काठमाडौं । नेकपा माओवादी केन्द्र ओलढुंगाका जिल्ला सचिव विनोद सुनुवार पक्राउ परेका छन् । ककनी गौरीवन सहकारी संस्था अध्यक्ष समेत रहेका सुनुवारलाई सहकारीका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।
सुनुवारलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाले जनाएको छ । सहकारीका बचतकर्ताको लाखैं रकम हिनामिनाको आरोपमा सहकारीका उपाध्यक्ष मोलुङ गाउँपालिका- ४ हर्कपुरका पदम बहादुर खत्रीलाई पनि बुधबार नै घरबाट पक्राउ गरीएकेा जिल्ला प्रहरी कार्यालय ओखलढुंका सूचना अधिकारी प्रहरी निरीक्षक ब्लाष्टर सिंहले जानकारी दिए ।
ज्याला, मजबुरी गरेर कमाएको पैसालाई सहकारीमा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरे पछि आफूहरुलाई ठगीएकाे भन्दै बचतकर्ताहरुले गत मंसीर १५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका थिए । उजुरी पश्चात प्रहरीले उजुरीकर्ताहरुको बचत फिर्ता गर्न सम्बन्धित सञ्चालकहरुलाई प्रहरी कार्यालयमा बोलाई छलफल गराईएको र बचतकर्ताको रकम फिर्ता गर्न एकहप्ताको समय दिएपनि त्यसपछि सहकारीका अध्यक्ष लगायतको टोली फरार भएका थिए ।
अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नगरेपछि प्रहरीले उनीहरुको विरुद्धमा पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी भएपश्चात सहकारीका पदाधिकारीहरु फरार रहेका छन् ।
पक्राउ परेका दुवैजनालाई विहिबार जिल्ला अदालत ओखलढुंगामा हाजिरगराई म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सहकारीको ठगी मुद्धामा सहकारीका अन्य सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि पक्राउ पूर्जि जारी गरेर खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
माओवदी केन्द्र जिल्ला सचिव समेत रहेका सुनुवारले विभिन्न ठेक्कापट्टामा समेत पार्टी निकट कार्यकर्ताहरुलाई काम लगाएर पैसा नदिएको र उल्टै उनीहरुलाई समेत विभिन्न बाहनामा मुद्धा हाल्ने गरेको माओवादीकै कार्यकर्ताहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: