Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

सेनाको नयाँ तलबमान, कुन दर्जाका सैनिकले कति पाउँछन् ? (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले नेपाली सेनाका सबै दर्जाका सैनिकका लागि नयाँ तलबमान लागू गर्दै साउन १ गतेदेखि १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सार्वजनिक गरेको नयाँ तलबमानमा सैनिकका सबै तहको तलब वृद्धि गरिएको हो। नयाँ व्यवस्था अनुसार ग्रेड रकमसहित कायम हुने तलबमा १० प्रतिशत प्रोत्साहन भत्ता पनि उपलब्ध हुनेछ।

नयाँ तलबमानअनुसार प्रधान सेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम भएको छ। त्यस्तै रथीले ८७ हजार ८५ रुपैयाँ र उपरथीले ८४ हजार ५७६ रुपैयाँ मासिक तलब पाउने भएका छन्।

अधिकारी तहमा सहायक रथीको तलब ७८ हजार २२० रुपैयाँ, महासेनानीको ७२ हजार ८७६ रुपैयाँ, प्रमुख सेनानीको ६९ हजार ९ रुपैयाँ, सेनानीको ६७ हजार ९०७ रुपैयाँ, सह–सेनानीको ६२ हजार ३१५ रुपैयाँ, उप–सेनानीको ५९ हजार ५३७ रुपैयाँ तथा सहायक सेनानीको ४८ हजार ५८ रुपैयाँ निर्धारण गरिएको छ।

जुनियर कमिसन्ड अफिसर ९जेसीओ० तर्फ प्रमुख सुवेदारको मासिक तलब ४९ हजार ६०७ रुपैयाँ, सुवेदारको ४७ हजार ११४ रुपैयाँ र जमदारको ४३ हजार ३७२ रुपैयाँ कायम गरिएको छ। हुद्दा, अमलदार र प्यूठको तलब क्रमश: ३७ हजार ६४८ रुपैयाँ, ३७ हजार ४५७ रुपैयाँ र ३७ हजार ११३ रुपैयाँ तोकिएको छ।

आधारभूत तहका सिपाहीको मासिक तलब ३६ हजार ३३८ रुपैयाँ पुगेको छ भने रिक्रुटले २७ हजार १७२ रुपैयाँ पाउनेछन्। विभिन्न श्रेणीका फलोअर्सको तलब भने जिम्मेवारी र श्रेणीअनुसार करिब २८ हजारदेखि ४० हजार रुपैयाँसम्म कायम गरिएको छ।

प्राविधिक समूहअन्तर्गत विमान सम्भार सेवामा कार्यरत सैनिकको तलब अन्य समूहको तुलनामा केही बढी निर्धारण गरिएको छ। पाइलट उपरथीको मासिक तलब ९० हजार ५०९ रुपैयाँसम्म पुगेको छ।

सरकारले नेपाली सेनासँगै निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि पनि नयाँ तलबमान लागू गरेको छ। यो व्यवस्था साउन १ गतेदेखि कार्यान्वयनमा आएको सरकारले जनाएको छ।

1

2

3

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार

लेखनाथ । कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्...

ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललि...

सेनाको नयाँ तलबमान, कुन दर्जाका सैनिकले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौँ । सरकारले नेपाली सेनाका सबै दर्जाका सैनिकका लागि नयाँ तलबमान लागू गर्दै साउन १ गतेदेखि १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको ...

सुनको मुल्य एकैदिन तोलामा आठ हजारले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि ...

विद्यालय क्यान्टिन आगलागी, घाइते बालिकाको मृत्यु

तानसेन। गत साउन ७ गते तानसेन–४ स्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा भएको आगलागीमा परी गम्भीर घाइते बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। ...

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

काठमाडौँ । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूम...

नेपाल राष्ट्र बैङ्क विधेयक: गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल

काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...

ब्रोड पिक दुर्घटनामा मृत्यु भएका निम्स दाइसहित चार आरोहीको शव बेस क्याम्प ल्याइयो

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...

भारतमा मल किन्न जाँदा पक्राउ परेका नेपाली धरौटीमा रिहा गर्न आदेश

काठमाडौं। भारतमा मल किन्न जाँदा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा–५ का सुरेशप्रसाद...

कोशी सरकारको नेतृत्व विवादबीच मुख्यमन्त्री कार्की ओली भेट्न गुण्डु पुगे

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्। मुख्यमन्त्री कार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending