Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

तपाईं गौशाला– २६ को फोटो खोज्दै हुनुहुन्छ, म मेरी छोरीको मुहार सम्झिरहेको छु

दिलीप बान्तवा

केही समयअघि मेरो एक जना पुरानो विद्यार्थीसँग कुरा भएथ्यो । उनी २०६३र६४ सालतिर मैले पढाउने स्कुलमा पढ्थिन् । उनले भनिन्, –‘त्यतिबेला तपाईंलाई औधी मन पराउँथेँ सर । तपाईं स्कुल आउनुभएन भने बस्नै मन लाग्दैनथ्यो । म त घर भाग्थेँ । तपाईंले पढाउनुभएको कुरा सुनिराख्न मन लाग्थ्यो । तपाईंले पढाएको सबै बुझ्थेँजस्तो लाग्थ्यो । घर पुगेर पनि तपाईंकै बोली कानमा बजिरहन्थ्यो । अहिले सम्झिँदा आफैँलाई लाज लागेर आउँछ ।’

उनले एकै सासमा आफ्नो पुरानो सम्झना सुनाइन् । त्यतिबेला उनी पुग नपुग १३–१४ वर्षकी थिइन् । आफ्नो त्यो अबोधपनालाई अहिले उनी मीठो सम्झनाका रूपमा सँगालेर राखेकी छिन् ।

म त्यस्तो ‘क्रस’ हुन लायक त होइन । तर, आफूले पढाउने विद्यार्थीहरूको नजरमा केही देखिएछु भन्ने ठानेर म पनि पुराना दिनहरूमा पुगेर ‘नोस्टाल्जिक’भएँ । अहिले त उनी कुनै ठूलो शहरमा आफ्नै व्यवसाय गरेर बसिरहेकी छन् ।

कलाकार यश कुमारको एउटा अन्तर्वार्तामा सुनेको थिएँ । उनका गीतहरू हिट भएपछि उनलाई गीतमा सुनेकै भरमा झापाबाट दुई जना केटीहरू भागेर काठमाडौं पुगेछन् । भर्खरै एसएलसी परीक्षा दिएका उनीहरू रिजल्ट नै नसुनी काठमाडौं भागेका थिए आफ्नो ‘क्रस’लाई भेट्न ।

बसपार्कमा एउटा होटलमा गाडीवालाले राखेर यश कुमार ल्याइदिन्छु भन्दै ढाँटेर राखेछ । निकै दिनपछि ऊ पनि हरायो । बरु होटलवालालाई यश कुमारको गीत रेकर्ड हुने स्टुडियो थाहा रहेछ । उसले त्यहाँसम्म पुर्‍याइदियो । यश कुमारसँग उनीहरूले भेटे । किन भेट्न मन लागेको थाहा छैन, भेटेर के गर्ने, त्यो पनि थाहा छैन । उनीहरू काठमाडौंमै बस्ने भनेर आएका रे !  

यश कुमारले सम्झाइबुझाइ गरेर बाटो खर्च दिएर घर फर्काईदिए रे !  धेरै पछि क्यानडाको कार्यक्रममा जाँदा त्यतिबेला काठमाडौं आउनेमध्येकी एक जनासँग पुनः भेट भएछ । उनले त्यो विगतका लागि यश कुमारलाई धन्यवाद दिएकी थिइन् रे !

तपाईंरहाम्रा छोरीहरू सबैका 'सेलिब्रेटी क्रस' हुन्छन् । तिनलाई आफ्नो आदर्श ठान्छन् । कुन कुरा सही हो, कुन गलत हो, सबै कुराको निर्क्योल गर्न सक्ने उमेर भएको हुँदैन । संयोगवश छोरीहरूले आफ्नो ‘क्रस’सँग मौका पाए भने मरिमेटेर भेट्न चाहन्छन् । नजिकिन चाहन्छन् । अझ व्यक्तिगत रूपमा निकटताको लोभ भई नै हाल्छ ।

मलाई अझै सम्झना छ, म त्यो उमेरमा जसलाई आदर्श मान्थेँ, उनीहरूलाई म कुनै सुपर हिरोजस्तै हुन् भन्ठान्थेँ । उनीहरू कुनै कुरामा गलत हुँदैनन् । सबै कुरा जान्दछन्, सबै चीजको समाधान उनीहरूसँग छ, कहिल्यै गलत गर्दैनन् भन्ने लाग्दथ्यो । अर्थात् उनीहरू हामीभन्दा विल्कुलै फरक चीज हुन् भन्ने भ्रम हुन्थ्यो ।


हाम्रा छोरीहरूमा पनि त्यस्तै सोचाइ हुन्छ पक्कै । त्यो उमेर र समयको कुरा हो । जीवन, जगत् बुझ्ने उमेर नभइसकेको त्यो समयमा आफ्नो 'क्रस'सँग व्यक्तिगत रूपमा निकट रहन चाहनु गलत होइन । जसले क्रस ठानेको छ, उसको भावनालाई सोचाइलाई सही ढंगले बाटो देखाइदिनु क्रसहरूको कर्तव्य हो, न कि उनीहरूको अपरिपक्व उमेर र समयको फाइदा उठाउने ।

जब आफूले आदर्श मानेको व्यक्तिले आफ्नो परिस्थितिको गलत फाइदा उठाएको थाहा हुन्छ, त्यतिबेला तपाईंकी छोरीलाई तपाईं के भन्नुहुन्छ? ‘ठिक्क पर्‍यो, त्यै खोज्न हिँडेकी, छोरी भएर घरैभित्र नबसी बाहिर डुल्नेलाई थोर भो.....’ भन्नुहुन्छ कि अरु केही ?

के हाम्रा छोरीहरूले आफ्नो स्मृतिका लागि ती मेरी विद्यार्थी वा यश कुमारको फ्यानले जस्तै मीठो सम्झना सँगाल्ने अधिकार छैन ? 

(बान्तवाको फेसबुकबाट )

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending