एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी मर्नेको सङ्ख्या बिहीबारसम्म ४३ पुगेको र भग्नावशेषमा अझै एक जना बेपत्ता भएको सरकारी मिडियाले बताएको छ ।
युनान प्रान्तको झेन्सियोङ काउन्टीमा सोमबार बिहानैदेखि गएको पहिरोमा १८ घर पुरिएको र दुई सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा थप नौ शव प्राप्त भएको र यसले बुधबार मर्नेको सङ्ख्या ३४ लाई बढाएर ४३ पुर्याएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बिहीबार साँझ बताएको छ ।
राष्ट्रपति सि जिनपिङले सोमबार ‘पूर्ण’ उद्धार प्रयास गर्न आदेश दिएका थिए । प्रकोपपछि दुई सय उद्धारकर्मीले पुरिएका गाउँलेहरूको खोजीमा चिसो मौसम र हिउँको तहको सामना गर्नुपरेको छ ।
सरकारी मिडियाले साझा गरेको तस्बिरहरूमा हेलमेट, फेस मास्क र चम्किलो सुन्तला रङको कपडा लगाएका उद्धारकर्मीहरूले जीवित मानिस खोज्नका लागि रातभर खनिरहेको देखाइएको छ ।
दर्जनौँ दमकल र खन्ने उपकरणहरू पनि त्यहाँ देख्न सकिन्छ । चीनको दुर्गम र ठूलो मात्रामा गरिब क्षेत्र युनानमा पहिरो जानु सामान्य हो । यहाँ रहेका हिमाली शृङ्खला विशाल हिमालय पठारसम्म पुग्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: