Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

चितवन क्यान्सर अस्पतालका आवासीय भवनमा ३४ वटा कोठा खालि

खबरडबली संवाददाता

चितवन  । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्थापना भएपश्चात शुक्रबार दोस्रो सार्वजनिक सुनुवाई गरेको छ । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा वि.सं २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनिया प्रधानमन्त्री लि फिङ बिच सम्झौता भई अस्पतालको स्थापना भएको थियो ।

वि.सं २०५७ सालमा गिरिजा प्रसाद कोइरालाबाट औपचारिक उद्धघाटन गरिएको क्यान्सर अस्पतालले २०६७ सालमा पहिलो सार्वजनिक सुनुवाई गरेको थियो । सामान्यतया वर्षमा तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नियम भएतापनि अस्पताल स्थापनाको ३२ वर्षपछि शुक्रबार दोस्रो पटक क्यान्सर अस्पतालले उक्त कार्यक्रम गरेको हो ।

गत भदौ १२ गते अस्पतालको नयाँ कार्यकारी निर्देशकको रुपमा डा शिवजी पौडेल नियुक्त भएका थिए । भ्रष्टाचार विरुद्ध अभियान चितवनले समन्वय तथा सहजीकरण गरेको उक्त कार्यक्रममा अस्पतालको नयाँ पदाधिकारी आएपश्चात पनि सेवाग्राहीले अपेक्षा गरेअनुरुपको प्रगती अस्पतालले गर्न नसक्दा सेवाग्राहीले असिमित गुनासा पोखे ।

कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियानकी सह–सचिव रिता कंडेलले अस्पतालमा सेवा लिन र सेवा लिएर फर्कदा सय जना व्यक्तिलाई प्रश्नावली भरेर तयार पारेको रिपोर्ट प्रस्तुत गरिन् । रिपोर्टमा उल्लेख भए अनुसार सय जनाले नै उपचारको क्रममा कम्तीमा एक घण्टा भन्दा बढि समय लाईनमा उभिनु परेको बताए ।

८० प्रतिशत सेवाग्राही अस्पतालका कर्मचारी, डाक्टर र नर्सको व्यवहारप्रति र ७५ प्रतिशत विरामी अस्पतालले दिने सेवाप्रति असन्तुष्ट रहेकाे रिपोर्टमा उल्लेख छ । क्यान्सर अस्पतालले नि:शुल्क वितरण गर्ने औषधीको बारेमा ८० प्रतिशत सेवाग्राही जानकार छैनन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस भरतपुर–७ का वडा सभापति विनोद ढकालले अस्पतालका कर्मचारी र डाक्टरहरुको लागि भनेर बनाईएका आवासिय भवन अनाधिकृत व्यक्तिले कब्जा गरेको बताए ।

जलदेवी टोलका दिपक ढकालले अस्पताल भित्रकाे फार्मेसीमा बीमाको औषधी नपाएपछि अस्पताल बाहिरको फार्मेसीमा महङ्गोमा औषधी किन्न विरामी बाध्य भएकाे बताए । ‘अस्पतालको फार्मेसीमा औषधी नराखेर बाहिर पठाउने प्रचलनको अन्त्य हुनुपर्छ,’ उनले भने ।

सार्वजनिक सुनुवाईमा भरतपुर–४ बस्ने शालिकराम शर्माले अस्पतालभित्रै पाउनुपर्ने उपचारको लागि बाहिर धाउनुपर्ने समस्याको बारेमा प्रश्न गरेका थिए । भरतपुर–१० का हरि प्रसाल न्यौपानेले क्यान्टिनमा सुधार नभएको गुनासो पोखे ।

रवि लामिछानेका सिईओ हेमन्त बरालले अस्पतालको बारेमा जानकारी नभएका सेवाग्राहीलाई कठिनाई भएको गुनासो गरे । ‘सेवाग्राहीलाई सहज गराउन सामान्य जानकारी दिन सोधपुछ कक्ष हुनु आवश्यक छ , उनले भने ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा सेवाग्राहीको सहज पहुँचको लागि प्रयत्न गरिरहेको बताए । ‘सहज र सरल उपचार गर्ने मान्यताका साथ अगाडि बढेका छौँ, उनले भने, ‘विवेकपूर्ण र न्यायोचित रुपमा अस्पताललाई चुस्त राख्न प्रयासरत छौँ ।’

निर्देशक पाैडेलले गुनासाकाे जवाफ दिँदै अस्पतालमा भएका आवासिय भवनमा ३४ वटा कोठा खालि भइसकेकोले आगामी हप्ता आवश्यकताका आधारमा कोठा वितरण गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालका कर्मचारीले राम्रो व्यवहार नगरेको गुनासो सुनेपछि अस्पतालमा मुस्कान सहितको सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

कमिसनको पछि लाग्ने कर्मचारीलाई अस्पताल छाडेर जाने वातावरण बनाउने उनले प्रतिबद्दता व्यक्त गरे । पेट्रोल, होटल र मदिराको बिल अस्पतालले भुक्तानी गरेको भन्ने सन्दर्भमा जवाफ दिँदै डा पौडेलले भने, ‘अनियमितता हामीबाट हुँदैन, अनियमितता जुन दिन हुन्छ त्यो दिन म अस्पतालमा बस्न लायक हुन्न ।’

नागरिक रिपोर्टबारे डा पौडलले भने, ‘रिपोर्ट कार्ड यसपटक फेल भयो, फाइनलमा डिस्टिङ्सन ल्याएर तपाईहरुलाई देखाउँछौ ।’ कार्यक्रममा क्यान्सर अस्पतालमा वेथितीका समस्याहरु गुनासो पोखिएका थिए । यद्यपी केहि सुधारका कार्यक्रम भएको डा पौडेलले जानकारी दिए ।

अस्पतालमा नागरिक वडापत्र, गुनासो पेटिका, अपरेसन थेयटरबाहिर पिउने पानी तथा बस्ने स्थानको व्यवस्थापन, अस्पतालका विभिन्न स्थानमा चार्जिङ स्टेशनको व्यवस्था, कार्डियोलोजी सेवाको सुरुवात, अस्पताल फार्मेसिमा अधिकांश औषधी उपलब्ध र रोकिएको पदपूर्ती कार्य गरिएको डा पौडेलले बताए ।

‘राजश्व उपशाखामा बिरामीहरुलाई पेपर फोटोकपि कम गरि छिटो सेवा प्रवाहका लागि स्क्यानरको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘चिनिया सरकारको सहयोगमा बन्ने ‘बोन म्यारो ट्रान्स्प्लाण्ट सेन्टर’का लागि प्रारम्भिक अध्ययन समेत सुरु भएको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending