Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

माओवादी केन्द्र ओलढुंगाका जिल्ला सचिव सुनुवार पक्राउ

बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा प्रहरी हिरासतमा सुनुवार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र ओलढुंगाका जिल्ला सचिव विनोद सुनुवार पक्राउ परेका छन् । ककनी गौरीवन सहकारी संस्था अध्यक्ष समेत रहेका सुनुवारलाई सहकारीका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

सुनुवारलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाले जनाएको छ । सहकारीका बचतकर्ताको लाखैं रकम हिनामिनाको आरोपमा सहकारीका उपाध्यक्ष मोलुङ गाउँपालिका- ४ हर्कपुरका पदम बहादुर खत्रीलाई पनि बुधबार नै घरबाट पक्राउ गरीएकेा जिल्ला प्रहरी कार्यालय ओखलढुंका सूचना अधिकारी प्रहरी निरीक्षक ब्लाष्टर सिंहले जानकारी दिए । 

ज्याला, मजबुरी गरेर कमाएको पैसालाई  सहकारीमा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरे पछि आफूहरुलाई ठगीएकाे भन्दै बचतकर्ताहरुले गत मंसीर १५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका थिए । उजुरी पश्चात प्रहरीले उजुरीकर्ताहरुको बचत फिर्ता गर्न सम्बन्धित सञ्चालकहरुलाई प्रहरी कार्यालयमा बोलाई छलफल गराईएको र बचतकर्ताको रकम फिर्ता गर्न एकहप्ताको समय दिएपनि त्यसपछि सहकारीका अध्यक्ष लगायतको टोली फरार भएका थिए ।

अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नगरेपछि प्रहरीले उनीहरुको विरुद्धमा पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी भएपश्चात  सहकारीका पदाधिकारीहरु फरार रहेका छन् । 

पक्राउ परेका दुवैजनालाई विहिबार जिल्ला अदालत ओखलढुंगामा हाजिरगराई म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ  । सहकारीको ठगी मुद्धामा सहकारीका अन्य सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि पक्राउ पूर्जि जारी गरेर खोजी कार्य भैरहेको  प्रहरीले जनाएको छ ।

माओवदी केन्द्र जिल्ला सचिव समेत रहेका सुनुवारले विभिन्न ठेक्कापट्टामा समेत पार्टी निकट कार्यकर्ताहरुलाई काम लगाएर पैसा नदिएको र उल्टै उनीहरुलाई समेत विभिन्न बाहनामा मुद्धा हाल्ने गरेको माओवादीकै कार्यकर्ताहरु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies