गुल्मी । गुल्मी कोटवासीले निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको बताएका छन् । खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्दै नेताहरूले भोट माग्ने र आफूहरूलाई भोट बैकको रूपमा प्रयोग गर्ने गरेको स्थानीयहरूले गुनासो गरेका छन् ।
काली गण्डकी गाउँपालिका वडा नम्बर एक र दुईको माथिल्लो बस्तीका स्थानीयहरूले वषौँदेखि झेल्दै आएको खानेपानीको समस्या जस्ताको तस्तै रहेको छ । उनीहरूले गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् । देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूले गाडीबाट पानी ढुवानी गरेर पिउने गरेका छन् ।
वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका स्थानीयहरूले हिउँद लागेपछि मुहान सुक्दै जाँदा गाडीबाट पानी ढुवानी गरेर पिउन बाध्य भएको स्थानीय युवा तिलक रानाले गुनासो गरे । स्थानीय सरकार र सम्बन्धित निकायले समस्या समाधानका लागि पहल नगर्दा अझै कहिलेसम्म पानी ढुवानी गरेर पिउनु पर्ने हो भन्दै उनले प्रश्न गरे ।
एक पटक गाडीमा पानी ल्याउँदा गाडीलाई एक हजार पाँच सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको ७५ वर्षीय बलबहादुर न्यौपानेले बताए । पानी पनि तेल जस्तो गरी प्रयोग गर्नुपरेको उाको भनाइ छ । यस्तै काली गण्डकी २ कोटका लक्ष्मीपति न्यौपानेले पिउने पानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताए ।
यहाँका करिब एक सय घरधुरीहरूले वर्षौँ देखी खानेपानीको समस्या झेल्दै आएका छन् । नेताहरूले निर्वाचनमा पानी खुवाएरै छाड्छौ भन्ने र निर्वाचन जितेपछि सबै बिर्सने समस्या रहेको स्थानीयहरूले दुखेसो गरेका छन् ।
बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।
ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निमार्ण भएको कार्यालयका प्रमुख अनुजकुमार उपाध्यायले बताए । यस वर्ष १५ लाख बजेट भएको र उक्त बजेटले यस वर्ष पनि योजना सम्पन्न गर्न नसकिने उनको भनाइ छ । त्यहाँको समस्या बारे आफू जानकार रहेको बताउँदै १५ लाखको बजेटबाट विद्युतीकरण गर्नका लागि कार्य अगाडि बढाएको उनको भनाइ छ ।
यता काली गण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले देउराली र कोटमा रहेको बस्तीलाई खानेपानी खुवाउनका लागि आफूले प्रयास गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: