Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

त्रिभुवन विश्वविद्यालयको आईटी कोर्स (बिसीए): नेपालमै छैन मान्यता

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसले आईटी कोर्स भनेर पढाउने सेमेस्टर प्रणालीको बिसीएलाई नेपालकै सरकारी बैंकहरुले मान्यता नदिएको पाईएको छ। क्याम्पसहरूले आईटी कोर्स भनेर प्रचार गरे पनि नेपाल राष्ट्र बैंकमा आवेदन दिदा उक्त कोर्सलाई मान्यता नदिएपछि यसको सच्चाइ बाहिर आएको हो।

२०७४ सालदेखि सुरु भएको उक्त कोर्सको नाम ब्याचलर इन कम्प्युटर एप्लिकेसन रहे पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी तथा सामाजिक शास्त्र संकाय भित्र राखेको हुदा देश तथा विदेशमा आईटीको मान्यता नपाएको जानकारहरु बताउँछन । ४ बर्षे भनिने उक्त कोर्स सकिन ६ बर्ष सम्म लाग्ने गरेको छ। यो सुरु भएको धेरै बर्ष नभएको र २०७४ सालमा भर्ना भएकाहरुको नतिजा आएको पनि धेरै नभएको कारण यसको कमी कमजोरीहरु बाहिरिएको थिएन। पहिलो ब्याचको विद्यार्थीले बैंकको जागिरको लागि आवेदन दिदा यो कोर्सले मान्यता नदिए पछि यो तथ्य बाहिरिएको हो।

अन्य विश्वविद्यालयहरुले विज्ञान वा इन्जिनियरिङ संकायमा राखेको बिसीएलाई त्रिभुवन विश्वविद्यालयले भने मानविकी तथा सामाजिक शास्त्र भित्र राखेको छ। नेपालका विभिन्न सरकारी संस्थाले जागिर खोल्दा कम्प्युटर इन्जिनियर वा सो सरहको कम्प्युटर विषय लिई उत्तीर्ण गरेको हुनु पर्ने भनेर विज्ञापन खुलाउँदा अन्य विश्वविद्यालयका बिसीए उत्तीर्ण विद्यार्थीहरुले आवेदन दिन पाउछन् भने त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पाउदैनन । लाखौ खर्च गरेर पनि जागिर खानको लागि आवेदन दिन नपाउँदा विद्यार्थीहरु चिन्तित छन् ।

त्यसो त यो पाठ्यक्रमलाई राम्रो बनाउन कसैको ध्यान गएको छैन। आईटी कोर्ष भनेपनि पाठ्यक्रम भने ९० दशकको छ। विश्वविद्यालयले पनि पाठ्यक्रम राम्रो बनाएर विद्यार्थी बढाएर आम्दानी बढाउनु भन्दा पनि प्रश्नपत्र गाह्रो बनाएर बढी विद्यार्थी फेल गराएर पुन परिक्षा गराएर आम्दानी बढाउन तिर लागेको छ । नेपालकै सबै भन्दा ठुलो विश्वविद्यालयले लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको छ।

सबै विषय आईटी संग सम्बन्धित रहेको हुदा उक्त कोर्सलाई विज्ञान तथा प्रविधि संकायमा सार्नु पर्छ । यसको लागि न त कुनै विद्यार्थी संगठनले पहल गर्छन न त विश्वविद्यालय आफैले पहल गर्छ। जागिर खान नमिल्ने कोर्सलाई कि त विश्वविद्यालयले खारेज नै गर्नु पर्छ हैन भने प्रमाण पत्रमा मानविकी तथा सामाजिक शास्त्र भनेर उल्लेख गर्नु हुदैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies