Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

दाेस्राे भेटमा पनि शारीरिक सम्बन्ध राख्न नमान्दा महिलाको हत्या

खबरडबली संवाददाता

झापा । झापाको बिर्तामोड–५ बस्ने ५० बर्षीया माया पुलामी मगरको अबैध यौनसम्वन्धका कारण हत्या भएको खुलेको छ । एक साताअघि पुलामीको अर्जुनधारा–६ बिहानीटोलस्थित वीग ब्रोदर ब्याडमिन्टन कबर्डहलको गेटछेउमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–८ गरामनी घर भई हाल बिर्तामोड–५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेसँगै महिलाको हत्या अवैध यौन सम्बन्धका कारण भएको खुलेको हो । आइतवार इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरी पुलामीको हत्यामा संलग्न प्रसाईलाई सार्वजनिक गर्दै घटनाका विषयमा प्रहरीले जानकारी गराएको हो । पुलामीको हत्या गत माघ ८ गते भएको थियो । मृतक पुलामीसँग प्रसाईको चिनजान माघ ६ गते मात्रै भएको थियो ।

मृतक पुलामीलाई उनकी साथी ऐनु राईले बिर्तामोडस्थित पश्चिम बसस्टयाण्डमा चिनजान गराई प्रसाई र पुलामीबीच शारीरिक सम्बन्ध राख्न सहमत गराएकी थिइन् । त्यस लगत्तै प्रसाईले पुलामीलाई आफ्नो डेरामा लगी निर्माणाधीन घरको दोस्रो तलामा एकपटक शारीरिक सम्बन्ध राखेको र पुनः भेट्ने सहमति समेत भएको प्रसाईले बयान दिएको बताइएको छ ।

माघ ७ गते प्रसाईले खोज्दै जाँदा अर्जुनधारा–६ स्थित पुल चोक नजिकै पुलामीसँग भेटघाट भई गफगाफ शुरु भएको थियो । गफ गर्दै उनीहरु ब्याडमिन्टन खेल्ने कवर्ड हल छेउमा आएर बसेर कुराकानी गरेका थिए । कुराकानीकै क्रममा प्रसाईले पुलामी मगरसँग विवाह गर्ने प्रस्ताव समेत राखेको अनुसन्धानमा खुलेको छ ।

विवाह गर्ने प्रस्ताव गरेका प्रसाईले सो दिन पनि पुलामी मगरसँग शारीरिक सम्बन्ध राख्ने प्रस्तावसहित कोठामा लाने प्रस्ताव गरेका थिए । त्यसक्रममा पुलामी मगरले प्रसाईको प्रस्ताव अस्वीकार गर्दै दाहिने आँखामा हातले हानेपछि प्रसाईले पुलामी मगरलाई मार्ने नियत राखेर ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।

मादक पदार्थ समेत सेवन गरेका प्रसाईले पुलामी मगरलाई टाउकोमा पटक–पटक ढुङ्गा प्रहार गरी हत्या गरेर कबर्ड हलको छेउमा छाडेर भागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न प्रसाई अविवाहित रहेको र उनी भारतको आसामस्थित डिब्रुगढमा १७ वर्ष काम गरी २०७२ सालमा झाापाको बिर्तामोडमा फर्किएर हर्कलाल मार्गस्थित दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थाई रुपमा बसोबास गर्दै आएका थिए ।

घटनामा संलग्न प्रसाईलाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । मादक पदार्थ सेवन गरेका प्रसाईले पुलामीसंग शारीरिक सम्बन्ध राख्न नमान्दा उनको हत्या गरेको प्रहरीको भनाई छ । स्रोत भन्छ– प्रसाईले पहिलो पटक सम्पर्क राखेको रकम पनि नदिएको र दोस्रो पटक पनि पैसा नदिई यौन सम्पर्क गर्न जबरजस्ती गर्न खोजेपछि उनले प्रतिकार गरेको र रक्सी सेवन गरेका उनले ढुङ्गा प्रहार गरेर हत्या गरे ।

इलाका प्रहरी कार्याालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र कोशी प्रदेश प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेको थियो । घटनाका क्रममा मृतक पुलामीका तीन जना श्रीमान रहेको र हाल कान्छो श्रीमानसँग पनि पारिवारिक खट्पट भएका कारण केही समय अघिदेखि छोराबुहारीको घरमा बसोबास गर्दै आएकी थिइन् । मृतक पुलामी मगरको आचारण बुझ्दा उनी मादक पदार्थ सेवन गर्ने र गाउँघरमा रहेकाहरुको घरायसी काम गर्दै हिँड्ने बुझिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रसाईले हत्यामा प्रयोग गरेको आठ इञ्च लम्वाई र ६ इञ्च चौडाई भएको रगत लागेको ढुङ्गा समेत बरामद भएको छ । मृतकले लगाएको स्वीटरबाट नेपाली दरका २० रुपैयाँका नोट तीन थान, १० रुपैयाँ दरका नोट ५ थान र ५ रुपैयाँ दरका नोट ५ थान बरामद भएको प्रहरीले जनाएको छ ।

मृतक मगरको माइती इलाम माई नगरपालिका–१ महमाई कलकत्ते रहेको प्रहरीले जनाएको छ । पुलामी मगरको हत्यामा संलग्न प्रसाईलाई प्रहरी निरीक्षक नरेश लिम्बू र कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्रहरी सहायक निरीक्षक ज्ञानु खड्काको नेतृत्वमा रहेको अनुसन्धान टोलीको निष्कर्षपछि माघ १३ गते बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending