काठमाडौँ । ललितपुरको मंगलबजारमा घर भएका अमर देउला यतिबेला जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका छन् । प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) अनुसार अहिले उनी १६ औँ पटक प्रहरीको नियन्त्रणमा रहेका हुन् ।
अमरलाई साथीभाइले ‘लाटो’ भनेर चिन्छन् । जिल्लाको मूख्य व्यापारिक स्थल मंगलबजारको घर बेचेर अहिले उनी इमाडोलमा डेरामा पुगेका छन् ।
अमर लागु औषध प्रयोगकर्ता रहेको र लागुऔषध सेवन गर्दागर्दै उनले चोर्न थालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
क्रिमिनल रेकर्ड अनुसार देउलालाई चोरेको आरोपमा १६ औं पटक पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले बताए ।
२०८० कात्तिक ३० मा ललितपुर महानगरपालिका–८ खरिबोटस्थित रमेश श्रेष्ठको घरमा छिरेर १५ लाख बराबरको धनमाल चोरी गरेको मुद्दामा प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरूले देउलाले चोरेको ८ तोला सुन बरामद गरेका छन् ।
उनी २०६७ मङ्सिर ९ मा पहिलोपटक पक्राउ परेका थिए । पहिलोपटक अभद्र व्यवहार मुद्दामा समातिएका उनी धेरैपटक चोरी मुद्दामा जेल परे । २०७१ मा मात्रै उनलाई प्रहरीले ११ वटा मुद्दा चलाएको तथ्याङ्कबाट भेटिएको छ ।
उनी नसाको सुरमा अर्काको घरमा छिरेर चोर्ने र चोरेको सामान तत्काल बेच्न भ्याउँने व्यक्ती रहेको प्रहरीले जनाएको छ । देउला आफ्नो मोटरसाइकलमा एक्लै चोर्न हिँड्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । समूहमा चोरी गर्न नहिँड्ने ४० वर्षीय अमरलाई प्रहरीले सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेपछि उनले प्रहरीसँग भनेका छन्– ‘मैले चोरेको छैन ।’ अमर अहिले पनि लागुऔषध सिरिन्ज प्रयोग गर्छन् । डेरामा उनीसँगै उनकी पत्नी र छोरी बस्छन् ।
परिवारले उनलाई लागु औषधको लत छुटाउन भैंसेपाटीस्थित रिह्याव सेन्टरमा राखेको थियो । तर, त्यहाँबाट एक दिन बहिर निस्केर उनी खरिबोटमा चोर्न पुगेका हुन् । २०६७ देखि अमरलाई चोरी र अभद्र व्यवहार मुद्दामा पक्राउ गर्न थालिएको ललितपुरका एसपी कार्कीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: