Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

पोखरामा रोकिएन ट्याक्सीको मनोमानी

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उनि विरौटाबाट ट्याक्सी चढे ।  

नदीपुरस्थित प्रदेशसभा भवन नजिक ओर्लेका प्रदेशसभा सदस्य अर्याललाई ट्याक्सी चालकले रु पाँच सय भाडा मागे । ट्याक्सीमा आवतजावत गर्नुपर्दा सधैँ रु चार सय तिरिरहेका उनि ट्याक्सी चालकले भनेजति भाडा दिन तयार भएनन् । 

प्रदेशसभा सदस्य अर्यालले आफू सधैँ रु चार सय तिरेर विरौटाबाट आउने गरेको बताएपछि ट्याक्सी चालक त्यति नै भाडा लिन राजी भए । नदीपुरबाट फर्के । यसरी प्रदेशसभा सदस्य अर्याल ट्याक्सी भाडामा ठगिनबाट जोगिए । 

प्रदेशसभाको अर्थ तथा विकास समितिले पोखरामा चल्ने ट्याक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको प्रसङ्गमा समितिका सभापति अर्यालले आफ्नै ताजा दृष्टान्त उक्त कार्यक्रममा सुनाए । 

गत भदौदेखि पोखरा उपत्यकाभित्र मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गरे पनि ट्याक्सी चालकको मनलाग्दी भाडा लिने प्रवृत्ति अझै नरोकिएको उनले बताए । “मिटर प्रणालीको कुरा गरेको भए ट्याक्सी चालकसँग वादविवाद हुनसक्थ्यो, उनले रु पाँच सय मागे पनि मैले सधैँ तिर्ने गरेको रु चार सय तिरेर हिँडे”, सभापति अर्यालले भने, “पोखरामा ट्याक्सी भाडाको समस्या पहिलेदेखि कै हो, यो अझै समाधान हुन सकेको छैन, ट्याक्सी व्यवसायमा एकाधिकारजस्तो अवस्था छ ।” 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले यातायात व्यवस्था मन्त्रालयलाई विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको उनले बताए । 

समितिले अबदेखि ट्याक्सीलगायत यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले गरेका कामकारबाहीको प्रभावकारी अनुगमनसमेत गर्ने सभापति अर्यालले बताए । “समितिले सरकार र सम्बन्धित मन्त्रालयलाई निर्देशन मात्र होइन, निर्देशन कार्यान्वयनका लागि दबाव दिन्छ, अनुगमन पनि गर्छ”, उनले भने । 

ट्याक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रीसँग भेटेर पटकपटक छलफल गरेको सभापति अर्यालले बताए । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार मिटर प्रणालीमा गुड्न तयार भएका ट्याक्सी व्यवसायीले सरकारसँग भएको सहमति उल्लङ्घन गर्दै आएका छन् । 

विसं २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यसअघि मिटरमा नचलेका ट्याक्सी गत भदौ १ गतेदेखि मिटरमा सञ्चालन गर्ने दुईपक्षीय निर्णय भएको थियो । यातायात व्यवस्था मन्त्रालयसँगको छलफलमा ट्याक्सी व्यवसायीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धता जनाएका थिए । 

उक्त छलफलका क्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको तर सरकारले ट्याक्सी व्यवसायीको मर्का बुझिदिनुपर्ने बताएका थिए । ट्याक्सी व्यवसायीले बजार महँगी र इन्धनको मूल्यवृद्धिका आधारमा नयाँ भाडादर समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।

दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमिको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) रु ८० र त्यपछि प्रति दुई सय मिटरको रु १० तोकिएको छ । पन्ध्र किमिभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो । मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताए । 

उनले अनुगमनका क्रममा मिटर प्रणालीमा नचलेको पाइएका ट्याक्सी चालकलाई कारबाहीसमेत गरिएको बताए । ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिरहेको गुनासो अहिले पनि आइरहेको महाशाखा प्रमुख पौडेलको भनाइ थियो । प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको उनले बताए । 

प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जिपिएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोशाक हुनुपर्नेलगायत उल्लेख छ । यी कुनै पनि शर्त ट्याक्सी व्यवसायीले लागू गर्न सकेका छैनन् । मिटर प्रणालीमा नचल्ने ट्याक्सीको जरिवाना रकमसमेत पहिलेको तुलनामा बढाइएको यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । 

सुरुमा न्यूनतम रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकामा पछिल्लो समय न्यूनतम जरिवाना रु पाँच हजार पुर्‍याउने निर्णय गरिएको छ । मिटर प्रणालीमा चलाउने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE