Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

तपाईं गौशाला– २६ को फोटो खोज्दै हुनुहुन्छ, म मेरी छोरीको मुहार सम्झिरहेको छु

दिलीप बान्तवा

केही समयअघि मेरो एक जना पुरानो विद्यार्थीसँग कुरा भएथ्यो । उनी २०६३र६४ सालतिर मैले पढाउने स्कुलमा पढ्थिन् । उनले भनिन्, –‘त्यतिबेला तपाईंलाई औधी मन पराउँथेँ सर । तपाईं स्कुल आउनुभएन भने बस्नै मन लाग्दैनथ्यो । म त घर भाग्थेँ । तपाईंले पढाउनुभएको कुरा सुनिराख्न मन लाग्थ्यो । तपाईंले पढाएको सबै बुझ्थेँजस्तो लाग्थ्यो । घर पुगेर पनि तपाईंकै बोली कानमा बजिरहन्थ्यो । अहिले सम्झिँदा आफैँलाई लाज लागेर आउँछ ।’

उनले एकै सासमा आफ्नो पुरानो सम्झना सुनाइन् । त्यतिबेला उनी पुग नपुग १३–१४ वर्षकी थिइन् । आफ्नो त्यो अबोधपनालाई अहिले उनी मीठो सम्झनाका रूपमा सँगालेर राखेकी छिन् ।

म त्यस्तो ‘क्रस’ हुन लायक त होइन । तर, आफूले पढाउने विद्यार्थीहरूको नजरमा केही देखिएछु भन्ने ठानेर म पनि पुराना दिनहरूमा पुगेर ‘नोस्टाल्जिक’भएँ । अहिले त उनी कुनै ठूलो शहरमा आफ्नै व्यवसाय गरेर बसिरहेकी छन् ।

कलाकार यश कुमारको एउटा अन्तर्वार्तामा सुनेको थिएँ । उनका गीतहरू हिट भएपछि उनलाई गीतमा सुनेकै भरमा झापाबाट दुई जना केटीहरू भागेर काठमाडौं पुगेछन् । भर्खरै एसएलसी परीक्षा दिएका उनीहरू रिजल्ट नै नसुनी काठमाडौं भागेका थिए आफ्नो ‘क्रस’लाई भेट्न ।

बसपार्कमा एउटा होटलमा गाडीवालाले राखेर यश कुमार ल्याइदिन्छु भन्दै ढाँटेर राखेछ । निकै दिनपछि ऊ पनि हरायो । बरु होटलवालालाई यश कुमारको गीत रेकर्ड हुने स्टुडियो थाहा रहेछ । उसले त्यहाँसम्म पुर्‍याइदियो । यश कुमारसँग उनीहरूले भेटे । किन भेट्न मन लागेको थाहा छैन, भेटेर के गर्ने, त्यो पनि थाहा छैन । उनीहरू काठमाडौंमै बस्ने भनेर आएका रे !  

यश कुमारले सम्झाइबुझाइ गरेर बाटो खर्च दिएर घर फर्काईदिए रे !  धेरै पछि क्यानडाको कार्यक्रममा जाँदा त्यतिबेला काठमाडौं आउनेमध्येकी एक जनासँग पुनः भेट भएछ । उनले त्यो विगतका लागि यश कुमारलाई धन्यवाद दिएकी थिइन् रे !

तपाईंरहाम्रा छोरीहरू सबैका 'सेलिब्रेटी क्रस' हुन्छन् । तिनलाई आफ्नो आदर्श ठान्छन् । कुन कुरा सही हो, कुन गलत हो, सबै कुराको निर्क्योल गर्न सक्ने उमेर भएको हुँदैन । संयोगवश छोरीहरूले आफ्नो ‘क्रस’सँग मौका पाए भने मरिमेटेर भेट्न चाहन्छन् । नजिकिन चाहन्छन् । अझ व्यक्तिगत रूपमा निकटताको लोभ भई नै हाल्छ ।

मलाई अझै सम्झना छ, म त्यो उमेरमा जसलाई आदर्श मान्थेँ, उनीहरूलाई म कुनै सुपर हिरोजस्तै हुन् भन्ठान्थेँ । उनीहरू कुनै कुरामा गलत हुँदैनन् । सबै कुरा जान्दछन्, सबै चीजको समाधान उनीहरूसँग छ, कहिल्यै गलत गर्दैनन् भन्ने लाग्दथ्यो । अर्थात् उनीहरू हामीभन्दा विल्कुलै फरक चीज हुन् भन्ने भ्रम हुन्थ्यो ।


हाम्रा छोरीहरूमा पनि त्यस्तै सोचाइ हुन्छ पक्कै । त्यो उमेर र समयको कुरा हो । जीवन, जगत् बुझ्ने उमेर नभइसकेको त्यो समयमा आफ्नो 'क्रस'सँग व्यक्तिगत रूपमा निकट रहन चाहनु गलत होइन । जसले क्रस ठानेको छ, उसको भावनालाई सोचाइलाई सही ढंगले बाटो देखाइदिनु क्रसहरूको कर्तव्य हो, न कि उनीहरूको अपरिपक्व उमेर र समयको फाइदा उठाउने ।

जब आफूले आदर्श मानेको व्यक्तिले आफ्नो परिस्थितिको गलत फाइदा उठाएको थाहा हुन्छ, त्यतिबेला तपाईंकी छोरीलाई तपाईं के भन्नुहुन्छ? ‘ठिक्क पर्‍यो, त्यै खोज्न हिँडेकी, छोरी भएर घरैभित्र नबसी बाहिर डुल्नेलाई थोर भो.....’ भन्नुहुन्छ कि अरु केही ?

के हाम्रा छोरीहरूले आफ्नो स्मृतिका लागि ती मेरी विद्यार्थी वा यश कुमारको फ्यानले जस्तै मीठो सम्झना सँगाल्ने अधिकार छैन ? 

(बान्तवाको फेसबुकबाट )

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending