Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

चितवन क्यान्सर अस्पतालका आवासीय भवनमा ३४ वटा कोठा खालि

खबरडबली संवाददाता

चितवन  । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्थापना भएपश्चात शुक्रबार दोस्रो सार्वजनिक सुनुवाई गरेको छ । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा वि.सं २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनिया प्रधानमन्त्री लि फिङ बिच सम्झौता भई अस्पतालको स्थापना भएको थियो ।

वि.सं २०५७ सालमा गिरिजा प्रसाद कोइरालाबाट औपचारिक उद्धघाटन गरिएको क्यान्सर अस्पतालले २०६७ सालमा पहिलो सार्वजनिक सुनुवाई गरेको थियो । सामान्यतया वर्षमा तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नियम भएतापनि अस्पताल स्थापनाको ३२ वर्षपछि शुक्रबार दोस्रो पटक क्यान्सर अस्पतालले उक्त कार्यक्रम गरेको हो ।

गत भदौ १२ गते अस्पतालको नयाँ कार्यकारी निर्देशकको रुपमा डा शिवजी पौडेल नियुक्त भएका थिए । भ्रष्टाचार विरुद्ध अभियान चितवनले समन्वय तथा सहजीकरण गरेको उक्त कार्यक्रममा अस्पतालको नयाँ पदाधिकारी आएपश्चात पनि सेवाग्राहीले अपेक्षा गरेअनुरुपको प्रगती अस्पतालले गर्न नसक्दा सेवाग्राहीले असिमित गुनासा पोखे ।

कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियानकी सह–सचिव रिता कंडेलले अस्पतालमा सेवा लिन र सेवा लिएर फर्कदा सय जना व्यक्तिलाई प्रश्नावली भरेर तयार पारेको रिपोर्ट प्रस्तुत गरिन् । रिपोर्टमा उल्लेख भए अनुसार सय जनाले नै उपचारको क्रममा कम्तीमा एक घण्टा भन्दा बढि समय लाईनमा उभिनु परेको बताए ।

८० प्रतिशत सेवाग्राही अस्पतालका कर्मचारी, डाक्टर र नर्सको व्यवहारप्रति र ७५ प्रतिशत विरामी अस्पतालले दिने सेवाप्रति असन्तुष्ट रहेकाे रिपोर्टमा उल्लेख छ । क्यान्सर अस्पतालले नि:शुल्क वितरण गर्ने औषधीको बारेमा ८० प्रतिशत सेवाग्राही जानकार छैनन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस भरतपुर–७ का वडा सभापति विनोद ढकालले अस्पतालका कर्मचारी र डाक्टरहरुको लागि भनेर बनाईएका आवासिय भवन अनाधिकृत व्यक्तिले कब्जा गरेको बताए ।

जलदेवी टोलका दिपक ढकालले अस्पताल भित्रकाे फार्मेसीमा बीमाको औषधी नपाएपछि अस्पताल बाहिरको फार्मेसीमा महङ्गोमा औषधी किन्न विरामी बाध्य भएकाे बताए । ‘अस्पतालको फार्मेसीमा औषधी नराखेर बाहिर पठाउने प्रचलनको अन्त्य हुनुपर्छ,’ उनले भने ।

सार्वजनिक सुनुवाईमा भरतपुर–४ बस्ने शालिकराम शर्माले अस्पतालभित्रै पाउनुपर्ने उपचारको लागि बाहिर धाउनुपर्ने समस्याको बारेमा प्रश्न गरेका थिए । भरतपुर–१० का हरि प्रसाल न्यौपानेले क्यान्टिनमा सुधार नभएको गुनासो पोखे ।

रवि लामिछानेका सिईओ हेमन्त बरालले अस्पतालको बारेमा जानकारी नभएका सेवाग्राहीलाई कठिनाई भएको गुनासो गरे । ‘सेवाग्राहीलाई सहज गराउन सामान्य जानकारी दिन सोधपुछ कक्ष हुनु आवश्यक छ , उनले भने ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा सेवाग्राहीको सहज पहुँचको लागि प्रयत्न गरिरहेको बताए । ‘सहज र सरल उपचार गर्ने मान्यताका साथ अगाडि बढेका छौँ, उनले भने, ‘विवेकपूर्ण र न्यायोचित रुपमा अस्पताललाई चुस्त राख्न प्रयासरत छौँ ।’

निर्देशक पाैडेलले गुनासाकाे जवाफ दिँदै अस्पतालमा भएका आवासिय भवनमा ३४ वटा कोठा खालि भइसकेकोले आगामी हप्ता आवश्यकताका आधारमा कोठा वितरण गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालका कर्मचारीले राम्रो व्यवहार नगरेको गुनासो सुनेपछि अस्पतालमा मुस्कान सहितको सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

कमिसनको पछि लाग्ने कर्मचारीलाई अस्पताल छाडेर जाने वातावरण बनाउने उनले प्रतिबद्दता व्यक्त गरे । पेट्रोल, होटल र मदिराको बिल अस्पतालले भुक्तानी गरेको भन्ने सन्दर्भमा जवाफ दिँदै डा पौडेलले भने, ‘अनियमितता हामीबाट हुँदैन, अनियमितता जुन दिन हुन्छ त्यो दिन म अस्पतालमा बस्न लायक हुन्न ।’

नागरिक रिपोर्टबारे डा पौडलले भने, ‘रिपोर्ट कार्ड यसपटक फेल भयो, फाइनलमा डिस्टिङ्सन ल्याएर तपाईहरुलाई देखाउँछौ ।’ कार्यक्रममा क्यान्सर अस्पतालमा वेथितीका समस्याहरु गुनासो पोखिएका थिए । यद्यपी केहि सुधारका कार्यक्रम भएको डा पौडेलले जानकारी दिए ।

अस्पतालमा नागरिक वडापत्र, गुनासो पेटिका, अपरेसन थेयटरबाहिर पिउने पानी तथा बस्ने स्थानको व्यवस्थापन, अस्पतालका विभिन्न स्थानमा चार्जिङ स्टेशनको व्यवस्था, कार्डियोलोजी सेवाको सुरुवात, अस्पताल फार्मेसिमा अधिकांश औषधी उपलब्ध र रोकिएको पदपूर्ती कार्य गरिएको डा पौडेलले बताए ।

‘राजश्व उपशाखामा बिरामीहरुलाई पेपर फोटोकपि कम गरि छिटो सेवा प्रवाहका लागि स्क्यानरको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘चिनिया सरकारको सहयोगमा बन्ने ‘बोन म्यारो ट्रान्स्प्लाण्ट सेन्टर’का लागि प्रारम्भिक अध्ययन समेत सुरु भएको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending