Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाबारे तपाईँसँग केही गुनासो छ ? तपाईँको आफ्नो क्षेत्रमा बिनासूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने तपाईँले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ ।

सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज हटलाइन सेवामा संलग्न मन्त्रालय र प्राधिकरणका कर्मचारीसँग छलफल गरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिए । 

नागरिकले प्रत्यक्षरूपमा गुनासो गर्न सक्ने सो सेवालाई प्रभावकारी बनाउन के–कस्ता उपाय अवलम्बन गर्नुपर्छ त्यसका लागि मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

सरकारी निकायले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले समस्या आए गुनासो गर्ने निकायका रूपमा रहेको प्रणालीलाई झनै व्यवस्थित बनाउनुपर्ने बताए । नागरिकले प्रत्यक्ष भोगेका र अनुभव गरेका गुनासो सुन्नेमात्रै नभई त्यसको समाधानका लागि हटलाइन सेवामा कार्यरत कर्मचारीले विशेष ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । “गुनासो आउनेबित्तिकै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुस् । समस्या समाधानका लागि जनशक्ति परिचालनको प्रबन्ध गराउन पहल गर्नुस् । नागरिकले प्रत्यक्षरूपमा सेवा सहज तवरले पाउनुपर्छ । कुनै पनि बहाना गर्न पाइँदैन र मिल्दैन”, ऊर्जामन्त्री बस्नेतले भने । 

उनले गुनासो टिपाउनका लागि सहजरूपमा प्राधिकरणका सबै कार्यालय, वितरण केन्द्रमा सूचना पार्टी राख्न, यसअघि राखिएको भए त्यसलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए । “कतिपयले त गुनासो गर्ने माध्यम थाहा नपाएर पनि बसेका हुन्छन्, त्यस्तालाई सहज तवरले गुनासो गर्ने वातावरण बनाउनुपर्छ”, मन्त्री बस्नेतले भने । उनले जिल्लामा रहेका एफएम रेडियो वा अन्य सञ्चारमाध्यमबाट पनि प्रचार–प्रसार गरी सो सेवाका बारेमा जानकारी गराउन आवश्यक व्यवस्था मिलाइने बताए । 

सरकारले पैसा नलाग्ने नम्बर यसअघि नै सञ्चालनमा ल्याएको थियो । सो हटलाइनमा दैनिक औसतमा चार दर्जन हाराहारीमा गुनासो आउने गरेको छ । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिए । 

समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उनले बताए । विशेषगरी लाइन काटिएको, भोल्टेज कम आएकोजस्ता गुनासो बढी आउने गरेको उनको भनाइ छ । हटलाइन सेवा हाल तीनवटै सत्रमा सञ्चालनमा छ । त्यसलाई थप व्यवस्थित बनाउन मन्त्रालयका तर्फबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्री बस्नेतले बताए । 

हरेकजसो वितरण केन्द्रमा ठूला–ठूला अक्षरमा ‘फ्लेक्स बोर्ड’ राखिने छ । मन्त्रालय र प्राधिकरणसँग जोडिएका कुुनै पनि समस्या वा गुनासो सुन्ने र समाधानका लागि आवश्यक व्यवस्था मिलाइने मन्त्री बस्नेतको भनाइ छ । हटलाइन सेवामा कार्यरत कर्मचारीले हरेक दिन आएको गुनासो लिपिबद्ध गरी मन्त्रालय र प्राधिकरणलाई समेत उपलब्ध गराउने गरेका छन् । 

सेवालाई थप चुस्तदुरुस्त बनाउने अन्य उपाय के हुनसक्छ ? सामाजिक सञ्जाल वा अन्य माध्यममा समेत सहजरूपमा गुनासो राख्ने उपाय के हुनसक्छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चालनमा रहेको हेलो सरकारसँग के कसरी मिलेर काम गर्न सकिन्छ भन्नेलगायतका विषयमा समेत मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ ।

मन्त्री बस्नेतले आएका गुनासोलाई आफ्नै समस्या सम्झेर समाधान गर्न, सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउनुसमेत जरुरी रहेको बताएका थिए । तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा सो सेवा प्रारम्भ गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE