नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले खेलकुदको क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाएका छन् । नुवाकोटको बट्टारमा आजदेखि सुरु भएको ‘विदुर मेयरकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्दै अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताएका हुन् ।
“आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा खेल क्षेत्रका विभिन्न विधालाई प्रोत्साहनसहितका कार्यक्रम र बजेटको आकार बढाउने छौं”, उनले भने, “खेलकुदमा गरिएको लगानीले शारीरिक तन्दुरुस्ती बनाउन, युवालाई स्वदेशमा टिकाउन, अनुशासन कायम गराउन तथा अन्तर्राष्ट्रिय जगत्मा पहिचान बढाउनसमेत प्रभावकारी नतिजा निकाल्न सकिन्छ ।”
खेल प्रतियोगिता नियमित गराउन पूर्वाधारको अभाव, खेलाडीलाई टिकाउन र दक्ष बनाउन आर्थिक समस्याको चुनौती भएकाले बजेट वृद्धिले केही हदसम्म खेल क्षेत्रको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । थोरै लगानीबाट दीर्घकालीन प्रतिफल निकाल्ने योजनासहित खेल क्षेत्रको बजेटमा आगामी वर्ष प्राथमिकता पाउनेमा ढुक्क हुन अर्थमन्त्री महतले आग्रह गरे ।
“युवाको क्षमता वृद्धि तथा स्वास्थ्य र रोजगारी सिर्जनामा समेत खेलमा गरिएको लगानीले सहयोग पुर्याउने छ”, उनले भने, “खेलकुदका विभिन्न विधामा अहिले विनियोजित बजेटलाई समयसान्दर्भिक र लोकप्रियताका आधारमा केही परिमार्जन गर्नुपर्ने देखिन्छ ।”
आजदेखि सुरु भएको ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयरकप फुटबल प्रतियोगिता’ हालसम्म जिल्लामा पालिकास्तरबाट सञ्चालित सबैभन्दा ठूलो धनराशि पुरस्कार भएकाले यस्ता प्रतियोगिताले खेल र खेलाडीको विकास र पूर्वाधार निर्माणमा योगदान गर्ने भन्दै उनले आयोजकको प्रशंसा गरे ।
विदुर नगरपालिकाको आयोजनामा जिल्लाका १० पालिकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका विजेताले रु चार लाख चार हजार चार सय ४४ र उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ प्राप्त गर्ने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । आज आयोजित उद्घाटन समारोहमा आयोजक विदुरलाई म्यागङ गाउँपालिकाले १–० गोलअन्तरले पराजित गर्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: