काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो।
मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्ले साहको नियुक्तिलाई स्वीकृति दिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो। उक्त प्रक्रियामा साह उत्कृष्ट तीन उम्मेदवारभित्र परेका थिए। अन्तिम सूचीमा कौशल केसी र सञ्जीवकुमार देव पनि सिफारिस भएका थिए।
नेपाल आयल निगममा लामो समय विभिन्न जिम्मेवारी सम्हालेका साहले यसअघि निमित्त कार्यकारी निर्देशकको भूमिका पनि निर्वाह गरिसकेका छन्। निगमको आन्तरिक अनुभव र व्यवस्थापकीय क्षमताका आधारमा उनलाई नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ।
साहले कार्यभार सम्हालेसँगै इन्धन तथा विशेषगरी एलपी ग्यास आपूर्तिलाई सहज बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने अवस्था देखिएको छ। यस्तो अवस्थामा आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु उनको पहिलो प्राथमिकता र प्रमुख चुनौतीका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २१ गते, २०८३ - १४:०८
काठमाडौँ। निजी मेडिकल तथा डेन्टल कलेजले एमबिबिएस तथा बिडिएस अध्ययनरत इन्टर्न चिकित्सक कर्मचारी नभई विश्वविद्यालयको शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत ...
श्रावण २१ गते, २०८३ - १३:५२
ढाका । बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट मिडियासँग गरेको प्रत्यक्ष संवादप्रति कडा आपत्ति जनाएको छ। ...
श्रावण २१ गते, २०८३ - १३:४१
काठमाडौं । देशभर एलपी ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला सरकारले कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सक्रियता बढाएको छ। उद्योग, व...
श्रावण २१ गते, २०८३ - १३:२७
जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थि...
श्रावण २१ गते, २०८३ - १३:१२
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्र...
श्रावण २१ गते, २०८३ - १२:५४
काठमाडौं। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार आगा...
श्रावण २१ गते, २०८३ - १२:२६
लेखनाथ । कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्...
श्रावण २१ गते, २०८३ - ११:४०
काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललि...
श्रावण २१ गते, २०८३ - ११:३२
काठमाडौँ । सरकारले नेपाली सेनाका सबै दर्जाका सैनिकका लागि नयाँ तलबमान लागू गर्दै साउन १ गतेदेखि १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको ...
श्रावण २१ गते, २०८३ - ११:१२
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि ...



प्रतिकृया लेख्नुहोस्: