी बन्ने ग्यारेन्टी नभएको तर्क गरे । “जुन कार्यतालिका आएको छ, कार्यतालिका बनाउँदैमा व्यवस्थित बन्छ भन्ने होइन । यसमा सरकारले पहल गर्नुपर्छ । समयमा विजनेसन दिनुपर्छ । शून्य र विशेष समय चलाएर मात्र हुँदैन । सदनलाई प्रभावकारी बनाउन सरकारको भूमिका हुन्छ,” उनले भने । 

नेकपा एमालेले कानुन निर्माण र जनताको विषय सदनमा जोडदार ढंगले उठाउने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending