सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका योजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन् । पारदर्शिता, गुणस्तरीयता संगै कार्ययोजना र लागत अनुमानलाइ अन्तिम रुप दिनका लागि सुस्वा योजनाहरुको पहिलो सामाजिक परिक्षण तथा अनुगमन सम्पन्न भएको छ भने मंगलबारदेखि उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिम पनि शुरु भएको हो ।
सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत संचालन हुने योजनाहरुको पहिलो सामाजिक परिक्षण र अनुगमन तथा उपभोक्ता अभिमुखिकरण शुरु भएको र यससंगै योजनाहरु निर्माण चरणमा प्रवेश गरेको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।
छत्रेश्वरी गाउँपालिका र सुस्वा परियोजनाको साझेदारिमा चालू आर्थिक बर्षमा खानेपानीका ४ वटा र सौचालय निर्माणका ४ वटा योजना सम्पन्न हुदैछन । मंगलबार देखि सुरु भएको उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी अभिमुखिकरणमा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा निकै महत्वपूर्ण योजनाहरु छत्रेश्वरीमा सञ्चालन भएकाले सबै योजनाहरुलाई गुणस्तरिय रुपमा समयमै सम्पन्न गर्नका लागि इमान्दार र जिम्मेवार पूर्वक लाग्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरिन् ।
यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दराज विष्टले सम्झौताका शर्त, लागत अनुमान लगाएतका विषयमा जानकार भई प्रभावकारी योजना कार्यान्वयनका लागि अनुरोध गरे । छत्रेश्वरी ४ मा ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी सरसफाइ तथा स्वच्छता योजना, वडा नम्बर २ मा पांग्रेखोला दमाचौर खानेपानी योजना, वडा नम्बर १ मा दुदेलीगैरा खानेपानी योजना र वडा नम्बर ७ मा छहरेखोला पानीखोला खानेपानी योजना सञ्चालन हुदैछन् ।
यस्तै अन्य चार वटा प्रयोगकर्तामैत्री सौचालय निर्माण पनि हुँदैछन् । यी योजनाहरु १० लाख देखि ८८ लाख रुपैयाँ सम्मका छन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले पारदर्शिताको नमुनाको रुपमा योजनाहरु संचालन गर्नुपर्ने र यसका लागि सबै उपभोक्ताको सकारात्मक साथ सहयोग हुनुपर्ने बताए ।
यस्तै वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर विष्टले आआफ्नो वडामा सञ्चालन हुने खानेपानी तथा सरसफाईका योजनाहरुलाई सबैको सहयोगमा समयमै सम्पन्न गर्ने बताउँदै उपभोक्ताहरुको लागत सहभागितामा पनि जोड दिएका छन् । उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिममा खरिद प्रक्रिया र यस सम्बन्धी कागजातहरुको व्यवस्थापन, निर्माण सामग्रीहरुको गुणस्तर पहिचान तथा अभिलेखीकरण, योजनामा कायम गर्नुपर्ने पारदर्शीता लगाएतका बारेमा अभिमुखिकरण गरिने छ ।
३० वटा चरणमा सम्पन्न हुने सुस्वाका योजनाहरुलाई प्रभावकारी बनाउन पहिलो सामाजिक परिक्षण तथा अनुगमन गरिएको वास इकाइले जनाएको छ । सो क्रममा सामुदायिक कार्ययोजना र डिजाईन तथा इस्टिमेट अनुमोदन संगै जनश्रमदान गर्ने विषय, ग्रामीण मर्मत सम्भार कार्यकर्ता छनोट संगै खरिद प्रक्रिया तथा खरिद समिती गठन, बाह्य निर्माण सामग्रीको सिलबन्दी दरभाउपत्र आह्वान, योजना सम्झौताका बिषयमा आवश्यक निर्णयहरु गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: