Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

कोठा खोज्दै बम्जनको बङ्गलामा पुग्दा

खबरडबली संवाददाता

काठमाडौं । दुई सातायता बुढानिलकण्ठ हात्तीगौंडामा केही नयाँ मानिसहरू ओहोरदोहोर भइरहेका थिए । उनीहरू फ्ल्याट तथा कोठा खोज्नेहरू थिए । कोही विदेश जाने सिलसिलाले आएको बताउँथे, कोही जागिर यतै भएकाले पायक पर्ने ठाउँ भन्थे ।

मंगलबार साँझ ती मानिसहरू हात्तिगौंडाको एउटा ठूलो सेतो बङ्गलामा छिरे । अग्लो पर्खाल लगाइएको भीआईपी बस्ने जस्तो देखिने घर थियो । गेटभित्र छिरेपछि देखियो पार्किङ गरिएको अवस्थामा महँगा गाडी र मोटरसाइकल ।

तीन करोड रुपैयाँ पर्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यामहा रे जेडआर स्कुटरलगायत थुप्रै महँगा सवारी साधन थिए त्यो घरमा  ।

घरको वातावरण हेर्दा भाडामा लगाउने खालको जस्तो देखिँदैनथ्यो । जखमले कुकुर भुक्यो । कुकुर कराएपछि ढोकाबाट एक महिला रिसाउँदै बाहिर निस्किइन् । अनुमतिबिना आफ्नो गेटभित्र किन छिरेको भन्दै हकारिन् । उनीहरूले ‘फ्ल्याट खोज्न आएको’ बताए । ती महिलाले आफ्नो घरमा खाली नभएको र अन्तै खोज्न सुझाव दिइन् ।

ती मानिसहरूले अरू कहाँकहाँ छ भन्दै अलमलाइरहे । ती महिलाले झिँजो मान्दै उनीहरूलाई बाहिर लगार्न खोजिन् । ती मानिसहरूले खल्तीबाट आइडीकार्ड निकालेर आफूहरू सीआईबी भएको बताए । घरमा सर्च अपरेसन गर्न भित्र छिर्ने बताए ।

तुरुन्तै महिलाले घरको ढोकामा पुगेर एउटा स्वीच थिचिन् । माथिल्लो तलातिर एउटा घण्टी बजेको सुनियो । तुरुन्तै घर पछाडिबाट केही खसेको जस्तो आवाज आयो ।  घरको चौथौ तल्लाको झ्यालबाट रामबहादुर बम्जन हामफालेका रहेका रहेछन् । चौथौ तलाबाट फालहालेका उनी दोस्रो तल्लामा आइपुगे । पछाडिबाट सीआइबीको अर्को टोलीमाथि गएर बम्जनलाई समातिहाल्यो । 

अर्को टोलीले घरको कोठाकोठा छापा मार्यो । उनको घरबाट सिआईबीको टोलीले नेपाली र विदेशी मुद्राहरू भेट्यो  । तीन करोड रुपैयाँ बढी रकम भेटियो । ‘अपरेसन ब्लु’ नाम दिएर थालेको कारबाहीमा कथित धर्मगुरु बम्जनलाई समात्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी गएका थिए । सीआईबीको टोलीले उनलाई झन्डै १५ दिनको रेकीपछि मंगलबार पक्राउ गरेको हो ।

बारा, सिन्धुली र सिन्धुपाल्चोकमा पटकपटकको प्रयासमा पनि बम्जनलाई सीआईबीले पक्राउ गर्न असफल हुँदै आएको थियो । तर यसपटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिए । सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालिसकेका थिए । तर, सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन ।

बम्जन चार व्यक्ति बेपत्ता र अनुयायीमाथि यौन शोषण आरोप लागेपछि लामो समयदेखि फरार थिए । पक्राउपछि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार सार्वजनिक गरेको छ ।  सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेशन ब्लु’ चलाइएको थियो। सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेशन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो ।

सीआईबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए । अब उनलाई सर्लाही पठाएर मुद्दा अघि बढाउने तयारी गरिएको छ ।

बमजनको घरबाटमा सर्च गर्दा तीन करोड नेपाली रुपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा भेटियो । १४ थान मोबाइल, ५ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको छ । बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending