Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कोशीमा पाएको ‘धोका’ ले माओवादीभित्र तरंग

राष्ट्रिय सभामा आफ्नो उम्मेदवार पराजित भएकामा समीक्षा गर्दै माओवादी

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएपछि माओवादीमा तरंग आएको छ । सशस्त्र युद्धका क्रममा एक हात गुमाएकी ओलखढुंगाकी चम्पा कार्कीलाई माओवादीले गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको थियो । उनले जित्नेमा माओवादी करिब ढुक्क थियो । बरु कांग्रेस उम्मेदवार कृष्ण सिटौलालाई कांग्रेसकै शेखर कोइराला समूहबाट असहयोग हुन सक्ने अनुमान गरेको थियो । तर परिणाम त्यस्तो आएन । सिटौलाले जिते, कार्की हारिन् । 

कांग्रेस कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘शेखर कोइराला पक्षको असहयोगका कारण’ माओवादी उम्मेदवार कार्की पराजित भएको निकट नेताहरूसँग टिप्पणी गरेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसकै कारण कोशी राष्ट्रिय सभामा माओवादीले एक सिट गुमाएको भन्दै असन्तुष्टि व्यक्ति गरेका छन् ।

‘माओवादी सातै प्रदेशमा इमानदारीका साथ लागेकाले गठबन्धनका सबै उम्मेदवार जिते तर कोशीमा माओवादी उम्मेदवारले मात्रै हार्नुको पछाडि कांग्रेस नै मुख्य कारण हो,’ दाहालले निकट नेतासँग भनेका छन्, ‘यसबारेमा गठबन्धन बैठकमा समीक्षा हुनेछ ।’ राष्ट्रिय सभा निर्वाचनको समीक्षा गर्न गठबन्धन दलको बैठक छिट्टै बस्ने तयारी छ ।

कोशीमा माओवादी उम्मेदवार कार्कीले हारेपछि गठबन्धनमा त्यसको गम्भीर समीक्षा हुनुपर्ने माग माओवादीमा उठेको छ । माओवादी सचिव देवेन्द्र पौडेलले आफू खटेको गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारलाई इमानदारीपूर्वक जितको उदाहरण दिँदै कोशीमा कांग्रेसबाट भएको गडबडीको समीक्षा गर्नुपर्ने बताए । ‘कोशीमा राष्ट्रिय सभामा हाम्रा उम्मेदवार पराजित भएको घटनाले गठबन्धनमा ठूलो असर नगरे पनि यस्तो किन भयो भनेर समीक्षा हुनुपर्छ,’ उनले भने, ‘मुख्यमन्त्रीदेखि राष्ट्रिय सभासम्म कांग्रेसबाट समस्या उत्पन्न गरियो । यो छलफलको विषय हो ।’

माओवादी उपमहासचिव वर्षमान पुनले ‘संगठित रूपमा नै गठबन्धनविरुद्ध कांग्रेसबाट संशय हुने व्यवहार देखिएको’ प्रतिक्रिया दिएका थिए । कोशी मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका इन्द्र आङ्बोलाई निर्णय गरे पनि शेखर कोइराला पक्षले एमालेको समर्थनमा केदार कार्कीलाई उम्मेदवार बनाएको थियो । त्यसपछि आङ्बोको उम्मेदवारी फिर्ता गरी गठबन्धनले कार्कीलाई समर्थन गरेको थियो । त्यसबेला प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच एकबुँदे सहमति भएको थियो । ‘हामी सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धनलाई कुनै हालतमा कमजोर हुन दिने छैनौं,’ २७ असोजमा भएको सहमतिमा भनिएको छ ।


माओवादी उम्मेदवार पराजित भए पनि कांग्रेस नेता सिटौलाले जितेकामा प्रधानमन्त्री दाहाललाई शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन सहज हुने विश्वास छ । गत आम निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभामा पराजित भए पनि राष्ट्रिय सभामा ल्याउन देउवा–दाहालबीच अनौपचारिक सहमति भएको थियो । गत निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई माओवादीको मत रूपान्तरण भए पनि कांग्रेसबाट नआएको निष्कर्ष माओवादीको छ । माओवादी केन्द्रीय समितिबाट पारित राजनीतिक दस्ताबेजमै यो उल्लेख छ । आगामी निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन गर्नु व्यावहारिक नहुने टिप्पणी हुन थालेको छ ।

कोशीको राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित र आफ्नो उम्मेदवार जिताएर गठबन्धनमा संशय ल्याउन एमाले सफल भएको छ । ‘सत्ता गठबन्धन बलियो हुँदाहुँदै पनि कोशीमा हामीले सफलता प्राप्त गरेका छौं,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यसलाई हामीले गठबन्धन भत्काउने सुरुवातका रूपमा लिएका छौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending