Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पाथीभरा मन्दिरमा मासिक ३५ लाख भेटी सङ्कलन

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुस महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जारी गरेकाे प्रेस नोटअनुसार पुस महिनामा कुल ३५ लाख २९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पुस महिनामा भक्तजनले पाथीभरा देवीको नाममा चढाएका र दान गरेको भेटी रकम सङ्कलन गरिएको प्रेस नोटमा उल्लेख छ । 

पाथीभराको भेटीबापत सङ्कलित सो रकम जिल्लास्थित नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबि बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको कार्यकारी निर्देशक हाङ्बाङले बताए । अब पुस महिनाको समेत गरी पाथीभरामा सङ्कलन भएको कुल भेटी रकम आठ करोड ७० लाख ५२ हजार ५४८ रुपियाँ भएको छ । यसअघि मङ्सिर मसान्तसम्ममा आठ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ समितिको खातामा मौज्दात रहेको थियो । 

पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा आएपछि हाङ्बाङले मासिक रूपमा भेटी रकम सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । सोही प्रतिबद्धताअनुसार उनले पुस महिनामा सङ्कलन भएको पाभीराको भेटी रकम आइतबार साँझ नै प्रेस नोट जारी गर्दै सार्वजनिक गरेका थिए । 

पाथीभरामा भेटीबापत नेपालको मात्र नभई भारतसहित दर्जनौँ विभिन्न देशका मुद्रा अर्थात् रकम सङ्कलन हुँदैआएको समितिले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाेलि एमालेले समानुपातिककाे लागि बन्द सूची बुझाउने

काठमाडाैं । एमाले केन्द्रीय सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि साेमबार बुझाउने निर्णय ग...

अस्थायी मतदाता नामावली संकलन पुस १९ देखि

काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता संकलन स...

थाइल्यान्ड र कम्बोडियाकाे विवादित सीमा क्षेत्रकाे लडाइँ अन्त्य

बैङ्कक । थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँ...

यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा

यमन । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो...

रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण

मस्को । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्र...

टर्कीएको इस्तानबुलमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते

इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending