नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले खेलकुदको क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाएका छन् । नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताएका हुन् ।
“आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा खेल क्षेत्रका विभिन्न विधालाई प्रोत्साहनसहितका कार्यक्रम र बजेटको आकार बढाउने छौं”, उनले भने, “खेलकुदमा गरिएको लगानीले शारीरिक तन्दुरुस्ती बनाउन, युवालाई स्वदेशमा टिकाउन, अनुशासन कायम गराउन तथा अन्तर्राष्ट्रिय जगत्मा पहिचान बढाउनसमेत प्रभावकारी नतिजा निकाल्न सकिन्छ ।”
खेल प्रतियोगिता नियमित गराउन पूर्वाधारको अभाव, खेलाडीलाई टिकाउन र दक्ष बनाउन आर्थिक समस्याको चुनौती भएकाले बजेट वृद्धिले केही हदसम्म खेल क्षेत्रको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । थोरै लगानीबाट दीर्घकालीन प्रतिफल निकाल्ने योजनासहित खेल क्षेत्रको बजेटमा आगामी वर्ष प्राथमिकता पाउनेमा ढुक्क हुन अर्थमन्त्री महतले आग्रह गरे ।
“युवाको क्षमता वृद्धि तथा स्वास्थ्य र रोजगारी सिर्जनामा समेत खेलमा गरिएको लगानीले सहयोग पुर्याउने छ”, उनले भने, “खेलकुदका विभिन्न विधामा अहिले विनियोजित बजेटलाई समयसान्दर्भिक र लोकप्रियताका आधारमा केही परिमार्जन गर्नुपर्ने देखिन्छ ।”
आजदेखि सुरु भएको ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयरकप फुटबल प्रतियोगिता’ हालसम्म जिल्लामा पालिकास्तरबाट सञ्चालित सबैभन्दा ठूलो धनराशि पुरस्कार भएकाले यस्ता प्रतियोगिताले खेल र खेलाडीको विकास र पूर्वाधार निर्माणमा योगदान गर्ने भन्दै उनले आयोजकको प्रशंसा गरे ।
विदुर नगरपालिकाको आयोजनामा जिल्लाका १० पालिकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका विजेताले रु चार लाख चार हजार चार सय ४४ र उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ प्राप्त गर्ने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । आज आयोजित उद्घाटन समारोहमा आयोजक विदुरलाई म्यागङ गाउँपालिकाले १–० गोलअन्तरले पराजित गर्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: