Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

पोखरादेखि पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । लामो समय हिउँदे वर्षा नहुँदा मर्कामा परेका पश्चिम नेपालका बासिन्दाहरुका लागि खुसीको खबर छ । किनकी नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पोखरादेखि पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षा हुने छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेल पश्चिमी वायुको प्रभावले आगामी बिहीबार पश्चिम नेपालमा दिनभर वर्षा हुने सम्भावना रहेको बताए । उनले पोखरादेखि पश्चिममा बिहीबार दिनभर राम्रै वर्षा हुने देखिएको बताए । पश्चिममा शुक्रबार बिहानसम्म पनि वर्षाको सम्भावना रहेको छ भने अन्यत्र हल्का वर्षा हुने सम्भावना  रहेको उनको भनाइ छ ।

पूर्वानुमान मोडेलहरुले पश्चिमी नेपालमा ‘राम्रो वर्षा’ हुने र काठमाडौंमा भने हल्का वर्षा हुने देखाएको पोखरेल बताए । उनले आगामी सोमबारदेखि अर्को नयाँ प्रणालीको प्रभावले पुनः वर्षा गराउने सम्भावना रहेको पनि बताए ।

यद्यपि मौसम पूर्वानुमान गर्ने सबै मोडेलहरुले एकरुपता देखाएका छैनन् । त्यसैले पूर्वानुमान गर्न मौसमविदहरुलाई गाह्रो छ । तर पश्चिम नेपालमा हल्कादेखि मध्यम खालको हिमपात र त्यस्तै खालको वर्षा हुनेमा मौसमविदहरु एकमत छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटी पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना बढी रहेको बताईन् ।सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा र हिमपातको सम्भावना रहेको उनको भनाइ छ । 

कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको उनले बताइन् । पानी पर्दा काठमाडौं उपत्यका वरपरका उच्च भेगमा हल्का हिमपातको सम्भावना हुने उनको भनाइ छ । काठमाडौं उपत्यका र मधेश प्रदेशमा भने वर्षाको खासै सम्भावना नभए पनि छिटपुट मात्र वर्षाको सम्भावना भने रहेको मौसमविद बताउँछन् ।

मौसमविद नगरकोटी लामो समयदेखि हिउँदे वर्षा नहुँदा मारमा परेकाहरुलाई बिहीबारदेखिको वर्षाले राहत हुनसक्ने बताईन् । अहिले मध्यम खालको सिस्टम रहेको र त्यसको प्रभावले हल्कादेखि मध्यम हिमपात र हल्का वर्षा हुने देखिएको नगरकोटीले बताईन् । यसले बालीनालीलाई फाइदा हुने मौसमविद नगरकोटीले बताईन् । 

यो वर्षापछि न्यूनतम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको मौसमविद बताउँछन् । ‘न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्न सक्ने मौसमविदले जनाएका छन् ।  यो प्रणालीले तराई मधेशमा दिउँसोसम्मै लाग्ने हुस्सु पनि छिटो हट्ने बताइएकामे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending