Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

माओवादी निकट पर्यटन व्यवसायी संगठनको अधिवेशन, मन्त्री किरातीको आलोचना

खबरडबली संवाददाता

काठमाडौं । सत्तासिन नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको आलोचना भएको छ । शनिबार राजधानीमा भएको सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सोहि पार्टीबाटै प्रतिनिधित्व गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराती कार्य सम्पादन भन्दा पनि स्टन्टबाजी ज्यादा भएको आरोपसमेत वक्ताहरुले लगाएका हुन् ।

संगठनकाे अधिवेशनको सो पार्टीकी उपाध्यक्ष पम्फा भूषालले पानसमा बत्ति बालेर उद्घाटन गरेकी थिइन् ।  भुषालले अधिवेशनलाई सम्बोधन गर्दै देशको विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रबद्र्धनका लागि राज्यले विशेष ध्यान दिनु पर्नेमा जोड दिईन् । सो कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी भूषालले कोरोना कालमा सबैभन्दा बढी मारमा परेको पर्यटन अझै पनि उठ्न नसकेकोले आफ्नै पार्टीका नेताको नेतृत्वमा मन्त्रालयले पार्टी र सरोकारवालाको सूझाव अनुसार कार्य गर्नु पर्ने धारणा राखिन् । 
नेपाल उद्योग व्यापार महासंघका इन्चार्ज टेक बहादुर बस्नेतले अधिवेशनमा बोल्ने सम्पूर्ण वक्ताहरुका सुझावहरु निकै नै अनुशरणिय रहेकाले वर्तमान सरकारले आत्मसाथ गरेर यस पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले आफ्नो पार्टीका नेता सुदन किराती पर्यटन मन्त्री भए पनि सो क्षेत्र लथालिङ्ग हुनु दुर्भाग्य भएको बताए । आफूहरुले मन्त्री किरातीसँग धेरै विषयमा छलफल गर्न खोज्दा पनि नसुनेको गुनासो गर्दै भने,“हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने कुनै पनि मन्त्रीले कुरा नसुनेपछि प्रधानमन्त्री प्रचण्डलाई आन्दोलन गर्ने चेतावनी समेत दिएका छौं ।”

सो संगठनका संयोजक नवराज दाहालले नेपालको पर्यटनको विकासका लागि वर्तमान समय अनुसार गुरुयोजना बनाउनु पर्नेमा जोड दिएका छन् । अधिवेशनको अध्यक्षतासमेत गरेका दाहालले नेपाल पर्यटन बोर्डलाई समग्र पर्यटनको प्रबद्र्धन र सम्बद्र्धनको जिम्मा भए पनि ‘सेतो हात्ती’ जस्तै भएको आरोप लगाएका छन् । ‘हाम्रो मन्त्री हुनुहुन्छ सुन्नु भएको छैन तर पनि हामी सुनाउने प्रयासमा छौं’ उनले थपे ।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले वर्तमान मन्त्री किराती आवश्यक काम भन्दा सस्तो लोकप्रियताको लागि मेडियाबाजीमा रुमलिएको आरोप लगाए ।

महतले पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गर्न सकिने भएपनि खासै काम हुन नसक्नु दुर्भाग्य भएको भन्दै चिन्ता व्यक्त गरे । विगतमा विश्वका विभिन्न शहरहरुमा उड्ने नेपाली ध्वजावहाक हवाईजहाज अहिले कालो सूचि रहेको बताउँदै भने,“मन्त्रीले कालो सूचिबाट हटाउँछु भन्ने तर हट्दैन यसमा कस्को दोष छ, उत्तर खोजौं । 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले जो–जो जहाँ वा जुन पार्टी विचारका भएपनि देशको आर्थिक तथा विकासको मेरुदण्ड पर्यटन क्षेत्रको विकासका लागि पूर्वाग्रहरहित भएर लाग्नु पर्ने बताए ।

नेपाल उद्योग महासंघका अध्यक्ष ज्योति अधिकारीले कोरोना जस्तो महाविपत्तिमा पनि टिकेर देशमै केहि गरौं भन्ने पर्यटन व्यवसायी प्रति राज्य उदासिन रहेको बताउँदै भने,“अब ढिला भइसक्यो कहाँ कसरी कसलाई दबाब दिने हो दिउँ, तर छिटो गरौं ।”

नेपाल राट्रिष्य पर्यटन व्यवसायी संगठनका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले पर्यटन मन्त्री आयोजक संगठनको माउपार्टीको भएकाले उनलाई सहि बाटो देखाउने काम पनि उसैको भएको बताए । ‘प्रधानमन्त्री र पर्यटन मन्त्री तपाईहरुकै हुनुहुन्छ हल गर्नुस नभए हामी कहाँ कसरी हुन्छ साथ दिन्छौं’ सापकोटाले थपे ।

पर्यटन मन्त्री किराती नीतिगत तथा दीर्घकालिन् सुधारमा भन्दा हल्लाखल्लामा लागेको आरोप लगाउँदै उनले भने,“मन्त्रीज्यू सेलिब्रेटी होइन जनताको रगत पसिनाको कर खाएर देश बनाउने कुरामा सिरियस बन्नु पर्यो, उहाँको स्टन्टबाजीलाई रोक्नु पर्यो ।”

राष्ट्रिय उड्डयन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष कुमार थापा, रास्वपा निकट केन्द्रीय उत्पादन तथा प्रवर्धन विभागका सदस्य सुदर्शन न्यौपाने लगायतले आयोजक संगठनलाई उचित र प्रभावशाली नेतृत्व चयनका लागि शुभकामना दिए ।

संगठनका राजकुमार बस्नेतले सञ्चालन गरेको अधिवेशन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले नेपाल एयरलाइन्स बन्द हुने अवस्थामा रहेको, सम्भावना बोकेको पर्यटन क्षेत्रमा उल्लेखनिय कार्य नगरि खर्चमात्रै बढाएकोले त्यसलाई रोके र निकास दिन आयोजक संगठनले पहल लिन सुझाव दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy