काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सरेको छ । नेताहरु आन्तरिक छलफलमा जुटेपछि दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक अपराह्न ४ बजे सानेपामा बस्ने गरी तय भएकोहो ।
बैठकमा भाग लिन सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, जीवन परियार, बद्री पाण्डे, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र परराष्ट्र मन्त्रीसमेत रहेका एनपी साउदलगायत सानेपा पुगेका थिए।
बैठक सरेको जानकारी पाएपछि केसी, साउदलगायतका नेताहरु सानेपाबाट निस्किएका छन् । आइतबार बिहान बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी भएर कांग्रेसले राष्ट्रिय सभामा १० सिट लिने सहमति गरेपछि सभापति देउवासहित नेताहरू उम्मेदवार चयनका लागि आन्तरिक छलफलमा जुटेका छन्।
सभापति देउवाको निवास धुम्बाराहीमा नेता शेखर कोइरालासहित छलफल भईरहेको नेताहरुले बताएका छन् । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखकलगायत नेताहरु रहेका छन् ।
कांग्रेस संस्थापनइतर समूहले कम्तीमा चार सिट आफूहरूले पाउनुपर्ने दाबी गरेको छ ।
यता केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्ला र प्रदेशबाट उम्मेदवारका लागि सिफारिस भएकाहरू उपस्थित भएका छन् । साथै कांग्रेसका प्रदेश सभापतिहरू पनि केन्द्रीय कार्यालयमा पुगेका छन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: