Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

खबरडबली संवाददाता

धनगढी । गैरआवासीय नेपाली संघले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार  धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा। बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।  

प्लान्टको उद्दघाटन गर्दै शुदुरपश्चिम प्रदेशका  सामाजिक विकास मन्त्री झपटबहादुर साउदले अक्सिजन प्लान्ट स्थापना गरेर  एनआएरएनएले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको समेत  बताए ।

मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गरेका छन् । उनले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष डा। केसीले कोरोना महामारीको बेला गैरआवासीय नेपाली संघले विदेशमा र नेपालमा रहेका नेपालीहरुलाई ठूलो सहयोग पुर्याएको स्मरण गरे । डा. केसीले आफ्नो गाँस काटेर विदेशमा बस्ने नेपालीहरुले देशमा प्राकृतिक प्रकोप, भूकम्प वा कोरोनामा महामारीमा सहयोग गर्दै आएको बताए । उनले सम्पूर्णदाताहरुलाई संघको तर्फ धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले सानो सहयोगले पनि मानिसको ज्यान जोखिमबाट बच्न सक्ने भएकाले  मोवाइल ब्लड बस, अक्सिजन प्लान हस्तान्तरण गरेको बताए । उनले नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसनको सेवा संचालन गर्न सकिने बताउँदै आगामी दिनमा गैरआवासीय नेपाली संघको सहकार्यमा टेलिमेडिसीन कार्यक्रम संचालन गर्न सकिने बताए  ।

कार्यक्रममा अस्पतालका अध्यक्ष शाहले संघले प्लान्ट हस्तान्तरण गरेपछि अस्पताल अक्सिजनमा पूर्णरुपमा आत्मर्निभर भएको बताउनुभयो । उक्त प्लान्टले हावामा रहेको अन्य अक्सिजनलाई प्रशोधन गरेर १ घण्टामा ८ वटा सिलिन्डर तयार गर्न सक्छ ।  प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. नीरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठुलो हौसला मिलेको बताए ।

 कार्यक्रमा सेती अस्पतालका प्रतिनिधिरु, ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, अतुल कोइराला, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, अर्जुन श्रेष्ठ पूर्वउपाध्यक्ष, सन्तोष भट्टराई पूर्व युरोप क्षेत्रीय संयोजक र सत्यनारायण झा (माल्टा) संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको विशेष उपस्थिति थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै सरकारविरुद्ध रास्वपाकै सांसदको प्रश्न : ‘सरकार कहाँ छ ?’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...

कैदी बोकेको भ्यान दुर्घटना : मोटरसाइकल चालकको मृत्यु, अर्का युवक गम्भीर घाइते

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending