काठमाडौं । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनको बन्दसत्र अनिश्चित बनेको छ । दुई समूहबीच कुटाकुट भएपछि गत शनिबारबाट रोकिएको बन्दसत्र अनिश्चित बनेको हो ।
शनिबार रोकिएको बन्दसत्र आजबाट सुरु गर्ने भनिएपनि नेताहरुबीच कुरा नमिलेपछि फेरि सरेको बताइएको छ । एमाले नवौं जिल्ला अधिवेशन अध्यक्ष मण्डलका नेता धर्मदत्त देवकोटाले एक सूचना जारी गर्दै आन्तरिक कारणले बन्दसत्र तोकिएको समयमा सुरु हुन नसकेको बताएका छन् ।
‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्द सत्र २०८० माघ २३ गते विहान ८ बजे देखि संचालन गर्ने भनि सुचना गरिएकोमा आन्तरिक तयारीको काम अझै केही बाँकी भएकोले केन्द्रिय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ सुचना गर्ने कुरा जानकारी गराइन्छ साथै अधिवेशनको प्रकृया केन्द्रिय निर्देशन अनुसार जारी रहने छ । यो सुचनाले प्रतिनीधि र सम्बन्धित सबैमा पर्न गएको अप्ठेरो प्रति अध्यक्ष मण्डल गम्भिर रहेको कुरा अवगत गराउन चाहान्छु’ उनले भनेका छन् ।
शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा मनोनीत प्रतिनिधि छनोट र अध्यक्ष मण्डलबारे विवाद भएपछि झडपमा परिणत भएको एकपक्षको आरोप छ । एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा चर्को विवाद भएपछि अधिवेशन अनिश्चित बन्दै आएको हो ।
त्रिपाठी एमालेको दश बुँदेपक्षका नेता हुन भने अधिकारलाई प्रदेश अध्यक्ष कैलाश ढुंगेलको समर्थन रहेको छ । प्रदेश अध्क्ष ढुंगेलले जसरी भएपनि अधिकारीलाई अध्यक्ष बनाउन चाहेका छन् तर, जिल्लामा त्रिपाठी समूह बलियो रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: