Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

ललितपुरको मंगलबजारका अमर १६ औँ पटक प्रहरीको नियन्त्रणमा

खबरडबली संवाददाता

काठमाडौँ । ललितपुरको मंगलबजारमा घर भएका अमर देउला यतिबेला जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा  रहेका छन् । प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) अनुसार अहिले उनी १६ औँ पटक प्रहरीको नियन्त्रणमा रहेका हुन् ।

अमरलाई साथीभाइले ‘लाटो’ भनेर चिन्छन् । जिल्लाको मूख्य व्यापारिक स्थल मंगलबजारको घर बेचेर अहिले उनी इमाडोलमा डेरामा पुगेका छन् ।
अमर लागु औषध प्रयोगकर्ता रहेको र लागुऔषध सेवन गर्दागर्दै उनले चोर्न थालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

क्रिमिनल रेकर्ड अनुसार देउलालाई चोरेको आरोपमा १६ औं पटक पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले बताए । 

२०८० कात्तिक ३० मा ललितपुर महानगरपालिका–८ खरिबोटस्थित रमेश श्रेष्ठको घरमा छिरेर १५ लाख बराबरको धनमाल चोरी गरेको मुद्दामा प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरूले देउलाले चोरेको ८ तोला सुन बरामद गरेका छन् । 

उनी २०६७ मङ्सिर ९ मा पहिलोपटक पक्राउ परेका थिए । पहिलोपटक अभद्र व्यवहार मुद्दामा समातिएका उनी धेरैपटक चोरी मुद्दामा जेल परे । २०७१ मा मात्रै उनलाई प्रहरीले ११ वटा मुद्दा चलाएको तथ्याङ्कबाट भेटिएको छ ।

उनी नसाको सुरमा अर्काको घरमा छिरेर चोर्ने र चोरेको सामान तत्काल बेच्न भ्याउँने व्यक्ती रहेको प्रहरीले जनाएको छ । देउला आफ्नो मोटरसाइकलमा एक्लै चोर्न हिँड्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।   समूहमा चोरी गर्न नहिँड्ने  ४० वर्षीय अमरलाई प्रहरीले सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेपछि उनले प्रहरीसँग भनेका छन्– ‘मैले चोरेको छैन ।’ अमर अहिले पनि लागुऔषध सिरिन्ज प्रयोग गर्छन् । डेरामा उनीसँगै उनकी पत्नी र छोरी बस्छन् ।

परिवारले उनलाई लागु औषधको लत छुटाउन भैंसेपाटीस्थित रिह्याव सेन्टरमा राखेको थियो । तर, त्यहाँबाट एक दिन बहिर निस्केर उनी खरिबोटमा चोर्न पुगेका हुन् ।  २०६७ देखि अमरलाई चोरी र अभद्र व्यवहार मुद्दामा पक्राउ गर्न थालिएको ललितपुरका एसपी कार्कीले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending