Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

५ करोडको हरित पार्क निर्माण योजनालाई ८ हजार

खबरडबली संवाददाता

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–१ उदीपुर गाउँको शीरमा रहेको कालिका सामुदायिक वन ६८ हेक्टर जमिनमा फैलिएको छ ।  यो वनमा उदीपुर गाउँका १७२ घरधुरी उपभोक्ता  रहेका छन् ।

२०५२ सालदेखि नै स्थानीयले संरक्षण गरेको यो सामुदायिक वनले उपभोक्ताको जीवनस्तरसँग जोडिने र आयस्रोत बढाउने कामसमेत गरेर पटक पटक पुरस्कृतसमेत भइसकेको छ । २ किलोमिटर परबाट पाइपमा ल्याएको पानी खसालेर समितिले वनको बीचमा वन्यजन्तु र चराचुरुंगीका लागि पोखरी निर्माण समेत गरेको छ ।

पोखरी निर्माण गरिसकेपछि समितिका पदाधिकारीलाई लाग्यो, पर्यापर्यटनका लागि वनको बीचमा रहेको टापुमा त हरित पार्क नै पो निर्माण गर्नुपर्छ । समितिले हरितपार्क निर्माण गर्ने योजनालाई मूर्त रुप लिन विस्तृत अध्ययन प्रतिवेदन पनि तयार पार्‍यो । जसअनुसार पार्क निर्माण गर्नका लागि करिब ५ करोड रुपैयाँको लागत अनुमान तयार गरियो । हरित पार्क निर्माण गर्न बेंसीसहर नगरपालिका धाउँदा धाउँदा गरेपनि  बजेट नपरेको उपभोक्ता समितिका सचिव तीर्थराज अधिकारीले बताए ।

नगरपालिकाबाट बजेछ नपरेपछि यसपटक प्रदेशबाटै बजेट पार्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन दर्ता गराएको उनको भनाइ छ । आफ्नै नेतृत्वमा मन्त्रालय पुगेर बजेट माग्दै निवेदन पेश गरेको  उनले बताए ।  उपभोक्ता समितिको कामलाई वडाले ३ लाख रुपैयाँ दिएको उाले बताए ।  

प्रदेशले ल्याएको चालु आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रम जिल्लामा गएपछि डिभिजन वन कार्यालय लमजुङले समितिलाई खबर गर्‍यो । उत्साहित हुँदै वन कार्यालय पुगेका उपभोक्ताहरु त्यतिबेला खंग्रङ्ग परे, जतिबेला हरितपार्क निर्माणका लागि प्रदेशबाट जम्मा ८ हजार रुपैयाँ परेको छ भन्ने थाहा पाए । ‘८ हजार रुपैयाँ बजेट परेको भनेपछि त सबै दंग पर्‍यौं । उपभोक्ताहरुबीच छलफल गर्दा सबै जना चकितै परे,’ सचिव अधिकारीले भने, ‘८ लाख होला बजेट परेको भनेर फेरि पक्का गर्‍यौं तर ८ हजार नै रहेछ । त्यो त कार्यालय जाँदाआउँदा लाग्ने खर्च पनि नपुग्ने बजेटले के गर्न हो, हाँस्नु कि रुनु भइयो ।’

८ हजार बजेट लिने कि नलिने भन्ने विषयमा उपभोक्ताहरुले छलफल गरे । उनीहरुले लमजुङकी प्रदेश सांसद टीका बस्याललाई बजेटबारे यथार्थ बुझिदिन आग्रह गरे । बस्यालले आइतबार सार्वजनिक लेखा समितिको बैठकमा उद्योग, पर्यटन, वन तथा वातारणतर्फ छलफल हुँदा यो विषय राखिन् ।

प्रदेश सरकारले हरित पार्क निर्माण गर्ने नाममा ८ हजार रुपैयाँ बजेट दिएको सुनेपछि समितिका सदस्यहरु नै गलल हाँसे । ‘यो खास के भएको हो, ८ हजार रुपैयाँ पनि बजेट पर्छ ? बाहिर भन्न र सुन्न पनि लाज लाग्ने कुरा छ, प्रदेश सरकार पनि आफ्नै छ’, कांग्रेसकी प्रदेशसभा सदस्य बस्यालले भनिन्, ‘उपभोक्ताले हामी विषय सार्वजनिक गर्छौं भनिरहेका छन्, यस्तो कसरी हुन्छ जवाफ दिनुपर्‍यो ।’

मन्त्रालयका सचिव डा. रामचन्द्र कंडेलले यसबारे अनविज्ञता प्रकट गरे । ‘यस्तो त नहुनुपर्ने हो । यो गल्तीले यस्तो भएको होला, के रहेछ, म बुझेर स्पष्ट पार्ने छु’, सचिव कँडेलले जवाफ दिए ।

८ हजार रुपैयाँको योजना कार्यान्वयनका निम्ति उपभोक्ता समिति र डिभिजन वन कार्यालय लमजुङबीच सम्झौतासमेत भइसकेको छ । पार्क बनाउने भनिएको ठाउँमा ८ हजारको फलामे बेन्च हाल्न अध्यक्ष रीता बुढाथोकीले सम्झौता गरिसकेको सचिव अधिकारीले बताए ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले बजेट ८ हजार रुपैयाँ नै परेको र आफूहरुसमेत यसले चकित परेको बताए । ‘वार्षिक कार्यक्रममा आइसकेपछि संशोधन गर्न पनि मिल्दैन । त्यो कार्यान्वयन नै गर्नुपर्‍यो कि पर्काउनुपर्‍यो’, पण्डितले भने, ‘सिस्टममा चढाउँदा गल्तीले यस्तो भएको हुन सक्छ । अर्को पटक थप्न सकिएला तर यसपटक यही नै हो ।’

गण्डकी प्रदेश सरकारले यसपटक भौतिक पूर्वाधारतर्फ सडकमा ३० लाख र खानेपानी तथा सिँचाइतर्फ कम्तीमा १० लाखभन्दा सानो बजेट विनियोजन नगर्ने नीति लिएको छ । तर, सामाजिक विकास, स्वास्थ्य, खेलकुद, वन तथा वातारणको क्षेत्रमा ससाना बजेट पनि छुट्याइएको भन्दै संसदमै आलोचना भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending