Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

शहिदहरूकाे अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने हाम्राे दाइत्व हाेः प्रधानमन्त्री प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । 

शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन  ।  उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको  स्मरण र सम्मान ब्यक्त गरेका छन ।

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।”

प्रजातन्त्र स्थापना सँगै प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आइएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकार यादव मृत्यु शंकास्पद, ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा १५ दिन अघि नै दिएका थिए निवेदन

जनकपुर ।  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवको दुर्घटना शंकास्पद देखिएको छ । गत वैशाख ११ गते रेडियो धनुषाधामका सञ्चालक समेत रहेका...

घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटनाहुँदा दुई युवाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई मध्यराति घरमा ...

मैथलीफिल्म ‘लेबर’ घोषणा

काठमाडौं ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक  पुर्णे...

धादिङमा भएको आगलागीमा वृद्ध दम्पतीको मृत्यु, गोरखामा ६ घरगोठ जले

काठमाडाैं। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।  गएराति ७० वर्षीय ते...

डा. आयुष्नोभाको पोल्टामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’को ताज

काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ घोषित भएकी छन् । बुधबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस ...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि...

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।  सवारी साधन सञ्चालन गर्न मिल्न...

मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयार...

आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धा...

गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । पिछल्लो समय रामेछापको सदरमुकाम मन्थली, रामेछाप बजार र आसपासका क्षेत्रमा जुनारको जुसको बिक्री बढेको छ ।  गर्मी बढेसँगै रामेछापमा जुनारको जुस ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies