काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई अभिव्यक्ति सच्याउन भन्दै चेतावनी दिएको छ ।
शाहीले एक कार्यक्रममा नेकपाका नेताहरुका विरुद्ध बोलेको भन्दै प्रकाण्डले एक विज्ञप्तिमार्फत उक्त अभिव्यक्ति सच्याउँदै जनतामाझ माफी माग्न भनेका हुन् ।
अभिव्यक्ति नसच्याए त्यसबाट उत्पन्न हुने परिस्थितिको गम्भीर परिणाम भोग्न तयार हुन पनि विज्ञप्तिमार्फत भनिएको छ । साथै, तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग २०७७ फागुन २१ गते वार्ता भई भएको ३ बुँदे सहमति कार्यान्वन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
तीन बुँदे सहमतिको मर्मअनुसार नेकपा राष्ट्रिय राजनीतिमा क्रियाशील रहेको उल्लेख छ । तीन बुँदे सहमति गरेको झण्डै ३ वर्ष पुग्न लाग्दा पनि राज्यले त्यसको कार्यान्वयन नगर्नु र गर्न नदिनुले दलालहरुले सहमति भंग गर्न खोजेर अशान्ति र द्वन्द मच्चाउन चाहेको विज्ञप्तिमा उल्लेख छ ।
‘पक्राउ पुर्जी आएको मान्छे प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिडेका छन’ भन्ने ज्ञानेन्द्र शाहीको अभिव्यक्ती सहमति भङ्ग गर्ने, अराजकता मच्चाउने, देशलाई द्वन्द्वतिर धकेल्ने र वर्तमान सङ्कटग्रस्त अवस्थाबाट देशलाई नेपाली जनताको समाजवादी व्यवस्थामा लगेर क्रान्तिकारी समाधान दिनबाट रोक्ने ज्ञानेन्द्र शाहीको नाङ्गो दलाल, अराजक, द्वन्द्वपिपाशु र प्रतिगामी अभिव्यक्ति भएको ठहर गर्दै, यसलाई तुरुन्तै फिर्ता लिएर आम जनतामाझ माफी माग्न ज्ञानेन्द्र शाहीलाई हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ । यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाईएन भने त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाहीनै हुने कुरासमेत हाम्रो पार्टी स्पष्ट गर्दछ,’– विज्ञप्तिमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: