चितवन । चितवन जिल्लामा वन क्षेत्र अतिक्रमण संस्थागतरुपमा बढी हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय चितवनअन्तर्गत रहेको ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६८७ दशमलव ८३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको हो ।
कार्यालयको तथ्याङ्कअनुसार ती क्षेत्रमा घर, मन्दिर, चर्च, विद्यालय लगायतका संरचना बनेका छन् । अतिक्रमित वन क्षेत्रमा ३८ वटा चर्च, ३० वटा मन्दिर, १७ वटा गुम्बा र २५ वटा विद्यालय रहेका छन् । यस्तै पाँच हजार १२ अर्ध पक्की घर, एक हजार सात सय २४ कच्ची घर र ६४७ पक्की घर निर्माण भएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।
उनका अनुसार वन अतिक्रमण सबैभन्दा बढी कालिका सव डिभिजन वन कार्यालयको क्षेत्रमा भएको छ । सो क्षेत्रमा ३९९ दशमलव १६ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण भएको हो । जहाँ अर्ध पक्की घर छ सय ११, ६७ वटा पक्की घर, ३६ वटा कच्ची घर र दुई विद्यालय छन् । त्यसैगरी सबैभन्दा कम भरतपुर क्षेत्रमा अतिक्रमण भएको कार्यालयका सूचना अधिकारी खनालले बताए ।
सवडिभजन वन कार्यालय भरतपुरअन्तर्गत ५६ दशमलव ६८ हेक्टर क्षेत्रफल अतिक्रमित भएको छ । सो क्षेत्रमा अर्ध पक्की घर एक हजार एक सय ५१, पक्की घर एक सय ५० कच्ची घर एक सय आठ वटा निर्माण भएका छन् । यस्तै दुईवटा मन्दिर, एउटा गुम्बा, दुईवटा विद्यालय निर्माण भएको तथ्याङ्कलाई उल्लेख गर्दै खनालले जानकारी दिए ।
जसमध्ये देवघाट क्षेत्रको धार्मिक वन १७ दशमलव ७९ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो । यस्तै भरतपुरको गणेशस्थान वन क्षेत्रमा १६ दशमलव ६१ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।
खनालले भने, “जिल्लामा हाल व्यक्ति विशेषबाट वन क्षेत्रमा अतिक्रमणको समस्यामा कमी भए पनि तोकिएको मापदण्ड पूरा नगरी वन क्षेत्रमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरी संस्थागत अतिक्रमण बढ्दो छ ।” जिल्लामा विसं २०३० देखि २०७२ सम्म वन क्षेत्र अतिक्रमणमा परेको कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए । पुराना अतिक्रमण समाधानका लागि सरकारीस्तरबाटै विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उनले ती अतिक्रमित क्षेत्रमा थप अतिक्रमण हुन नदिने पक्षमा कार्यालय रहेको बताए ।
नयाँ अतिक्रमण भएको क्षेत्रमा वन अतिक्रमण तथा रोकथाम रणनीति २०६८ अनुसार खाली गराउने प्रक्रियामा डिभिजन वन कार्यालय लागेको छ ।
जिल्लाको कूल भूभागमध्ये ६५ दशमलव ८५ प्रतिशत वन क्षेत्रले ढाकेको छ । कूल वन क्षेत्र एक लाख ४७ हजार चार सय ९० हेक्टरमध्ये चितवन राष्ट्रिय निकुञ्जले ७१ हजार एक सय पाँच हेक्टर र मध्यवर्ती क्षेत्रले १८ हजार सात सय ३५ हेक्टर ओगटेको छ । डिभिजन वन कार्यालयअन्तर्गत ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमा रहेको ३९ प्रतिशत वन कार्यालयले हेर्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: