सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकै दिन ६ वटा पुस्तकालय उद्घाटन भएको छ । गाउँपालिकाका ६ वटा सामुदायिक बिद्यालयमा स्थापना गरिएका बालमैत्री पुस्तकालयको आइतबार एकसाथ उद्घाटन भएको हो ।
गाउँपालिका र दलित बिकास समाज, रुम टु रिडको साझेदारिमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत विद्यालयहरुमा पुस्तकालय उद्घाटन गरिएको हो । प्रारम्भिक कक्षाका बालबालिकाहरुको पढ्ने सीप र पढ्ने बानीको बिकास गर्नका लागि भन्दै छत्रेश्वरी १ को भानुभक्त मावि दमाचौर, लक्ष्मी आधारभुत विद्यालय जलेखर्क, वडा नम्बर ३ को जानकारी मावि दोहली, गोरखनाथ आवि सान्नानचौर, वडा नम्बर ४ को सिद्धेश्वरी आवि चौरपाटा र खडगनाथ आवि झंखानीमा एकै दिन बालमैत्री पुस्तकालय उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरी ४ स्थित सिद्धेश्वरी आवि चौरपाटामा पुस्तकालय उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बालबालिकाको पढ्ने बानीको बिकास गर्नका लागि पुस्तकालयले महत्वपूर्ण टेवा पुर्याउने बिश्वास व्यक्त गरे ।
बालबालिकाहरूमा पढ्ने बानीको सुधार भएन भने उनीहरूको पढाइप्रति रूचि, चाहना, इच्छा नहुने भन्दै उनले बालबालिकाको पढ्ने बानीको सुधार गर्न पुस्तकालयको उपयोग गर्नुपर्नेमा जोड दिए ।
वडा नम्बर ३ को जानकारी मावि दोहलीमा पुस्तकालय उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले वालवालिकालाई विद्यालयमा जाने वातावरण बन्नुपर्ने भन्दै वालवालिकाको सुन्दर भविष्य निर्माणका लागि सबै लाग्नुपर्ने बताइन् ।
कुनै पनि बालवालिकाले १० वर्षभित्र साधारण साक्षरता सीप सिक्न नसकेमा उसको जीन्दगी गरिवीको रेखामुनी रहने भएकाले बालवालिकालाई आफ्नो स्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको विकास गर्न, पढ्ने सीप र बानीको विकास गरी स्वतन्त्र पाठक बनाउन पुस्तकालयको स्थापना गरिएको साक्षरता कार्यक्रम सल्यानका सिनियर कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए ।
एक पुस्तकालयमा ७०० देखि ८०० को संख्यामा बाल पुस्तक राखिएको र प्रतेक वर्ष पुस्तकको सन्ख्या बढ्दै जाने उनले बताए । बालमैत्री पुस्तकालयमा प्रारम्भिक तहका बालबालिकाको इच्छा, चाहना, रूचि र तहअनुसारका कथा, विषयवस्तु, विधा, सामाजिक अवस्था, जीवनोपयोगी सीप र विषयवस्तु समेटिएका पुस्तकहरु राखिएको र पुस्तकालयको रेखदेख र व्यवस्थापनमा जोड दिइने गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: