महोत्तरी । महोत्तरीको चुरे क्षेत्र राईमण्डलको पर्यटकीय सम्भाव्यता अध्यन गर्न मन्त्रालयले बिज्ञ टोली पठाउने भएको छ । बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, स्थानीय पत्रकारसँग भएको छलफलमा तत्कालै अध्यन टोली पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका हुन् ।
उक्त छलफलमा मन्त्री किरातीले राईमण्डलको सम्भाब्यता अध्ययन पछि आवाश्यक बजेट समेत विनियोजित गर्ने बताएका छन् । डा. गुड्रन कर्विन्सले अध्ययन गरेको राईमण्डल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्यन गर्न र पर्यटकीय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।
अध्ययन टोलीको प्रतिबेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेको प्राचिन र प्राकृतिक पर्यटन प्रर्वद्वन गर्न आफु तयार रहेको उनको भनाई छ । छलफल पछी महोत्तरी क्षेत्र न। १ का पुर्व सांसद समेत रहेका गिरिराजमणि पोखरेलले मन्त्री किरातीसँगको भेटघाट निक्कै फलदायी भएको बताए । निर्वाचनमा पराजित भएतापनि घोषणापत्रमा राइमण्डललाई पर्यटकीय क्षेत्र बनाउने उदघोष गरेको बताउँदै सो प्रतिबद्दता अहिले पनि सम्झिराखेको नेता पोखरेलले बताए ।
यता मन्त्री किरातीले अध्ययन टोली पठाउने बताए पछि उधोगी र पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । छलफल आशजाग्दो भएको बताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले राईमण्डल पर्यटकीय हवको रुपमा बिकास हुने बिस्वास ब्यक्त गरेका छन ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल हव, शैक्षिक हवको रुपमा विकास हुदै गएको बर्दिवास अब मधेशकै पर्यटन हब बन्न सक्ने आशा पलाएको बताए । छलफलमा माओवादी केन्द्रका युवा नेता गणेश बस्नेत, उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्सन काफ्ले, स्थानीय पत्रकार बिशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: