Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

पूर्वऊर्जामन्त्री पुनद्वारा घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण

खबरडबली संवाददाता

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण गरेका छन् । 

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले आइतबार खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र  निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिए । आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । 

आयोजनाका कर्मचारी तथा निर्माण पक्षका प्रतिनिधिसँग पुनले जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र पूर्वविभागीय मन्त्रीका हैसियतले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए । 

‘ऊर्जामन्त्री भएका बेला मैले नै अघि बढाएको योजना भएकोले पनि मेरो यसमा चासो छ’, उनले भने, ‘प्रसारण लाइन निर्माणका क्रममा कुनै समस्या आइपरे मलाई जानकारी गराउन्स्, सबै प्रकारणको सहयोगका लागि तयार छु ।’ 

रोल्पा, रुकुम र प्यूठान हालसम्म पनि केन्द्रीय प्रसारण लाइनमा नजोडिएका कारण उक्त आयोजनाबाट ती तीन जिल्लाले लाभ लिने उनको भनाइ थियो । प्रसारण लाइन निर्माणपछि सो क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लान राष्ट्रिय प्रसारणमा जोडिने र राष्ट्रिय प्रसारणको बिजुली ती जिल्लामा ल्याउन सकिने भएका कारण आयोजना महत्वपूर्ण रहेको पुनले बताए । 

हाल घोराही–खुंग्री १३२ केभीको प्रसारण लाइन निर्माणको काम धमाधम भइरहेको छ । घोराहीदेखि खुंग्रीसम्म ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन्छ । एसियाली विकास बैंकको २ अर्ब लगानीमा निर्माण निर्माण हुन लागेको उक्त प्रसारण लाइनसम्बन्धी निर्माण सम्झौतामा २४ पुस २०७९ मा हस्ताक्षर भएको थियो ।  

भारतीय कम्पनी केइसी इन्टरप्राइजेजले सम्झौताअनुसार १ फागुन ०७९ बाट काम थालेको हो । ३० महिना अर्थात १५ भदौ २०८२ मा प्रसारण लाइन निर्माणको काम सम्पन्न गरी बिजुली चार्ज गर्ने सम्झौतामा उल्लेख छ । हालसम्म १५ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त प्रसारण लाइन आयोजनाका इन्जिनियर प्रदीप खत्रीले जानकारी दिए । रोल्पामा जग्गा अधिग्रहणको काम सकिएको तथा दाङ र प्यूठानको पनि जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएर प्रक्रिया अघि बढेको खत्रीले बताए । 

खुंग्री–बाफीकोट १३२ केभीको ठेक्का सम्झौता हुँदै 

खत्रीका अनुसार ७५ किलोमिटर लामो खुंग्री–बाफीकोट १३२ केभी प्रसारण लाइन निर्माणको पनि छिट्टै टेण्डर हुँदै छ । टेण्डरका लागि प्रारम्भिक सूचना प्रकाशित भइसकेको र इच्छुक कम्पनीहरुले आवेदन दिइरहेको जानकारी उनले दिए । 

उक्त प्रसारण लाइन निर्माणपछि रुकुमपश्चिमको भेडाखेतमा निर्माण हुन लागेको २ सय मेवागाटको जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिनेछ । यस्तै रोल्पाको खुंग्री र लुंग्रीमा दुई जलविद्युत आयोजना निर्माणको सम्भाव्यता अध्ययन सकिएको छ । 

उक्त प्रसारण लाइन निर्माणपछि रोल्पा, प्यूठान र दुवै रुकुमका हजारौं सर्वसाधारण दिगो विद्युत सेवाबाट लाभान्वित हुने विश्वास नेपाल विद्युत प्राधिकरणको छ । 

राष्ट्रिय प्रसारण लाइन नजोडिएका कारण रोल्पा र रुकुममा प्यूठानको झिमरुक शव स्टेशनबाट ल्याइएको ३३ केभी प्रसारण लाइनको बिजलुी मात्र उपलब्ध हुँदै आएको थियो । जसका कारण ती क्षेत्रमा मझौला तथा ठूला उद्योग सञ्चालनको सम्भावना थिएन ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE