Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

४५ विधामा दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड प्रदान

खबरडबली संवाददाता

काठमाडौं ।  रामेछापका शैलुङ डाँडाको पर्यटन पर्वद्र्धनको लागि तयारी विविध तयारी गरिरहेको अग्लेश्वरी हिल्स कोषद्धारा आयोजित ‘दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०२३’ विभिन्न ४५ विधामा अवार्ड प्रदान गर्दै शनिबार राती सम्पन्न भएको छ । 

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटासहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

नेपाली गीतसंगीतको प्रवर्धन र अग्लेश्वरी हिल्सको पर्यटन प्रवद्र्धनको लागि आफुहरुले यो अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाका संस्थापक अध्यक्ष सिजम सिँजालीले कार्यक्रममा बताए ।  अवार्ड समारोहमा उत्कृष्ट राष्ट्रिय गीत, गायकको अवार्ड माटोको मायाबाट नीमा शेर्पाले, पर्यटन प्रवद्र्धन गीतको अवार्ड सुन्दर रामेछापबाट गायक प्रकाश कटुवालले, पर्यटन गीततर्फ नै गीतकारको अवार्ड खाँडादेवी माई २ बाट कल्याणरत्न कार्कीले  हाँसिल गरेका छन् ।

यस्तै चलचित्र संगीत तर्फ उत्कृष्ट चलचित्र संगीतकारको अवार्ड छक्का पञ्जा ४ को दर्शन सलाम गीतबाट दिपक शर्माले, पब्लिक च्वाइस अवार्ड चलचित्र प्रसाद २ को मारसी धान गीतबाट राजनराज शिवाकोटीले, उत्कृष्ट चलचित्र गीतकारको अवार्ड छक्का पञ्जा ४ कै दर्शक सलामबाट राजेन्द्र थापाले, उत्कृष्ट चलचित्र गीत गायकको  अवार्ड छक्का पञ्जा ४ कै दर्शन सलामबाट डेभिड शंकरले, गायकमै पब्लिक च्वाइस अवार्ड चलचित्र नाई नभन्नु ल ६ को तिम्रो आँखामा।।।गीतबाट प्रताप दासले र चलचित्र गायिकाको अवार्ड बाबरी चलचित्रको बाबरी रंग गीतबाट अस्मिता अधिकारीले हाँसिल गरेका थिए  ।

आधुनिक गीत तर्फ उत्कृष्ट आधुनिक गीत गीतकारको अवार्ड दुर सागरबाट डब्बु क्षत्रीले, गीतकारकै डायस्पोरा अवार्ड मैले प्रेम गरिकी हुँबाट राज मुकारुङले, जूरी अवार्ड सचिता कर्माचार्यले, उत्कृष्ट संगीतकारको अवार्ड मेरो दिलको राजाबाट पदम रोकायाले, गायकको अवार्ड राम साइलीबाट नरेश बीबीसीले, जूरी अवार्ड बाँचिएलाबाट विशाल थापाले, पपुलर गीतको अवार्ड सुनकोशीबाट सबु थापामगरले, गायिकाको अवार्ड आधा दुःखबाट सुनिता कार्कीले, जुरी अवार्ड जिन्दगीका गोरटोबाट कुसुम बरालले, नयाँ गायकको अवार्ड सुनको दरबारबाट बालाराम परियारले प्राप्त गरेका छन् ।

आधुनिक गीत भिडियो तर्फ महिला मोडलको अवार्ड तिमी मेरोबाट जिसु कोइरालाले, जुरी अवार्ड सम्झनाबाट अनिता गिरीले, पुरुष मोडेलको अवार्ड भ्रष्टचारी भेनाबाट ईश्वर बल्लभ उप्रेतीले, पुरुष नयाँ मोडलको अवार्ड सुनकोशीबाट सुनिल न्यौपानेले, महिला नयाँ मोडेलको अवार्ड जिन्दगीका गोरेटोबाट रेश्मा श्रेष्ठले, सिनेमेटोग्राफरको अवार्ड मायाले नै होबाट रुपेश थापाले, भिडियो सम्पादकको अवार्ड कठैबाट पदम सुवेदीले, भिडियो निर्देशकको अवार्ड सपना वनेरबाट सत्यराज चौलागाईंले र भिडियो निर्देशकको पब्लिक च्वाइस अवार्ड सुन कोशीबाट दिलीप समनले हाँसिल गरे ।

यस्तै पपगीत तर्फ म्युजिक भिडियोमा उत्कृष्ट महिला मोडलको अवार्ड कास्तो होलाबाट अस्मिता तामाङले, नव पुरुष मोडलको अवार्ड शुभकामनाबाट रमेश विश्वकर्माले, गायिकाको अवार्ड, पप गीततर्फ उत्कृष्ट गायकको अवार्ड तिमि धुनबाट चेतन राईले, जूरी अवार्ड तिम्रो यादमाबाट प्रशान्त मिष्टले, पपगीत गायिकाको अवार्ड मजा बेग्लै छबाट रिज्योना कार्कीले, डायस्पोरा अवार्ड मैले प्रेम गीतबाट मञ्जु लामाले र जुरी अवार्ड तिमीलाई गीतबाट चाँदनी शाक्यले, पप गीत गीतकारको अवार्ड आमाबाट किरण माइकल घिमिरेले, संगीत संयोजकको अवार्ड छुनुमुनु २बाट आमोस तामाङले हाँसिल गरे ।

यस्तै बाल कलाकार तर्फ उत्कृष्ट मोडलको अवार्ड मायाको आशबाट सफल पौडेलले, जुरी अवार्ड छुनुमुनु २ बाट जविस श्रेष्ठ ÷जविन श्रेष्ठले, पब्लिक च्वाइस अवार्ड चाँहिदैन तिम्रोबाट आयुषी ढकालले, कोरियोग्राफरको अवार्ड सातै सुरबाट कृष्ण रसालले, कोरियोग्राफर जुरी अवार्ड कालीकालीबाट विकास नेपालीले हाँसिल गरे । यस्तै गीत मिक्सिङ र मास्टरिङको अवार्ड जरुरी कुराबाट किशोर थापाले, उत्कृष्ट गजल गायकको अवार्ड मौसम खराबबाट गुणराज श्रेष्ठले, गजलमै जुरी अवार्ड माया गरेझैंबाट डीबी खड्काले, देउडा गायिकाको अवार्ड उधारो खाईदियोबाट शोभा थापाले हाँसिल गरे ।

लोक तथा लोकदोहोरी तर्फ गीतकारको अवार्ड ठमेल आसनबाट नेत्र अर्यालले, संगीतकारको अवार्ड डाँडा घरे सांईलीबाट श्रीकृष्ण बम मल्लले, संगीत संयोजकको अवार्ड मेरो सानुबाट नरेन्द्र वियोगीले, उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड ठमेल असनबाट खेम सेन्चुरीले, जुरी अवार्ड मुसौरीबाट सरोज लामिछानेले, उत्कृष्ट गायिकाको अवार्ड फुलफुल्यो अमलाबाट पार्वती कार्कीले, नव गायिकाको अवार्ड बिउ खायोबाट कविता खत्रीले, नव गायिका जुरी अवार्ड रातो सल्कोबाट  सावित्रा भुजेलले, लोकदोहोरी नव गायकको अवार्ड तियारै आयोबाट नकुल गौतमले हाँसिल गरे । 

यस्तै लोकदोहोरी तर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड सोल्टी बजारबाट रजनी गुरुङले, जुरी अवार्ड च्यात्यो रुमालबाट अनिता बस्नेतले, पुरुष मोडलको अवार्ड मनको चाहनाबाट सागर लम्सालले, महिला नवमोडलको अवार्ड नौलो चिनजानीबाट शशिकला राईले, नव पुरुष मोडलको अवार्ड कतिराम्रो रामेछापबाट नबिन गौतमले हाँसिल गरे ।

यस्तै लोकदोहोरी तर्फ नै भिडियो सम्पादकको अवार्ड सिमसिम पानीबाट मिलन विश्वकर्माले, छायाँकारको अवार्ड पातली मोरीबाट राम कृष्ण कँडेलले भिडियो निर्देशकको अवार्ड ढुकुरको गुँडबाट खमेश श्रेष्ठले, कल्चरल गीत गायिकाको अवार्ड गेतेंगा टेंगाबाट कल्पना सुनुवारले र उत्कृष्ट कल्चरल गीत भिडियो निर्देशकको अवार्ड दमौलीका चाईना पुलबाट उमेश गुरुङले हाँसिल गरे । कार्यक्रममा विभिन्न सञ्चारकर्मी, समाजसेवी, कलाकार, उधमी, व्यबसायी लगायतलाई सम्मानित गरिएको थियो ।

अवार्डको निर्णायकमा लोकप्रिय गायक सिडी बिजय अधिकारी, संगीतकार शँकर थापा ‘स्माईल’, मोडल रुविना अधिकारीलगायत थिए । कार्यक्रममा मोडल अदिती श्रेष्ठको नृत्य निकै आकर्षक थियो । 

यस्तै गायकहरु डेभिड शँकर, प्रताप दासले आफ्ना गीतबाट दर्शकलाई नचाए । नेपाल मगर सांस्कृतिक संघका कलाकारहरुको नृत्य, लुगुम चेलिबेटी आमा समुहको पञ्चेबाजा प्रस्तुति निकै आकर्षक थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending