Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

दाेस्राे भेटमा पनि शारीरिक सम्बन्ध राख्न नमान्दा महिलाको हत्या

खबरडबली संवाददाता

झापा । झापाको बिर्तामोड–५ बस्ने ५० बर्षीया माया पुलामी मगरको अबैध यौनसम्वन्धका कारण हत्या भएको खुलेको छ । एक साताअघि पुलामीको अर्जुनधारा–६ बिहानीटोलस्थित वीग ब्रोदर ब्याडमिन्टन कबर्डहलको गेटछेउमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–८ गरामनी घर भई हाल बिर्तामोड–५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेसँगै महिलाको हत्या अवैध यौन सम्बन्धका कारण भएको खुलेको हो । आइतवार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरी पुलामीको हत्यामा संलग्न प्रसाईलाई सार्वजनिक गर्दै घटनाका विषयमा प्रहरीले जानकारी गराएको हो । पुलामीको हत्या गत माघ ८ गते भएको थियो । मृतक पुलामीसँग प्रसाईको चिनजान माघ ६ गते मात्रै भएको थियो ।

मृतक पुलामीलाई उनकी साथी ऐनु राईले बिर्तामोडस्थित पश्चिम बसस्टयाण्डमा चिनजान गराई प्रसाई र पुलामीबीच शारीरिक सम्बन्ध राख्न सहमत गराएकी थिइन् । त्यस लगत्तै प्रसाईले पुलामीलाई आफ्नो डेरामा लगी निर्माणाधीन घरको दोस्रो तलामा एकपटक शारीरिक सम्बन्ध राखेको र पुनः भेट्ने सहमति समेत भएको प्रसाईले बयान दिएको बताइएको छ ।

माघ ७ गते प्रसाईले खोज्दै जाँदा अर्जुनधारा–६ स्थित पुल चोक नजिकै पुलामीसँग भेटघाट भई गफगाफ शुरु भएको थियो । गफ गर्दै उनीहरु ब्याडमिन्टन खेल्ने कवर्ड हल छेउमा आएर बसेर कुराकानी गरेका थिए । कुराकानीकै क्रममा प्रसाईले पुलामी मगरसँग विवाह गर्ने प्रस्ताव समेत राखेको अनुसन्धानमा खुलेको छ ।

विवाह गर्ने प्रस्ताव गरेका प्रसाईले सो दिन पनि पुलामी मगरसँग शारीरिक सम्बन्ध राख्ने प्रस्तावसहित कोठामा लाने प्रस्ताव गरेका थिए । त्यसक्रममा पुलामी मगरले प्रसाईको प्रस्ताव अस्वीकार गर्दै दाहिने आँखामा हातले हानेपछि प्रसाईले पुलामी मगरलाई मार्ने नियत राखेर ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

मादक पदार्थ समेत सेवन गरेका प्रसाईले पुलामी मगरलाई टाउकोमा पटक–पटक ढुङ्गा प्रहार गरी हत्या गरेर कबर्ड हलको छेउमा छाडेर भागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न प्रसाई अविवाहित रहेको र उनी भारतको आसामस्थित डिब्रुगढमा १७ वर्ष काम गरी २०७२ सालमा झाापाको बिर्तामोडमा फर्किएर हर्कलाल मार्गस्थित दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थाई रुपमा बसोबास गर्दै आएका थिए ।

घटनामा संलग्न प्रसाईलाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । मादक पदार्थ सेवन गरेका प्रसाईले पुलामीसंग शारीरिक सम्बन्ध राख्न नमान्दा उनको हत्या गरेको प्रहरीको भनाई छ । स्रोत भन्छ– प्रसाईले पहिलो पटक सम्पर्क राखेको रकम पनि नदिएको र दोस्रो पटक पनि पैसा नदिई यौन सम्पर्क गर्न जबरजस्ती गर्न खोजेपछि उनले प्रतिकार गरेको र रक्सी सेवन गरेका उनले ढुङ्गा प्रहार गरेर हत्या गरे ।

इलाका प्रहरी कार्याालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र कोशी प्रदेश प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेको थियो । घटनाका क्रममा मृतक पुलामीका तीन जना श्रीमान रहेको र हाल कान्छो श्रीमानसँग पनि पारिवारिक खट्पट भएका कारण केही समय अघिदेखि छोराबुहारीको घरमा बसोबास गर्दै आएकी थिइन् । मृतक पुलामी मगरको आचारण बुझ्दा उनी मादक पदार्थ सेवन गर्ने र गाउँघरमा रहेकाहरुको घरायसी काम गर्दै हिँड्ने बुझिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रसाईले हत्यामा प्रयोग गरेको आठ इञ्च लम्वाई र ६ इञ्च चौडाई भएको रगत लागेको ढुङ्गा समेत बरामद भएको छ । मृतकले लगाएको स्वीटरबाट नेपाली दरका २० रुपैयाँका नोट तीन थान, १० रुपैयाँ दरका नोट ५ थान र ५ रुपैयाँ दरका नोट ५ थान बरामद भएको प्रहरीले जनाएको छ ।

मृतक मगरको माइती इलाम माई नगरपालिका–१ महमाई कलकत्ते रहेको प्रहरीले जनाएको छ । पुलामी मगरको हत्यामा संलग्न प्रसाईलाई प्रहरी निरीक्षक नरेश लिम्बू र कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी सहायक निरीक्षक ज्ञानु खड्काको नेतृत्वमा रहेको अनुसन्धान टोलीको निष्कर्षपछि माघ १३ गते बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending