पाँचथर । अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् ।
कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उनकी श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेकी हुन् ।
विद्यालयमा हाल कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अक्षयकोषको ब्याजबाट माथिल्ला कक्षामा समेत अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन तथा शैक्षिक गुणस्तर सुधार गर्न खड्का दम्पतीले अक्षयकोष स्थापना गरेका हुन् । मातापिताको स्मृतिमा ‘खड्ग पद्म खड्का स्मृति अक्षयकोष’ स्थापना गरिएको हो ।
कतिपय अभिभावकले आफ्ना बालबालिकालाई कक्षा चारदेखि अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा भर्ना गर्ने गरेका छन् । यसलाई रोक्न अक्षयकोष स्थापना गरिएको पूर्वप्रअ खड्काले बताए । “जनशक्ति अभावले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकेको छैन् । अक्षयकोषबाट यसका लागि मद्दत पुग्छ”, उनले भने ।
झण्डै ३७ वर्ष शिक्षण पेशा गरेका एगेन्द्रबहादुरले गत वैशाख १ गते उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् । त्यसयता उनकै श्रीमती गीता खड्काले विद्यालयको प्रअ बनेर जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । खड्का दम्पतीले स्थापना गर्नुभएको अक्षयकोष विद्यालयसँगको समझदारीअनुरुप अङ्ग्रेजी माध्यमको विस्तार तथा शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च हुनेछ । उनीहरुको अक्षयकोषमा पाँच लाख जम्मा गर्ने लक्ष्य छ ।
“मावि (कक्षा ९–१०) तहमा एउटा दरबन्दी मात्र छ । एक स्वयम्सेवक शिक्षक हुनुहुन्छ । निमावि र प्रावि तहमा पनि आवश्यकताअनुसार दरबन्दी छैन”, पूर्वप्रअ खड्काले भने, “विगतमा अभिभावकबाट चन्दा उठाएर विद्यालयको वृत्तिविकासमा लगानी गरेका थियौँ । सोही कुरा सम्झेर अरुलाई उत्प्रेरित गर्न अक्षयकोष स्थापना गरेका हौँ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर पौडेलले सरकारले उपलब्ध गराउनेबाहेक आम्दानीको स्रोत नहुँदा शैक्षिक गुणस्तर सुधार्न नसकिएपछि अभिभावक तथा सरकोरवालालाई विद्यालयमा थप लगानी गर्न अनुरोध गरिएको बताए । उनले पनि एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्दै आएका छन् ।
पौडेल परिवारले खम्बसिंह पौडेल स्मृति अक्षयकोष स्थापना गरेपछि अर्का अभिभावक वसन्त चाम्लिङले एक लाख आठ हजारको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा स्थायी, राहत, स्वयम्सेवकलगायत दरबन्दीका १२ तथा निजी स्रोतका एक शिक्षक कार्यरत छन् । उपलब्ध जनशक्तिबाट अङ्ग्रेजी माध्यममा पठनपाठन विस्तार गर्न विद्यालयले नसकिरहेको प्रअ खड्काको भनाइ छ । विसं २०१८ मा स्थापना भई ०६६ सालबाट माध्यमिक तहमा विस्तार भएको उक्त विद्यालयमा हाल १४२ विद्यार्थी अध्ययनरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: