Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

विपक्षी दल एमालेद्वारा मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण

खबरडबली संवाददाता
कास्की । गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले साेमबार २४ बुँदा समेटेर मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् । 
 
प्रदेश सरकारले गर्नुपर्ने सुधारका कामलगायत समेटिएको उक्त ध्यानाकर्षणपत्रमा प्रदेश सरकार गठबन्धनको मात्र नभई सबै जनताको अभिभावक बन्नुपर्ने, सुशासन र सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्ने, सरकारका मुख्यमन्त्री, मन्त्री तथा उच्च पदस्थ कर्मचारी कामभन्दा पनि विभिन्न कार्यक्रमको उद्घाटनमा व्यस्त हुँदा सरकारले आफ्नो काममा गति लिन नसकेलगायत कुरा उल्लेख छन् । 
 
त्यसैगरी, चालु आवको पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ३९ प्रतिशतमात्र हुँदा त्यसको क्षमता वृद्धि गर्न, प्रदेश गौरव तथा रुपान्तरणकारी आयोजनाको कार्यान्वयनको अवस्था कमजोर देखिएकाले त्यस्ता योजनाका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने, गण्डकी प्रदेशलाई मित्रराष्ट्र भारत र चीनसँग जोड्ने कोरला–त्रिवेणी सडक द्रुत गतिमा निर्माण गर्नुपर्ने, चालु आवको पुस मसान्तसम्म जम्मा ३२ दशमलव ३२ प्रतिशत राजस्व सङ्कलन देखिनुले राजस्व तथा प्रदेशको आन्तरिक स्रोत र दायरा बढाउन सरकारको विशेष ध्यान दिनुपर्ने तथा योजना अनुगमन निर्देशिका तत्काल जारी गर्न माग गरिएको छ । 
 
यसैगरी ध्यानाकर्षणपत्रमा क्रमागत योजना र बहुवर्षीय योजनाका लागि बजेट सुनिश्चित गरेरमात्र नयाँ योजना प्रस्ताव गर्ने नीति लिनुपर्ने, प्रदेश गौरव तथा रुपान्तरणकारी आयोजनालाई मात्र प्राथमिकताका आधारमा बहुवर्षीय आयोजनाका रुपमा कार्यान्वयन गर्नुपर्ने, प्रदेशको आवधिक, मध्यमकालीन खर्च संरचना र परियोजना बैङ्कका आधारमा मात्र योजना छनौट, बजेट विनियोजन र कार्यान्वयन गर्नुपर्ने, बजेटलाई आवश्यकता र जनमुखी बनाउन आर्थिक, सामाजिक, औद्योगिक, पूर्वाधार, कृषि, उद्योग, पर्यटनलगायत क्षेत्रगत रुपमा प्राथमिकीकरण गरी जिल्लागत र विकासगत सन्तुलन मिलाई आयोजनाका लागि बजेट सीमा तथा स्रोतको व्यवस्थापन गर्नुपर्नेलगायत कुरा ध्यानाकर्षण पत्रमा उल्लेख छ ।  
–––

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE