झापा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन् ।
सहिद सप्ताहको अन्तिम दिन मंगलबार (आज ) झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा जोड दिए।
"हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारमा सम्लग्न व्यक्ति काङ्ग्रेसको नेता हुनैसक्दैन" उनले भने," पार्टीमा गुट महारोग भएको छ,समयसँग चल्ने र नैतिकवान नेतृत्व निर्माण गर्न नसके काङ्ग्रेस थप कमजोर हुनबाट जोगाउन सकिन्न।"
उनले दाजु -भाउजू र दिदीहरुका कारण काङ्ग्रेस बिग्रेको तथा जनताको बन्न नसकेको टिप्पणी गरे। "हिजो बाजेहरुले चलाए जसरी अब पार्टी चल्दैन" आचार्यले भने," हिजो जसरी पार्टी कब्जा गरियो, सदस्यता बाडियो, त्यो बन्द गरिनु पर्छ।"
आवश्यक परे सभापतिको कार्यकाल २ वर्षको बनाउनु पर्ने र सबै ठाउँमा खुल्ला मतदान गर्ने व्यवस्था गर्न सके काङ्ग्रेस रुपान्तरण हुने उनको निष्कर्ष छ। उनले काङ्ग्रेस सुधार्न एबिसीडीको फर्मुला अवलम्बन गर्नु परेमा जोड दिए। नयाँ संकल्प र अठोटले काङ्ग्रेस रुपान्तरित विश्वास व्यक्त गरे।
कार्यक्रम सहिद विश्वनाथ प्रतिष्ठानले आयोजना गरेको हो। बिपी कोइराला, गणेशमान सिंहका विश्वासपात्र तथा बाहुनडाँगीका जनपक्षीय प्रधानपञ्च घिमिरेको २०१९ साल जेठमा तत्कालीन शाही सेना गोली हानेर हत्या गरेकोथियो।
काङ्ग्रेसले चलाएको रणनीति आन्दोलन सरिक घिमिरेले शसस्त्र क्रान्तिमा जुटेका काङ्ग्रेस नेतालाई त्यसबेला हतियार समेत दिएका थिए। मेचीनगर नगरपालिकाले हाम्रो मेचीनगर भन्ने कक्षा -७ को पाठ्यपुस्तकमा विश्वनाथ घिमिरेको जीवनी समेटेको छ।
प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, उपाध्यक्ष नवीन बराल, सचिव निरज घिमिरे, कोशी प्रदेश सांसद गोपाल तामाङ, काङ्ग्रेस कोशी प्रदेश सदस्य शोभा श्रेष्ठ, काङ्ग्रेस प्रचार विभागका केन्द्रीय सदस्य लोकराज ढकाल, झापा १ का काङ्ग्रेस सभापति इन्द्र बुढाथोकी, मेचीनगर सभापति सुवेश पनेरु लगायतले बोलेको कार्यक्रममा प्राध्यापक पुष्पराज पौडेलले घिमिरेको जीवनीका बारेमा प्रष्ट्याएका थिए।
आज झापाका आठ स्थानमा त्यसप्रकारका कार्यक्रम भएका छन्। बिपी कोइरालाको शालीक रहेको स्थान चन्द्रगडीसहित शान्तिनगर, बालुवाडी, खगुरगाछी, अर्जुनधरा, भद्रपुर, कन्काई, लक्ष्मीपुर लगायत स्थानमा कार्यक्रम भएको हो।
सबै वडामा एकैपटक काङ्ग्रेस भन्ने नाराका साथ समुदायमा काङ्ग्रेस अभियान झापामा सहिद दिवसको अवसर पारेर सुरुसमेत गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: