Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

कोशीमा पाएको ‘धोका’ ले माओवादीभित्र तरंग

राष्ट्रिय सभामा आफ्नो उम्मेदवार पराजित भएकामा समीक्षा गर्दै माओवादी

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएपछि माओवादीमा तरंग आएको छ । सशस्त्र युद्धका क्रममा एक हात गुमाएकी ओलखढुंगाकी चम्पा कार्कीलाई माओवादीले गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको थियो । उनले जित्नेमा माओवादी करिब ढुक्क थियो । बरु कांग्रेस उम्मेदवार कृष्ण सिटौलालाई कांग्रेसकै शेखर कोइराला समूहबाट असहयोग हुन सक्ने अनुमान गरेको थियो । तर परिणाम त्यस्तो आएन । सिटौलाले जिते, कार्की हारिन् । 

कांग्रेस कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भएकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘शेखर कोइराला पक्षको असहयोगका कारण’ माओवादी उम्मेदवार कार्की पराजित भएको निकट नेताहरूसँग टिप्पणी गरेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसकै कारण कोशी राष्ट्रिय सभामा माओवादीले एक सिट गुमाएको भन्दै असन्तुष्टि व्यक्ति गरेका छन् ।

‘माओवादी सातै प्रदेशमा इमानदारीका साथ लागेकाले गठबन्धनका सबै उम्मेदवार जिते तर कोशीमा माओवादी उम्मेदवारले मात्रै हार्नुको पछाडि कांग्रेस नै मुख्य कारण हो,’ दाहालले निकट नेतासँग भनेका छन्, ‘यसबारेमा गठबन्धन बैठकमा समीक्षा हुनेछ ।’ राष्ट्रिय सभा निर्वाचनको समीक्षा गर्न गठबन्धन दलको बैठक छिट्टै बस्ने तयारी छ ।

कोशीमा माओवादी उम्मेदवार कार्कीले हारेपछि गठबन्धनमा त्यसको गम्भीर समीक्षा हुनुपर्ने माग माओवादीमा उठेको छ । माओवादी सचिव देवेन्द्र पौडेलले आफू खटेको गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारलाई इमानदारीपूर्वक जितको उदाहरण दिँदै कोशीमा कांग्रेसबाट भएको गडबडीको समीक्षा गर्नुपर्ने बताए । ‘कोशीमा राष्ट्रिय सभामा हाम्रा उम्मेदवार पराजित भएको घटनाले गठबन्धनमा ठूलो असर नगरे पनि यस्तो किन भयो भनेर समीक्षा हुनुपर्छ,’ उनले भने, ‘मुख्यमन्त्रीदेखि राष्ट्रिय सभासम्म कांग्रेसबाट समस्या उत्पन्न गरियो । यो छलफलको विषय हो ।’

माओवादी उपमहासचिव वर्षमान पुनले ‘संगठित रूपमा नै गठबन्धनविरुद्ध कांग्रेसबाट संशय हुने व्यवहार देखिएको’ प्रतिक्रिया दिएका थिए । कोशी मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका इन्द्र आङ्बोलाई निर्णय गरे पनि शेखर कोइराला पक्षले एमालेको समर्थनमा केदार कार्कीलाई उम्मेदवार बनाएको थियो । त्यसपछि आङ्बोको उम्मेदवारी फिर्ता गरी गठबन्धनले कार्कीलाई समर्थन गरेको थियो । त्यसबेला प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच एकबुँदे सहमति भएको थियो । ‘हामी सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धनलाई कुनै हालतमा कमजोर हुन दिने छैनौं,’ २७ असोजमा भएको सहमतिमा भनिएको छ ।


माओवादी उम्मेदवार पराजित भए पनि कांग्रेस नेता सिटौलाले जितेकामा प्रधानमन्त्री दाहाललाई शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन सहज हुने विश्वास छ । गत आम निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभामा पराजित भए पनि राष्ट्रिय सभामा ल्याउन देउवा–दाहालबीच अनौपचारिक सहमति भएको थियो । गत निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवारलाई माओवादीको मत रूपान्तरण भए पनि कांग्रेसबाट नआएको निष्कर्ष माओवादीको छ । माओवादी केन्द्रीय समितिबाट पारित राजनीतिक दस्ताबेजमै यो उल्लेख छ । आगामी निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन गर्नु व्यावहारिक नहुने टिप्पणी हुन थालेको छ ।

कोशीको राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित र आफ्नो उम्मेदवार जिताएर गठबन्धनमा संशय ल्याउन एमाले सफल भएको छ । ‘सत्ता गठबन्धन बलियो हुँदाहुँदै पनि कोशीमा हामीले सफलता प्राप्त गरेका छौं,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यसलाई हामीले गठबन्धन भत्काउने सुरुवातका रूपमा लिएका छौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending