Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

‘आत्मनिर्भर बनाउन व्यवसायिक तालिम केन्द्रको भूमिका महत्वपूर्ण’

खबरडबली संवाददाता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्रले नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

कतार च्याप्टर तथा हिल नेपालद्वारा आयोजित ‘अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवन समुद्घाटन तथा हस्तान्तरण समारोह’का अवसरमा मन्त्री आर्चायले तालिमबाट सीप आर्जन गरी आत्मनिर्भर बन्न केन्द्रले ठूलो भूमिका निर्वाह गर्ने बताए । 

“नेपालमा कतार च्यारिटीले निस्वार्थभावमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदान प्रंशसनीय छ । व्यावसायिक तालिम केन्द्रले व्यावसायिक सीप प्रदान गरी नेपाली नागरिकलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, मन्त्री आर्चायले भने । 

व्यावसायिक तालिम केन्द्रले दुई मुलुकबीचको सौहार्द सम्बन्धलाई थप सुदृढ बनाउनेमा मन्त्री आचार्यले विश्वास व्यक्त गरे । 

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कतार च्यारिटीले शिक्षा, सीप विकासलगायत क्षेत्रमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै केन्द्र कुनै धर्म समुदायको मात्र नभई देशको सम्पत्ति रहेको बताए । 

कार्यक्रममा हिल नेपाल र कतार च्यारिटी नेपालद्वारा निर्मित उक्त भवन असलाम सोसाइटीलाई हस्तान्तरण गरिएको छ । प्राविधिक तथा व्यावसायिक तालिम प्रदान र संस्कृतिको आदान–प्रदान तथा संरक्षण गर्ने मुख्य दुई उद्देश्यसहित निर्मित भवनको सोहीअनुसार रेखदेख तथा व्यवस्थापन गर्ने जिम्मेवारीसहित दुई पक्षबीच हस्ताक्षर गरिएको छ ।

असलाम सोसाइटीका अध्यक्ष नजरुल हसनले सोसाइटीले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै केन्द्र सबै नेपालीको उत्थानका लागि रहने जनाए । समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले व्यावसायिक तालिम प्रदान केन्द्रलाई थप सहजीकरणको भूमिका परिषद्ले गर्ने आश्वासन व्यक्त गरे । 

कतार च्यारिटी नेपाल कार्यक्रमका निर्देशक मोहम्मद वकासले व्यावसायिक तालिम केन्द्रले स्थानीय समुदायमा सीप विकास तथा संस्कार संरक्षणमा टेवा पुग्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending