Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

बागलुङमा बाँझो जग्गामा फलफूल खेती

खबरडबली संवाददाता

बागलुङ । बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ । नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ । 

फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा  ओखर र किबीखेती सुरु गरिएको हो । बसाइँसराइलगायतका कारणले जनशक्ति अभावसँगै खेतीयोग्य जमिन बाँझिदै गएको छ । बाँझो जग्गामा उम्रेका रुख तथा झाडी हटाएर ओखर र किबीखेती गर्न थालिएको हो । वडा नं ९ तितङमा दुई वर्षदेखि फलफूल प्रवद्र्धनात्क कार्यक्रम गर्दै आएको नगरपालिकाले यसवर्ष ओखर खेती सुरु गरेको हो ।
 
तित्याङको ४२ रोपनी खेतीयोग्य जग्गामा ओखरखेतीका लागि दुई सय ५० बिरुवा लगाइसकिएको नगरपालिकाले जनाएको छ । साथै सिगाना, मालिका र रायडाँडामा कूल एक सय ५० रोपनी जग्गामा पहिलो चरणमा ओखरखेती सुरु गरिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । 

“पहिलो चरणमा ओखरखेती गरिएको र दोस्रो चरणमा किबीखेतीका लागि स्थानीयलाई बिरुवा वितरण गर्ने नगरपालिकाको योजना छ” प्रमुख श्रेष्ठले भने, “यसको उद्देश्य बाँझो जग्गा सदुपयोगसँगै स्थानीयवासीलाई आयआर्जनमा जोड्नु हो ।” 

चालु आर्थिक वर्षमा रु २० लाख ४० हजार बजेटबाट ओखर र किबीखेती विस्तार गर्न थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए । 

सिँचाइको समस्या रहेका स्थानमा फलफूलखेती राम्रो गर्न सकिने भएकाले स्थानीयलाई त्यसतर्फ अग्रसर गराइएको नगरपालिकाका कृषि प्राविधिक राहुल केसीले बताए ।  “गाउँमा धेरै जग्गा बाझिँदै गएको छ, बाँझो जग्गामा फेरि खाद्यबाली लगाउन समस्या हुन्छ, उब्जानी थोरै हुनेभएपछि किसान खाद्यबालीमा आर्कषित छैनन्”, उनले भने, “फलफुलखेतीमार्फत स्थानीयलाई गाउँमै टिकाउने प्रयास पनि हो ।”

फलफूल प्रबद्र्धन तथा ड्राइफ्रुट खेती विस्तार अभियान अन्तर्गत ७० प्रतिशत नयाँ बिरुवा लगाउने र ३० प्रतिशत पुरानो बगैँचा व्यवस्थापन गर्न सकिने केसीको भनाइ छ । नगरपालिकाले यसवर्ष लगाउने भनेको एक हजार पाँच सयमध्ये दुई सय ५० बिरुवा लुम्बिनी वल्र्ड पिस फोरमले उपलब्ध गराएको हो । 

तित्याङमा दुई सय ५० ओखरका बिरुवा लगाइएको छ भने मालिकामा पाँच सय ओखरका बिरुवा लगाउन पठाइएको छ । ओखरका विरुवा सुक्खा फलफुल विकास केन्द्र बैतडीबाट ल्याइएको केसीको भनाइ छ । 

सुक्खा फलफूल खेती अभियान प्रत्येक वडामा क्रमशः लागू हुने नगरपालिकाले जनाएको छ । प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत समुद्र सतहदेखि एक हजार पाँच सय मिटरभन्दा माथिल्लो भागमा सुक्खा फलफूलखेती गर्न थालिएको छ । ओखरले पाँच वर्षमा उत्पादन दिन थाल्ने कृषि प्राविधिक बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...

नवलपराँसीमा टिप्परको ठक्करबाट एकको मृत्यु, एकजना घाइते

नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...

राजनीतिक दलले केही गरेनन् भन्नु भ्रम हो : माधव नेपाल

बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...

अगामी पुस १ गतेदेखि बाघ गणना गरिने

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...

विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...

राष्ट्रपतिसमक्ष यी देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ

कैलाली ।  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए ।  ब...

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending