सोलुखुम्बु । एक बालिकाले मात्र चार वर्षको उमेरमा संसारकै अग्लो हिमाल सगरमाथाको बेसक्याम्पसम्म पुगेकी छन् । जारा नामकी एक बालिका सबैभन्दा कम उमेरमा सगरमाथाको बेसक्याम्प पुग्ने बालिका बनेकी छन् ।
उनी आफ्नो बुवा र सात वर्षको दाईसँग यहाँ पुगेकी हुन् । जारा १७ हजार ५९८ फिट ऊचाईमा स्थिति बेस क्याम्पसम्म कठिन यात्रा गरेर पुग्न सफल भएकी हुन् । ठुला मानिसले पनि सहजै गर्न नसक्ने काम उनले गरेर देखाएकी उनको यतिबेला चारैतिर चर्चा भइरहेको छ ।
जाराका बुवा डेविड सिफराको भनाईअनुसार उनले आफ्ना बच्चाको अक्सीजनको मात्रा पनि चेक गरिरहेका थिए र उनीहरुको तस्वीर पनि लिइरहेका थिए । डेविडका अनुसार, “चढ्ने क्रममा कुनै पनि समस्या भएन । केही चीज छोडेर सानी जारा धेरै यात्रुलाई पछि पार्दै अगाडि पुगेकी थिइन् ।”
मात्र चार वर्षकी जारा शारीरिक तथा मानसिक रुपमा यति धेरै बलियो कसरी छन् ? भन्ने प्रश्नमा उनका बुवाको भनाई थियो, जारा मेलियामा हुर्किएकी हुन् त्यसैले साना साना हाइक गरिरहेकै थिइन् । जसले गर्दा उनले विश्व कीर्तिमान बनाइन ।
यसअघि सबैभन्दा कम उमेरमा माउन्ट एभरेष्टको बेस क्याम्पसम्म पुग्ने रेकर्ड पाँच वर्षका प्रिशा लोकेश निकजुको नाममा थियो । उनी सन् २०२३ मा त्यहाँसम्म पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: