Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पूर्वऊर्जामन्त्री पुनद्वारा घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण

खबरडबली संवाददाता

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा, जलश्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही–खुंग्री १३२ केभी प्रसारण लाइनको निरीक्षण गरेका छन् । 

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले आइतबार खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र  निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिए । आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । 

आयोजनाका कर्मचारी तथा निर्माण पक्षका प्रतिनिधिसँग पुनले जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र पूर्वविभागीय मन्त्रीका हैसियतले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए । 

‘ऊर्जामन्त्री भएका बेला मैले नै अघि बढाएको योजना भएकोले पनि मेरो यसमा चासो छ’, उनले भने, ‘प्रसारण लाइन निर्माणका क्रममा कुनै समस्या आइपरे मलाई जानकारी गराउन्स्, सबै प्रकारणको सहयोगका लागि तयार छु ।’ 

रोल्पा, रुकुम र प्यूठान हालसम्म पनि केन्द्रीय प्रसारण लाइनमा नजोडिएका कारण उक्त आयोजनाबाट ती तीन जिल्लाले लाभ लिने उनको भनाइ थियो । प्रसारण लाइन निर्माणपछि सो क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लान राष्ट्रिय प्रसारणमा जोडिने र राष्ट्रिय प्रसारणको बिजुली ती जिल्लामा ल्याउन सकिने भएका कारण आयोजना महत्वपूर्ण रहेको पुनले बताए । 

हाल घोराही–खुंग्री १३२ केभीको प्रसारण लाइन निर्माणको काम धमाधम भइरहेको छ । घोराहीदेखि खुंग्रीसम्म ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन्छ । एसियाली विकास बैंकको २ अर्ब लगानीमा निर्माण निर्माण हुन लागेको उक्त प्रसारण लाइनसम्बन्धी निर्माण सम्झौतामा २४ पुस २०७९ मा हस्ताक्षर भएको थियो ।  

भारतीय कम्पनी केइसी इन्टरप्राइजेजले सम्झौताअनुसार १ फागुन ०७९ बाट काम थालेको हो । ३० महिना अर्थात १५ भदौ २०८२ मा प्रसारण लाइन निर्माणको काम सम्पन्न गरी बिजुली चार्ज गर्ने सम्झौतामा उल्लेख छ । हालसम्म १५ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त प्रसारण लाइन आयोजनाका इन्जिनियर प्रदीप खत्रीले जानकारी दिए । रोल्पामा जग्गा अधिग्रहणको काम सकिएको तथा दाङ र प्यूठानको पनि जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएर प्रक्रिया अघि बढेको खत्रीले बताए । 

खुंग्री–बाफीकोट १३२ केभीको ठेक्का सम्झौता हुँदै 

खत्रीका अनुसार ७५ किलोमिटर लामो खुंग्री–बाफीकोट १३२ केभी प्रसारण लाइन निर्माणको पनि छिट्टै टेण्डर हुँदै छ । टेण्डरका लागि प्रारम्भिक सूचना प्रकाशित भइसकेको र इच्छुक कम्पनीहरुले आवेदन दिइरहेको जानकारी उनले दिए । 

उक्त प्रसारण लाइन निर्माणपछि रुकुमपश्चिमको भेडाखेतमा निर्माण हुन लागेको २ सय मेवागाटको जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिनेछ । यस्तै रोल्पाको खुंग्री र लुंग्रीमा दुई जलविद्युत आयोजना निर्माणको सम्भाव्यता अध्ययन सकिएको छ । 

उक्त प्रसारण लाइन निर्माणपछि रोल्पा, प्यूठान र दुवै रुकुमका हजारौं सर्वसाधारण दिगो विद्युत सेवाबाट लाभान्वित हुने विश्वास नेपाल विद्युत प्राधिकरणको छ । 

राष्ट्रिय प्रसारण लाइन नजोडिएका कारण रोल्पा र रुकुममा प्यूठानको झिमरुक शव स्टेशनबाट ल्याइएको ३३ केभी प्रसारण लाइनको बिजलुी मात्र उपलब्ध हुँदै आएको थियो । जसका कारण ती क्षेत्रमा मझौला तथा ठूला उद्योग सञ्चालनको सम्भावना थिएन ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

एनपीएलः लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...

देशभर १५० स्थानीय तह हाकिमविही हुँदा सेवाग्राही मारमा

काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...

मानव अधिकारको संरक्षण र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्न माग गर्दै नागरिक समाजकाे प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...

ताप्लेजुङमा अवैध ६ सय केजी बढी माछा नष्ट

ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...

जेनजी प्रदर्शनमा आयोग जोगाउने सशस्त्र प्रहरी सम्मानित

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी इन्जिनियरको नियुक्ति लिएको आरोपमा मुद्दा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...

एडीबीको ऋण सहयोगमा नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार हुने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...

नेकपाकाे बाँकेको एकता सन्देश सभामा नेपालले सम्बोधन गर्ने

बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending