Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पोखरादेखि पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । लामो समय हिउँदे वर्षा नहुँदा मर्कामा परेका पश्चिम नेपालका बासिन्दाहरुका लागि खुसीको खबर छ । किनकी नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पोखरादेखि पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षा हुने छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेल पश्चिमी वायुको प्रभावले आगामी बिहीबार पश्चिम नेपालमा दिनभर वर्षा हुने सम्भावना रहेको बताए । उनले पोखरादेखि पश्चिममा बिहीबार दिनभर राम्रै वर्षा हुने देखिएको बताए । पश्चिममा शुक्रबार बिहानसम्म पनि वर्षाको सम्भावना रहेको छ भने अन्यत्र हल्का वर्षा हुने सम्भावना  रहेको उनको भनाइ छ ।

पूर्वानुमान मोडेलहरुले पश्चिमी नेपालमा ‘राम्रो वर्षा’ हुने र काठमाडौंमा भने हल्का वर्षा हुने देखाएको पोखरेल बताए । उनले आगामी सोमबारदेखि अर्को नयाँ प्रणालीको प्रभावले पुनः वर्षा गराउने सम्भावना रहेको पनि बताए ।

यद्यपि मौसम पूर्वानुमान गर्ने सबै मोडेलहरुले एकरुपता देखाएका छैनन् । त्यसैले पूर्वानुमान गर्न मौसमविदहरुलाई गाह्रो छ । तर पश्चिम नेपालमा हल्कादेखि मध्यम खालको हिमपात र त्यस्तै खालको वर्षा हुनेमा मौसमविदहरु एकमत छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटी पूर्वको तुलनामा पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना बढी रहेको बताईन् ।सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा र हिमपातको सम्भावना रहेको उनको भनाइ छ । 

कोशी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको उनले बताइन् । पानी पर्दा काठमाडौं उपत्यका वरपरका उच्च भेगमा हल्का हिमपातको सम्भावना हुने उनको भनाइ छ । काठमाडौं उपत्यका र मधेश प्रदेशमा भने वर्षाको खासै सम्भावना नभए पनि छिटपुट मात्र वर्षाको सम्भावना भने रहेको मौसमविद बताउँछन् ।

मौसमविद नगरकोटी लामो समयदेखि हिउँदे वर्षा नहुँदा मारमा परेकाहरुलाई बिहीबारदेखिको वर्षाले राहत हुनसक्ने बताईन् । अहिले मध्यम खालको सिस्टम रहेको र त्यसको प्रभावले हल्कादेखि मध्यम हिमपात र हल्का वर्षा हुने देखिएको नगरकोटीले बताईन् । यसले बालीनालीलाई फाइदा हुने मौसमविद नगरकोटीले बताईन् । 

यो वर्षापछि न्यूनतम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको मौसमविद बताउँछन् । ‘न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्न सक्ने मौसमविदले जनाएका छन् ।  यो प्रणालीले तराई मधेशमा दिउँसोसम्मै लाग्ने हुस्सु पनि छिटो हट्ने बताइएकामे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending