Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताएकी छन् । पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २० औं लोकस प्राविधिक महोत्सव उद्घाटन गर्दै उनले अब पुरानो पुस्ताले गर्न सकेन भनेर आलोचना गरेर बस्नेभन्दा पनि नयाँ पुस्ताले हामी देश बनाउँछौं भनेर संकल्प गर्ने बेला आएको बताएकी हुन्  ।

‘अहिलेको पुस्ताले पुरानो पुस्ताको जस्तो दुःख नभोगेको पनि नेपालको इतिहास पक्कै पढेको छ ।  सबै जनताका छोराछोरीले पढ्न लेख्न नपाउने, शासकहरुले गर्ने जस्तोसुकै अत्याचार पनि सहेर बस्नुपर्ने, उनीहरुसँग आँखा जुधाएर प्रश्न गर्न नपाउने, महिला, दलित, जनजाति, मधेशीजस्ता उत्पीडित समुदायलाई नागरिक नै नठान्ने जुन राजनीतिक व्यवस्था थियो, हामीले लामो संघर्ष गरेर, हजारौं हजार जनताका छोराछोरीले रगत बगाएर त्यसखाले व्यवस्थाको अन्त्य गरेका छौं’– उनले भनिन्– ‘आज हामी सबै जनता बराबर हुने संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । पुरानो पुस्ताले लडेर यो परिवर्तन नल्याइदिएको भए आज पनि हामी पुरानै कालरात्रीमा रहने थियौं ।’

उनले अध्ययन अनुसन्धानका सिलसिलामा विश्वका जुनसुकै देशमा गए पनि जन्म दिने माटो र आफू हिडेको बाटोलाई कहिल्यै नबिर्स र त्यसरी प्राप्त गरेको विज्ञता देशका लागि प्रयोग विद्यार्थीहरुलाई आग्रह गरिन् । मन्त्री शर्माले भनिन्– ‘अब पुरानो पुस्ताको योगदानको उचित सम्मान गर्दै देश बनाउने जिम्मा नयाँ पुस्ताले लिनुपर्छ । त्यसमा पनि अझै आजको सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले नै देश बनाउने कामको अगुवाई गर्नुपर्छ । त्यसका लागि तपाइँ नयाँ पुस्ताले समृद्ध नेपालको सपना देख्नुपर्छ ।’

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै भयो भन्ने नयाँ पुस्ताको गुनासोलाई मध्यनजर गरी इतिहासमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट नेतृत्व चयनको प्रक्रिया थालनी गरिएको जानकारी दिंदै उनले अब यसरी नै सबै विश्वविद्यालय र विद्यालयहरुमा पहुँच होइन, योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिंदै जानुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताईन् । 

‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको मुख्य कार्यदिशा अंगिकार गरेर हरेक क्षेत्रमा रुपान्तरणकारी योजना अघि बढाउन खोजिरहेको छ, त्यसमा तपाइँहरुको साथ र सहयोग चाहिएको छ’– मन्त्री शर्माले भनिन्– ‘फेरि पनि दोहोर्याउन चाहन्छु, अब देश बनाउने नयाँ पुस्ताले हो, तपाइँहरु हरेक जनाले म यो देशको सफल नेतृत्व गर्न सक्छु भन्ने सपना देख्नुपर्छ ।’

विश्वमा एकपछि अर्को सूचना प्रविधिको विकास भइरहेको बेला अब यसबाट भागेर होइन, यसको उचित प्रयोग र आवश्यक विकास गरेर मात्रै देशलाई अघि बढाउन सकिने विश्वास व्यक्त गर्दै उहाँले अब मुलुक डिजिटल रुपान्तरणविना कुनै पनि क्षेत्रमा अगाडि बढ्न नसक्ने नि स्पष्ट गरिन् ।
 
मन्त्री शर्माले भनिन्– ‘सबै क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर डिजिटल नेपाल निर्माण गर्ने र त्यसमार्फत नै जनताको दैनिक जीवनलाई सहज बनाउँदै समृद्धिको बाटोमा अघि बढ्नसक्ने छौं । डिजिटल नेपाल निर्माणका लागि डिजिटल पूर्वाधार र त्यसलाई परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो प्राथमिकता हो ।’

पछिल्लो समय विकसित रोबोटिक्स, एआई, आइओटी, ब्लकचेन जस्ता नवीनतम क्षेत्रमा पनि राज्यको स्पष्ट धारणा निर्माण गर्ने र ती सबै प्रविधिलाई मुलुक र नागरिकको हितमा प्रयोग गर्ने सवालमा योजना बनाउन अब ढिलाई गर्न नहुने स्पष्ट गर्दै उनले नेपालको आफ्नै स्याटेलाइट हुनुपर्छ भन्ने सरकारको मान्यता रहेको बताउइन् । 

सञ्चार तथा सूचना प्रविधिमा आफ्नै देशको माटो सुहाउने अध्ययन अनुसन्धान आवश्यक रहेको औल्याउँदै उहाँले यसमा सहयोग पुर्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरण र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकबीच सूचना प्रविधि एक्सिलेन्स सेन्टर स्थापना गर्ने सहमति भई कार्य अगाडि बढिसकेको र सातै प्रदेशमा यस्ता एक्सिलेन्स सेन्टर स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending