Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

एमाले नेतृत्वकाे सरकारले सुरू गरेका विकासका काम गठबन्धन सरकारले ठप्प बनाएकाे योगेश भट्टराईकाे आराेप

खबरडबली संवाददाता

रौतहट । नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।

रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन ।

देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो । युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन ।  ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।

नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए ।

राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।

अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending