Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

थाइल्यान्डको पटका कारखाना विस्फोटमा २३ को मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बुधबार बताएका छन् । 

स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ । विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो । 

सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह (इओडी) लाई उद्धृत गर्दै एएफपीलाई भने, “हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ ।” विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।

यद्यपि नट्टापटले के कारणले विस्फोट भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिए । “कारखाना वैध लाइसेन्सका साथ कानूनीरूपमा सञ्चालन भइरहेको थियो”, उनले भने । प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन । “विस्फोटबाट एउटा घरको सिसाको झ्याल फुटेको छ तर अन्य कुनै रिपोर्ट प्राप्त भएको छैन”, नट्टापटले भने । 

लेफ्टिनेन्ट जनरल नैयावत फडेमचिडले घटनाबारे प्रधानमन्त्री श्रेथा थविसिनलाई जानकारी गराइएको बताए । प्रधानमन्त्री श्रेथा अहिले विश्व आर्थिक मञ्चका लागि स्विट्जरल्यान्डमा 
 छन् । 

तल्लो पश्चिमी थाइल्यान्डका लागि जिम्मेबार प्रहरी अधिकारीले भने, “२० जनाको मृत्यु भएको अनुमान छ तर हामी मृत्यु हुनेहरूको आधिकारिक सङ्ख्या पुष्टि गर्न सक्तैनौँ ।” उनले धेरै विवरण नखुलाई अधिकारीहरूले वरपरका क्षेत्रलाई सिल गरिरहेको र स्थिति सामान्य भएपछि शवको पहिचान गर्ने जानकारी दिए । 

अनलाइन पोस्ट गरिएको आधिकारिक वयानमा प्रधानमन्त्री श्रेथाले मृतकका परिवारप्रति दुःख व्यक्त गरेका छन् । उनले कारखाना अवैधरूपमा सञ्चालन भइरहेको थियो वा थिएन र घटनाको कारणबारे पनि छानबिन गर्न आदेश दिएका छन् । 

थाइल्यान्डमा पटका र अन्य आतशबाजी उत्पादन गर्ने कारखानाहरूमा विस्फोट असामान्य होइन । गत वर्ष दक्षिणी नाराथिवाट प्रान्तको सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटपछि कम्तीमा १० जनाको मृत्यु भएको थियो । 

विस्फोट भवनमा निर्माण कार्यका क्रममा वेल्डिङका कारण भएको थियो र प्रहरीले पछि लापरवाही गरेको आरोपमा कारखाना मालिकलाई खोजी गरेको थियो । गत वर्ष उत्तरी सहर चियाङ माईमा एउटा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ: महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको स...

आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई ...

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा । वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–१७ स्थित हरिपुरको देवीथान सामुदायिक वनमा दुईतले पक्की भवन निर्माण हुने ...

पोलियो निवारण गर्न आइपिभी खोप अभियान

विराटनगर । मोरङमा यस वर्ष ५२ हजार तीन सय ५२ बालबालिकाका लागि आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । ...

प्रदेश योजना आयोगका उपाध्यक्षलाई मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् ।  मुख्यमन्त्र...

गर्मीले जनजीवन कष्टकर बन्दै

सुदूरपश्चिम । पछिल्ला केही दिनदेखि बढेको गर्मीले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।  गर्मीका कारण दैनिक काम गर्न र हिँड्डुल गर्न कठिन भए...

देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्

काठमाडौं । मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्...

पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको पाथीभरा म्याराथन दौडमा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम भएका छन् । श्रेष्ठले फुङलिङ–पाथ...

चितवनमा सैतीस हजार बालबालिकालाई आइपिभी खोप

चितवन । यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइसर भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकाल...

मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा रु साढे द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies