काठमाडौं । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित बनेको छ । दुई समूहबीच कुटाकुट भएपछि गत शनिबारबाट रोकिएको बन्दसत्र अनिश्चित बनेको हो ।
शनिबार रोकिएको बन्दसत्र आजबाट सुरु गर्ने भनिएपनि नेताहरुबीच कुरा नमिलेपछि फेरि सरेको बताइएको छ । एमाले नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका नेता धर्मदत्त देवकोटाले एक सूचना जारी गर्दै आन्तरिक कारणले बन्दसत्र तोकिएको समयमा सुरु हुन नसकेको बताएका छन् ।
‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्द सत्र २०८० माघ २३ गते विहान ८ बजे देखि संचालन गर्ने भनि सुचना गरिएकोमा आन्तरिक तयारीको काम अझै केही बाँकी भएकोले केन्द्रिय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ सुचना गर्ने कुरा जानकारी गराइन्छ साथै अधिवेशनको प्रकृया केन्द्रिय निर्देशन अनुसार जारी रहने छ । यो सुचनाले प्रतिनीधि र सम्बन्धित सबैमा पर्न गएको अप्ठेरो प्रति अध्यक्ष मण्डल गम्भिर रहेको कुरा अवगत गराउन चाहान्छु’ उनले भनेका छन् ।
शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा मनोनीत प्रतिनिधि छनोट र अध्यक्ष मण्डलबारे विवाद भएपछि झडपमा परिणत भएको एकपक्षको आरोप छ । एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा चर्को विवाद भएपछि अधिवेशन अनिश्चित बन्दै आएको हो ।
त्रिपाठी एमालेको दश बुँदेपक्षका नेता हुन भने अधिकारलाई प्रदेश अध्यक्ष कैलाश ढुंगेलको समर्थन रहेको छ । प्रदेश अध्क्ष ढुंगेलले जसरी भएपनि अधिकारीलाई अध्यक्ष बनाउन चाहेका छन् तर, जिल्लामा त्रिपाठी समूह बलियो रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...



प्रतिकृया लेख्नुहोस्: