Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

माओवादी निकट पर्यटन व्यवसायी संगठनको अधिवेशन, मन्त्री किरातीको आलोचना

खबरडबली संवाददाता

काठमाडौं । सत्तासिन नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको आलोचना भएको छ । शनिबार राजधानीमा भएको सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सोहि पार्टीबाटै प्रतिनिधित्व गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराती कार्य सम्पादन भन्दा पनि स्टन्टबाजी ज्यादा भएको आरोपसमेत वक्ताहरुले लगाएका हुन् ।

संगठनकाे अधिवेशनको सो पार्टीकी उपाध्यक्ष पम्फा भूषालले पानसमा बत्ति बालेर उद्घाटन गरेकी थिइन् ।  भुषालले अधिवेशनलाई सम्बोधन गर्दै देशको विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रबद्र्धनका लागि राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिईन् । सो कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी भूषालले कोरोना कालमा सबैभन्दा बढी मारमा परेको पर्यटन अझै पनि उठ्न नसकेकोले आफ्नै पार्टीका नेताको नेतृत्वमा मन्त्रालयले पार्टी र सरोकारवालाको सूझाव अनुसार कार्य गर्नु पर्ने धारणा राखिन् । 
नेपाल उद्योग व्यापार महासंघका इन्चार्ज टेक बहादुर बस्नेतले अधिवेशनमा बोल्ने सम्पूर्ण वक्ताहरुका सुझावहरु निकै नै अनुशरणिय रहेकाले वर्तमान सरकारले आत्मसाथ गरेर यस पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले आफ्नो पार्टीका नेता सुदन किराती पर्यटन मन्त्री भए पनि सो क्षेत्र लथालिङ्ग हुनु दुर्भाग्य भएको बताए । आफूहरुले मन्त्री किरातीसँग धेरै विषयमा छलफल गर्न खोज्दा पनि नसुनेको गुनासो गर्दै भने,“हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने कुनै पनि मन्त्रीले कुरा नसुनेपछि प्रधानमन्त्री प्रचण्डलाई आन्दोलन गर्ने चेतावनी समेत दिएका छौं ।”

सो संगठनका संयोजक नवराज दाहालले नेपालको पर्यटनको विकासका लागि वर्तमान समय अनुसार गुरुयोजना बनाउनु पर्नेमा जोड दिएका छन् । अधिवेशनको अध्यक्षतासमेत गरेका दाहालले नेपाल पर्यटन बोर्डलाई समग्र पर्यटनको प्रबद्र्धन र सम्बद्र्धनको जिम्मा भए पनि ‘सेतो हात्ती’ जस्तै भएको आरोप लगाएका छन् । ‘हाम्रो मन्त्री हुनुहुन्छ सुन्नु भएको छैन तर पनि हामी सुनाउने प्रयासमा छौं’ उनले थपे ।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले वर्तमान मन्त्री किराती आवश्यक काम भन्दा सस्तो लोकप्रियताको लागि मेडियाबाजीमा रुमलिएको आरोप लगाए ।

महतले पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गर्न सकिने भएपनि खासै काम हुन नसक्नु दुर्भाग्य भएको भन्दै चिन्ता व्यक्त गरे । विगतमा विश्वका विभिन्न शहरहरुमा उड्ने नेपाली ध्वजावहाक हवाईजहाज अहिले कालो सूचि रहेको बताउँदै भने,“मन्त्रीले कालो सूचिबाट हटाउँछु भन्ने तर हट्दैन यसमा कस्को दोष छ, उत्तर खोजौं । 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले जो–जो जहाँ वा जुन पार्टी विचारका भएपनि देशको आर्थिक तथा विकासको मेरुदण्ड पर्यटन क्षेत्रको विकासका लागि पूर्वाग्रहरहित भएर लाग्नु पर्ने बताए ।

नेपाल उद्योग महासंघका अध्यक्ष ज्योति अधिकारीले कोरोना जस्तो महाविपत्तिमा पनि टिकेर देशमै केहि गरौं भन्ने पर्यटन व्यवसायी प्रति राज्य उदासिन रहेको बताउँदै भने,“अब ढिला भइसक्यो कहाँ कसरी कसलाई दबाब दिने हो दिउँ, तर छिटो गरौं ।”

नेपाल राट्रिष्य पर्यटन व्यवसायी संगठनका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले पर्यटन मन्त्री आयोजक संगठनको माउपार्टीको भएकाले उनलाई सहि बाटो देखाउने काम पनि उसैको भएको बताए । ‘प्रधानमन्त्री र पर्यटन मन्त्री तपाईहरुकै हुनुहुन्छ हल गर्नुस नभए हामी कहाँ कसरी हुन्छ साथ दिन्छौं’ सापकोटाले थपे ।

पर्यटन मन्त्री किराती नीतिगत तथा दीर्घकालिन् सुधारमा भन्दा हल्लाखल्लामा लागेको आरोप लगाउँदै उनले भने,“मन्त्रीज्यू सेलिब्रेटी होइन जनताको रगत पसिनाको कर खाएर देश बनाउने कुरामा सिरियस बन्नु पर्यो, उहाँको स्टन्टबाजीलाई रोक्नु पर्यो ।”

राष्ट्रिय उड्डयन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष कुमार थापा, रास्वपा निकट केन्द्रीय उत्पादन तथा प्रवर्धन विभागका सदस्य सुदर्शन न्यौपाने लगायतले आयोजक संगठनलाई उचित र प्रभावशाली नेतृत्व चयनका लागि शुभकामना दिए ।

संगठनका राजकुमार बस्नेतले सञ्चालन गरेको अधिवेशन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले नेपाल एयरलाइन्स बन्द हुने अवस्थामा रहेको, सम्भावना बोकेको पर्यटन क्षेत्रमा उल्लेखनिय कार्य नगरि खर्चमात्रै बढाएकोले त्यसलाई रोके र निकास दिन आयोजक संगठनले पहल लिन सुझाव दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending