Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

ताचै घरबासको आकर्षणको केन्द्र थोङ्रोप्लि झरना

खबरडबली संवाददाता
मनाङ । पर्यटकीय महत्वको हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र बसोबासका लागि उपयुक्त छ । यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने भएकाले नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे)मा बस्ने पर्यटकका लागि उपयुक्त वातावरण बनेको हो ।
 
घरबास नजिकै रहेको थोङ्रोप्ली झरना पर्यटकका लागि  आकर्षणको केन्द्र देखिएकाले यलाई प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । यहाँबाट देखिने हिमाल, उच्च पहाडका दृश्य, ताल, झरना, मनाङीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटक मनाङ आउँछन् । धेरैजसो पर्यटक सिधै जिल्ला सदरमुकाम चामे भएर तिलिचो ताल जान थालेकाले  यहाँको रमणीयस्थललाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता खडकिएको हो । 
 
जिल्लाको प्रवेशद्वार नजिकै रहेर पनि प्रचारप्रसारको अभावले यो थोङरोप्ली झरना ओझेलमा परेको स्थानीयवासी  यज्ञ घलेले बताए । उनले भने, “यस स्थलको प्रचारप्रसार गरी देश विदेशसम्म पुर्‍याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित सकिन्थ्यो । स्थानीयवासीसँगै पर्यटनसँग सम्बन्धित अन्य निकायको साथ र सहयोग आवश्यक छ ।”
 
मुलुकमा लोकतन्त्र र गणतन्त्र आयो केही परिवर्तनकास्वरूप पनि देखिए तर सरकार नै आर्थिकरूपले समृद्ध हुने महत्वपूर्ण पर्यटकीयस्थलप्रति कसैको ध्यान जान नसक्दा ओझेलमा परेकाले आफूहरूलाई चिन्तित गराएको त्यहाँका वडाध्यक्ष याद घलेको गुनासो थियो । 
 
“ताचै गाउँको शिरमा रहेको सुन्दर झरनाबाट आठ वटा गाउँ देख्न सकिन्छ”, उनले भने,“पर्यटन मन्त्रालयबाट केही बजेट लिएर संरचना र रेलिङ बनाउने कार्य भए पनि अझै बाटो पुर्‍याउने कार्य अधुरै छ ।” यसलाई दृश्यावलोकनको केन्द्र बनाएर गाउँमा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य अगाडि बढाइएको वडाध्यक्ष घलेले उल्लेख गरे । 
 
प्रकृतिको भरपुर उपयोग गर्नेगरी पर्यटन प्रवद्र्धन गरी  स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले कार्य गरिरहेको उल्लेख गर्दै उनले भने, “तल सुन्दर गाउँबस्ती छ यसको शिरमा रहेको यही झरना नै ताचैको पहिचान हो । होमस्टे पनि रहेको ताचैमा कसैको ध्यान नजानु दुःखद कुरा हो ।”
 
“पालिकाको बजेटले मात्र केही गर्न सकिँदैन । सङ्घीय तथा प्रदेश सरकार यस्ता महत्वपूर्ण विषयमा चुकेका छन् । पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनमा उनीहरू लाग्नुपर्छ भन्ने हाम्रो जोडदार माग पनि छ । यस क्षेत्रको विकास र विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्नसक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिकालाई मात्र होइन देशकै पनि आम्दानीको स्रोत बन्नेछ”, वडाध्यक्ष घलेले भने । 
 
हुन त अहिले बाह्य पर्यटक ठप्प जस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी आएको छैन । अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक भित्रिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानी मनाङ शाखाले जनाएको छ । 
 
उक्त शाखाका इन्चार्ज भूपेन्द्र गुरुङले आन्तरिक पर्यटकको कुनै तथ्याङ्क नराखिएको जानकारी दिए । उनका अनुसार पर्यटकीय याममा बाह्यभन्दा आन्तरिक पर्यटक नै बढी आउँछन् । यिनै आन्तरिक पर्यटकमध्ये १० प्रतिशत मात्रैलाई पनि थोङरोप्ली झरना लैजान सके ताचैमा आय आर्जनको बाटो खुल्ने थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE